×

NMB BANK
NIC ASIA

चालकले मानेनन् संगठनको सहमति, गाडी नचल्दा यात्रुको बिचल्ली

असोज ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – बिहीवार साँझ जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा यातायात व्यवसायी र मजदुर संगठनबीच ३ दिनदेखि बन्द गरिएका गाडी चलाउने सहमति भयो ।

Muktinath Bank

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा भएको छलफलमा २० जना संगठनका व्यवसायी र चालक सहभागी भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार बिहानबाट गाडी चल्ने भनिएपनि गाडी चलेनन् । यातायात व्यवसायीले सवारीसाधनको नम्बर र चालकको नामावली प्रशासनमा बुझाउने र गाडी चलाउन आनाकानी गर्ने व्यवसायी र मजदुरको अनुमतिपत्र १५ दिनसम्म निलम्बन गर्ने सहमति गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन गर्दै गाडी दुर्घटनामा यात्रुको ज्यान गए चालकले जेल जानुपर्ने कडा व्यवस्था गरेपछि चालकले मंगलवारदेखि आन्दोलन थालेका हुन् । सहमतिपछि सवारीसाधन निर्वाध रूपमा सञ्चालन गर्ने निर्णय भएपनि त्यसलाई चालकले लत्याइदिएका छन् । 

Vianet communication
Laxmi Bank

गाडी नचल्दा विगत ४ दिनदेखि यात्रु बिचल्लीमा परेका छन् । बुटवल बसपार्कमा बिहानैदेखि एउटा समूह जम्मा भएर गाडी चलाउन नदिएको व्यवसायी र मजदुरहरू नै बताउँछन् । शुक्रबारबाट यातायात सञ्चालन हुने अपेक्षा गरेका यात्रुले सवारीसाधन नचल्दा सास्ती खेपेका छन ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सहमतिपछि पनि गाडी नलाउने चालकलाई कारवाही अगाडि बढाउने बताएका छन् । प्रजिअ रानाले भने, ‘हामी पहल गरिरहेका छौं, प्रयासमा छौं, यदि चलाएनन् भने सोही अनुसार अगाडि बढ्ने छौ ।’

यात्रुवाहक मात्र नभएर ढुवानीका गाडी ट्रक, टिप्पर, ट्यांकर, कन्टेनर समेत नचल्न बजारमा इन्धन लगायत विभिन्न सामग्रीको अभाव हुने थालेको छ ।  ढुवानी ठप्प हुँदा उपभोक्तालाई समस्या भएको छ । चाडपर्वको मुखैमा चालकहरूले सवारीसाधन ठप्प पर्दा यात्रुहरू ठूलो मारमा परेका हुन् । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ५ नम्बर प्रदेशले भने बुधबार नै विज्ञप्ति जारी गरी गाडी यथावत् चलाउन चालकलाई आग्रह गरेको थियो । संगठनका प्रदेश अध्यक्ष कृष्ण कँडेलले यात्रुहरूलाई असहज हुने गरी गाडी ठप्प पार्ने समूहलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x