×

NMB BANK
NIC ASIA

भारतीय सञ्चारमाध्यम भन्छन्– नेपालमा मारिएका खुर्सिद पाकिस्तानी जासूस, मुम्बइ विस्फोटका आरोपी

असोज ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– विहीबार सुनसरीमा मौलाना खुर्सिद आलमको गोली हानी हत्या भएको छ । 

Muktinath Bank

दुई वटा मोटरसाइकलमा आएका व्यक्तिले आलमलाई गोली हानी भारततर्फ भागेका थिए । हत्या स्थलबाट नेपाल भारत सीमा सात किलोमिटरको दुरीमा रहेको छ । सीमा रहेको प्रहरीले गोली चलाउने समूहलाई रोक्न खोज्दा प्रहरीमाथि नै उक्त समूहले गोली प्रहार गरेको थियो । त्यसक्रममा एक जना नेपाल प्रहरी घाइते भएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आलमको हत्या भएपछि सुनसरी भुटाहाका स्थानीय र आलमकका परिवारले हत्या भएको २४ घन्टा वित्दासमेत शव उठाउन मानेका छैनन् । 


Advertisment
Nabil box
Kumari

गृहमन्त्रालयले आलमको हत्याबारे छानबिन गर्न एक समिति गठन गरेको छ । १ नम्बर प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी किशोर दाहालको संयोजकत्वमा समिति गठन गरिएको हो ।

Vianet communication
Laxmi Bank

मुम्बई बिस्फोटका आरोपी !

भारतीय सञ्चारमाध्यमहरुले खुर्शीद आलम मुम्बई विस्फोटको आरोपी भएको जनाएका छन् । भारतीय सञ्चारमाध्यम आजतकले खुर्सीद आलम मुम्बइ विस्फोटको आरोपी भएको बताएका छन् ।

खुर्सीद आलमको नाम २००८ को भारतमा बाटला इनकाउन्टर को फरार आतंककारी मध्ये एक शहजाद पप्पूको गिरफ्तारीपछि अनुसन्धानका क्रममा बाहिर आएको थियो । शहजाद पप्पू भारतीय प्रहरीका विशेष इन्स्पेक्टर मोहन चन्द शर्मामाथि गोली चलाएको अभियोगमा दोषी प्रमाणित भएका छन् । 

भारतीय सञ्चारमाध्यमहरुले खुर्सीद आलम पाकिस्तानी जासूसी संस्था आईएसआइका लागि काम गर्ने दाबी गरेका छन् । भारतीय आतंकवादी संगठन इन्डियन मुजाहिदीनका सदस्यहरु बाटला इन्काउन्टर पछि भारतबाट भागेर नेपाल आएको र उनीहरुलाई खुर्सीद आलमले आश्रय दिएका थिए । 

इन्डियन मुजाहिदीनका ति मानिसको नेपाली नागरिकता र  पासपोर्ट आलमले नेपालबाट बनाइदिएको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।

आलमले इन्डियन मुजाहिदीनका सदस्यहरुको लागि खाना बस्नको व्यवस्था गर्दै आएका थिए । भारतीय सञ्चारमाध्यमहरुले आलम आईएसआई को नेपालका मुख्य व्यक्ति भएको दाबी गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x