मंसिर ३, २०८०
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
काठमाडौँ– थ्रीस्टार क्लबले यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि आज २५ खेलाडी सम्मिलित टोली घोषणा गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बनाएको नियमानुसार ए डिभिजन लिग खेल्ने क्लबले आजसम्म कम्तीमा १८ खेलाडी दर्ता गर्नुपर्ने थियो । त्यसैअनुसार थ्रीस्टारले दर्ता गरेको खेलाडीको नाम सार्वजनिक गरिएको क्लबका महासचिव सञ्जीव शिल्पकारले जानकारी दिनुभयो ।
थ्रीस्टारले बिहीबार मात्र राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङलाई क्लबमा अनुबन्ध गरेको थियो । सार्वजनिक गरिएको टोलीमा अनिलसँगै रञ्जन विष्ट, अनन्त तामाङ, सुनील बल, विक्रम लामा, निराजन खड्का, एलान न्यौपानेजस्ता राष्ट्रिय खेलाडीलाई समावेश गरिएको छ । थ्रीस्टारको टोलीमा गोलकिपर एलन न्यौपाने, पूर्ण चाम्लिङ र अभिषेक बराल, डिफेन्डरमा अनन्त तामाङ, रञ्जीत धिमाल, विजय धिमाल, विष्णु सुनार, अशोक खवास, जीवन गुरुङ र पिटर सेगुन छन् ।
मिडफिल्डमा विक्रम लामा, निराजन खड्का, सुनील बल, रुपेश केसी, मिसान लामा, दीपेश घले र दीपसन राउत तथा फरवार्डमा अनिल गुरुङ, रञ्जन विष्ट, बुद्ध लिम्बू, समुन श्रेष्ठ, अजायी मार्टिनिज र जेनिश प्रजापति छन् । झण्डै चार वर्षपछि एन्फाले ए डिभिजन लिग आयोजना गर्न लागेको हो । थ्रीस्टारले ए डिभिजन लिग पाँच पटक जितेको छ ।
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...