बिर्सने बानी छ भने अल्जाइमर रोग लागेको हुनसक्छ– डा. कंडेल [भिडियोसहित]

असोज ५, २०७५

काठमाडौं– आज विश्व अल्जाइमर चेतना दिवस । ‘रिमेम्बर मि’ अर्थात मलाई सम्झ भन्ने नाराका साथ विश्वभर आज यो दिवस मनाइदैं छ ।

अल्जाइमर रोग बारेमा जनचेतना फैलाउन हरेक वर्षको सेप्टेम्बर महिनालाई विश्व अल्जाइमर महिनाको रुपमा लिइन्छ । यसै दिवसको अवसरमा हामीले लोकान्तर हेल्थ शोमा पाटन अस्पतालका ज्येष्ठ नागरिक तथा अल्जाइमर रोज विशेषज्ञ डा.रमेश कँडेलसँग कुराकानी गरेका छौं ।


ADVERTISEMENT

कहिलेकाँही हामी सामान्य कुरा पनि बिर्सिरहेका हुन्छौं । आफ्नै हातमा भएको सामान कहाँ पर्‍यो भनेर अन्य ठाउँमा खोजिरहेका हुन्छौं ।

कुनै समय आफूले सामान राखेको ठाउँ विर्सन्छौं र कहाँ राखेको भन्ने नै याद हुँदैन र तर केही समयपछि हाम्रो होस् खुल्छ र आफूले राखेको ठाउँ याद आउँछ । डा. कँडेलका अनुसार यो कुनै रोग होइन ।  तर जब मानिसले कुनै कुरा हराएपछि हराएको सामानको विषयमा कुनै वास्ता नै हुँदैन भने यो  विर्सने रोग अर्थात अल्जाइमरको लक्षण हुनसक्छ ।  

कुनै कुरा विर्सिएर बारम्बार सोधिरहने, आफूले बोलेको कुरा, अरुलाई देखाउने व्यवहारमा कुनै हेक्का नहुने समस्या छ भने उनीहरुमा अल्जाइमरको लक्षण देखिएको हुनसक्ने डा. कँडेलले बताए । 

उनले नेपालमा ७८ हजार अल्जाइमरका बिरामी रहेकोमा १० प्रतिशत मात्रै उपचारको पहुँचमा रहेको बताए  । अल्जाइमर रोग के हो ?  के कारणले यो रोग लाग्छ  र नेपालमा अल्जाइमर रोगका बिरामी कति छन् र कस्तो अवस्थामा छन् ? 

डा. कँडेलसँग गरिएको कुराकानी भिडियोमा–


 

असोज ५, २०७५ मा प्रकाशित

रिता लम्साल

रिता लम्साल लोकान्तरका लागि स्वास्थ्य र सामाजिक मामिलामा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार