×

NMB BANK
NIC ASIA

संशोधित विधानमा सातै प्रदेशबाट राय लिने तयारीमा कांग्रेस

असोज ५, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं – नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै कांग्रेसले पनि त्यसअनुरुप विधान परिमार्जन गर्न सातै प्रदेशबाट राय तथा सुझाव सङ्कलन गर्न लागेको हो । 

Muktinath Bank

कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेका समितिले पार्टीको संशोधन हुन लागेको विधानमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सङ्घीय सांसद, प्रदेश सांसद र भ्रातृ संस्थाका प्रमुखको राय तथा सुझाव लिन लागेको हो । प्रदेश ६ र ७ को एक/एक स्थान र अरु प्रदेशको दुई/दुई स्थानबाट राय सङ्कलन गर्न लागिएको समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश–१ को इलाम र विराटनगर, प्रदेश–२ जनकपुर र वीरगञ्ज, प्रदेश–३ काठमाडौं र काभ्रेपलाञ्चोक, प्रदेश–४ पोखरा र बागलुङ, प्रदेश–५ दाङ र बुटवल, प्रदेश–६ सुर्खेत र प्रदेश–७ को कैलालीमा राय सङ्कलन गरिनेछ । समितिले सबै प्रदेशबाट राय सङ्कलन गर्नका लागि दुई/दुई जना सदस्य खटाएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेश–१ नवीन्द्रराज जोशी, आनन्दप्रसाद ढुङ्गाना, प्रदेश–२ डा मीनेन्द्र रिजाल र महालक्ष्मी उपाध्याय ‘डिना’, प्रदेश–३ दिलेन्द्रप्रसाद बडू र सीता गुरुङ, प्रदेश–४ फरमुल्लाह मन्सुर र अमरसिंह पुन, प्रदेश–५ रमेश लेखक र मदनबहादुर अमात्य, प्रदेश ६ र ७ मा भने मानबहादुर विश्वकर्मा र प्रदीप पौडेललाई खटाइएको छ । 

Vianet communication
Laxmi Bank

खटिएका सदस्यले यही असोज ८ देखि १३ गतेसम्म सबै प्रदेशको सुझाव सङ्कलन गरिसक्ने र सङ्कलन गरिएको राय सुझावलाई समावेश गरेर दशैँ अगाडि नै मस्यौदालाई अन्तिमरुप दिने गृहकार्य भइरहेको समितिका संयोजक खड्काले जानकारी दिए ।

संशोधित विधानलाई दशैँ र तिहारको बीचमा केन्द्रीय समितिमा बुझाउने तयारी समेत भइरहेको छ । केन्द्रीय समितिले विधानको बारेमा छलफल गरी मङ्सिरमा हुने महासमिति बैठकमा राख्नेछ । संविधानले दिएको अधिकारअनुसार पार्टीको विधानलाई लैजानका लागि कांग्रेसले महिलाको अधिकारलाई समेत स्थानीय तहदेखि केन्द्रसम्म ३३ प्रतिशत बनाउन लागेको छ । 

कांग्रेसले गाउँ टोल समिति, वडासमिति, पालिका समिति, प्रदेश क्षेत्र समिति, सङ्घीय निर्वाचन क्षेत्र समिति, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी आठ समिति रहने गरी विधान संशोधनको प्रक्रिया अगाडि बढाएको छ । 

समितिको बैठकमा पूरै पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने विषयमा सबैको सहमति जुटेपनि कति सदस्य बनाउने भन्ने बारेमा भने अझै टुङ्गो लागेको छैन ।

हाल कांग्रेसमा छ पदाधिकारीसहित ८५ सदस्यीय केन्द्रीय समिति रहेको छ । 

युवालाई पार्टीभित्र आकर्षित गर्नका लागि महाधिवेशन प्रतिनिधिमा २५ वर्षमुनिका १५ प्रतिशत युवालाई समेट्नुपर्ने विषयमा समेत समितिमा छलफल भइरहेको छ ।

सदस्यता वितरणका सवालमा पनि बैठकमा फरक/फरक धारणा आएका छन् । 

केही सदस्यले साधारण, क्रियाशील, विशेष हुँदै सम्मानित सदस्य बनाउनुपर्ने कुरा उठाइरहँदा केही सदस्यले भने निर्वाचनको मुखमा बाहेक अरु जुनसुकै बेला पनि सदस्यता लिन सकिने गरी विधान संशोधन गर्नुपर्ने बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x