×

NMB BANK
NIC ASIA

विराटनगरबाट शुरुभयो मोवाईल एप्सबाटै अपराधिक घटनाको निगरानी

असोज ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर-  मोरङ जिल्लाबाट डिजिटल प्रहरी परिचालन प्रणालीको शुभारम्भ गरिएको छ ।

Muktinath Bank

प्रहरी सेवालाई प्रविधिमैत्री बनाई आमनागरिकहरुबाट प्राप्त हुने सूचनाको आधारमा तत्काल प्रहरी परिचालन गरी शान्ति सुरक्षा, आपराधिक घटना न्यूनिकरण तथा रोकथाम एवम् नियन्त्रण गर्न यस्ता् प्रबिधि अबलम्बन गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाम्रो सूचना हाम्रो सुरक्षा’ नाम दिएर जिल्ला प्रहरी कार्यलय मोरङले मोवाइल एप्सबाटै अपराधिक घटनाबारे जानकारी पाउन सक्नेगरी प्रबिधिको विकास गरेको हो ।


Advertisment
Nabil box
Kumari

जिल्ला प्रहरी कार्यालय मोरङले बढ्दो इन्टरनेट प्रबिधिको सदुपयोग गर्दै बिहीबारबाट अपराधिक घटनाको सूचना संकलन गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ । कुनै अपराधिक घटना भए वा अप्ठेरोमा परेको अवस्थामा नागरिकले सो एप्सको माध्ययमबाट प्रहरीलाई सुचना दिन सक्ने जनाईएको छ।

Vianet communication
Laxmi Bank

जिल्ला प्रहरी कार्यालयमा आयोजिक एक कार्यक्रमकाबीच प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मोवाइल एप्सको सार्वजनिक गरे । उनले मोवाईलमा भएको एप्सलाई शुरुवात गर्दै मोरङ प्रहरी प्रबिधिमैत्री भएको बताए । नेपाल मै पहिलो पटक यो प्रविधी मोरङ जिल्लाले भित्र्याएको हो ।

मोवाइल एपमा कुनै अपराधिक घटना भएको वा अप्ठेरोमा परेको अवस्थामा नागरिकले सहजै मोवाईलको माध्यामबाट यो एपको प्रयोग गर्नसक्ने प्रहरीले जिल्ला प्रहरी कार्याल मोरङले जनाएको छ । आम नागरिकले यो माध्यामबाट प्रहरीलाई सहज रुपमा सूचना दिन सक्नेछन् भने सोही जानकारीका आधारमा प्रहरी पनि तत्काल घटना स्थलसम्म पुग्न सक्ने छ ।

मारेङका प्रहरी उपरीक्षक मनोज केसीले प्रहरी र सर्बसाधारणकालागि छुट्टा छुट्टै एप भएको बताउँदै भने, ‘डाटा अथवा वाईफाईको माध्ययमबाट एपको इमरजेन्सी बटममा थिच्दा जीपीपएस लोकेशन सहितको सूचना कन्ट्रोल रुममा आउँछ र कन्ट्रोलले केही सेकेण्डमै घटनास्थल नजिकै रहेको प्रहरीलाई पठाउँछ ।’ उपरीक्षक केसीले नयाँ एप्स मोरङ जिल्लाका सबै युनिटहरुबाट सुरू गरिएको जानकारी दिँदै एपमार्फत सूचना दिन सजिलो हुने बताए । एप्स मार्फत प्रहरीलाई सूचना प्रदान गर्न पनि सहज हुने उनको भनाइ छ ।

घटना स्थलमा रहेको प्रहरीले अफिसमा रिपोर्टिङ गर्दा पनि एप्समा नै क्लिक गर्न सकिने उनको भनाइ छ । एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपराधमुक्त र सुरक्षित प्रदेश वनाउन प्रदेशका थप १३ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्न लागेको वताए ।

मुख्यमन्त्री राईले एक नम्वर प्रदेशमा शान्ती सुरक्षा र सुशासन कायम गर्न प्रविधि मैत्री प्रणालीको विकास आवश्यक रहेको उल्लेख गरे । एक नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नागरिकको सुरक्षाका लागी प्रदेश सरकार संवेदनशिल रहेको वताए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, प्रमुख जिल्ला अधिकारी रमेश केसी, एक नम्वर प्रदेश प्रमुख डिआइजी केदार रिजालले डिजिटल प्रहरी परिचालन प्रणालीलाई विस्तार गर्नुपर्नेमा जोड दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x