×

NMB BANK
NIC ASIA

पुरुषको तुलनामा बढी सक्रिय हुन्छ महिलाको दिमाग

असोज ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- महिलाको दिमाग पुरुषको तुलनामा विशेषगरी ध्यान केन्द्रित गर्न, आवेश नियन्त्रण गर्न, भाव तथा तनावको क्षेत्रमा बढी सक्रिय हुने गर्छ । एक अध्ययनअनुसार उक्त तथ्य पत्ता लागेको हो । 

अध्ययनमा ४६ हजार ३४ मस्तिष्कको इमेजिङ अध्ययन गरिएको थियो । जसमा महिलाको दिमाग पुरुषको तुलनामा केही क्षेत्रमा बढी सक्रिय भएको पाइयो । 

अमेरिकामा अमेन क्लिनिक्सका संस्थापक तथा लेखक डेनियल जी अमेनले लैङ्गिक आधारमा मस्तिष्कको सक्रियता पनि फरक पाइएको बताएका छन् । जर्नल अफ अल्जाइमर डिसीजमा प्रकाशित लेखमा उनले भनेका छन्, ‘हामीले पुरुष र महिलाबीचका यस्ता भिन्नता पहिचान गरेका छौं, जो अल्जाइमर रोग जस्ता मस्तिष्कसँग जोडिएका विकारलाई लिङ्गका आधारमा जान्न सकिन्छ ।’

अध्ययनबाट पत्ता लाग्यो कि महिलाहरुको दिमाग विशेष गरी आवेश नियन्त्रण, ध्यान, भावुकता, भाव तथा तनावको क्षेत्रमा पुरुषको तुलनामा अधिक सक्रिय हुन्छ । जबकि पुरुषको दिमाग मस्तिष्कका दृश्य तथा समन्वय केन्द्रमा अधिक सक्रिय रहेको पाइयो । स्पेक्ट (एकल फोटो उत्सर्जन गणना टोमोग्राफी)ले मस्तिष्कमा रक्त प्रवाहको मापन गर्न सक्छ । 

अध्ययनमा ११९ स्वस्थ व्यक्ति, मस्तिष्कघात, द्विध्रुवी विकार, मनोदशा विकार, सिजोफ्रेनिया र मनोविकारबाट पीडित विभिन्न २६ हजार ६ सय ८३ रोगी सामेल थिए । यी विषयका लागि एकाग्रतासम्बन्धी काम गरिरहेको समयमा कुल १२८ मस्तिष्क क्षेत्रको विश्लेषण गरियो । 

यो अध्ययनमा पाइएको भिन्नताहरु थाहा पाइराख्नु महत्वपूर्ण छ । किनकी मस्तिष्क विकारले पुरुष र महिलालाई अलग–अलग तरीकाले प्रभावित गर्छ । 

महिलामा उल्लेखनीय रुपमा अल्जाइमर रोग, अवसाद तथा तनाव विकारको दर बढी देखियो । जबकि पुरुषहरुमा एडीएचडीको अधिक दर र आचरण सम्बन्धी समस्या देखियो । 

महिलामा बढिरहेको प्रीफ्रन्टल कार्टेक्स रगतको प्रवाहका कारण उनीहरु सहानुभूति, अन्तज्र्ञान, आत्मनियन्त्रण, सहयोग तथा चिन्ताको क्षेत्रमा अधिक क्षमता प्रदर्शन गर्न सक्छन् । 

अध्ययनबाट यो पनि पत्ता लाग्यो कि महिलाको दिमागको प्रीफ्रन्टल कार्टेक्समा रक्त प्रवाह बढिरहेकाले अधिक चिन्ता, अवसाद, अनिद्रा र खानपानको असन्तुलन रहेको पाइयो ।

Muktinath Bank

एजेन्सी


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x