×

NMB BANK
NIC ASIA

लाइसेन्समा ब्लड ग्रुप ‘बि पोजिटिभ’, तर वास्तविक थाहा छैन !

असोज ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर- डेढवर्ष पहिले सवारी चालक अनुमतिपत्र लिनुभएका सोनपाका संयोग मगरलाई अहिलेसम्म आफ्नो रगत समूह कुन हो भन्ने पनि थाहा छैन । 

Sagarmatha Cement
Muktinath Bank

सवारी चालक अनुमतिपत्र बनाउनका लागि उहाँले हतारमा यातायात व्यवस्था कार्यालय परिसरमै भेटिएका एकजना स्वास्थ्यकर्मीबाट आफ्नो रगत समूह ‘बि पोजिटिभ’ भएको कागज बनाउनुभयो । त्यतिबेला उहाँलाई चालक अनुमतिपत्रमा रक्त समूह किन राखिएको र त्यो गलत हुँदा के असरपर्छ भन्ने थाहा थिएन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालक अनुमतिपत्रका लागि कागजात बुझाउँदा उहाँले ती स्वास्थ्यकर्मीले बनाएको कागज नै पेश गर्नुभयो । त्यही आधारमा चालक अनुमतिपत्रमा ‘बि पोजिटिभ’ लेखियो । उहाँले भन्नुभयो, “पहिले हतारमा उसै बनाएँ, अहिले आफ्नो वास्तविक रगत समूह फरक हो कि भन्ने चिन्ता छ ।” 


Advertisment
Nabil box
Kumari

मगरको रगतको समूहका बारेमा न उहाँ ढुक्क हुनुहुन्छ, न त उहाँलाई अनुमतिपत्र दिने यातायात व्यवस्था कार्यालय नै । यातायात व्यवस्था ऐनले सवारी चालक अनुमतिपत्र दिँदा चालकलाई विभिन्न किसिमका स्वास्थ्य जाँच गर्नुपर्ने व्यवस्था छ । त्योमध्ये रगतको समूह जाँच पनि महत्वपूर्ण हो । तर कार्यालयले भने हचुवाका भरमा यात्रुलाई सवारी चालक अनुमतिपत्र दिने गरेको छ । 

Vianet communication
Laxmi Bank

यात्रुले पनि हतारले रक्त समूह परीक्षण नगरी उसै फारम भर्ने गरेका हुन । यातायात व्यवस्था कार्यालयको भीडमा स्वास्थ्यकर्मी हुँ भन्दै रगतको समूह परीक्षण नै नगरी प्रमाणित गर्ने धेरै जना भेटिने गरेका छन् । 

तीनले पैसा कमाउनका लागि रगत परीक्षण नै नगरी यात्रुको रक्त समूह छुटाएर सही गरिदिन्छन् । कार्यालयले त्यसैलाई आधार बनाएर चालक अनुमतिपत्रमा रक्त समूह राख्दै आएको छ । 

जावलाखेल बस्दै आउनुभएका शशी खड्का सवारी चालक अनुमतिपत्र लिँदा रगत मात्रै नभएर अरु कुनै पनि खालको स्वास्थ्यपरीक्षण नहुने गरेको बताउनुहुन्छ । कार्यालयमा सधैंँ भीडभाड हुने हुँदा स्वास्थ्य परीक्षणका नाममा स्वास्थ्कर्मीले एक दुई अक्षर देख्ने वा नदेख्ने हेरेर नै स्वास्थ्य जाँच सकाउने गरेका छन् । 

उहाँले भन्नुभयो, “कार्यलयमा धेरै भीड पन्छाउन हतार होला तर हाम्रो त जीवनसँग जोडिएको हुन्छ, ।” स्वास्थ्य जाँचमा कार्यालय संवेदनशील हुनुपर्ने उहाँले बताउनुभयो । 

हतारमा स्वास्थ्य जाँच गराउँदा विभिन्न किसिमका समस्या आइरहेका छन् । समय समयमा अस्पतालमा चालक अनुमतिपत्रमा भएको रगतको समूहलाई सही मान्दा रक्त समूह फरक भएको घटनासमेत पाइएको छ । चालक अनुमतिपत्रमा रक्त समूह उल्लेख गर्नुको कारण कुनै दुर्घटना भइहाल्दा रक्त जाँच नगरी चालक अनुमतिपत्रका आधारमा रगत सङ्कलन गर्नु हो । खड्काले भन्नुभयो, “अहिले चालक अनुमतिपत्रलाई विश्वास गर्न मिल्ने अवस्था छैन ।” अनुमतिपत्रमा भएको रक्त समूह विश्वासिलो नभएपछि त्यसमा उल्लेख गर्नुको अर्थ नभएको उहाँले बताउनुभयो । 

यातायात व्यवस्था विभाग अन्तर्गतका बागमति अञ्चल कार्यालयको चालक अनुमतिपत्र शाखामा कार्यरत सूचना अधिकारी भक्त विष्टले स्वास्थ्य जाँच गर्न ठेक्कामा दिइने बताउनुभयो । जुन स्वास्थ्यकर्मीले जिम्मेवारी लिएको हुन्छ, गल्ती भएमा उसैले जिम्मेवारी लिनुपर्ने धारणा उहाँको छ । सूचना अधिकारी विष्टले भन्नुभयो, “ऐनले कार्यालयलाई भन्दा पनि गल्ती भएमा उसैले सजाय भोग्नुपर्ने व्यवस्था गरेको छ ।” चिकित्सकले राम्रो ग¥यो वा गरेन भन्ने शंका गर्न नसकिने उहाँले बताउनुभयो । 

यातायात व्यवस्था कार्यलयमा पहिले धेरे खालका बिचौलिया हुने गरेका थिए । पछिल्ला समय नियन्त्रण नै नभए पनि कम हुँदै गएको कार्यालयले जनाएको छ । सेवा प्रवाहमा सहजता ल्याउनका लागि कार्यालयले टोकन प्रणाली लागू गरिएको छ । यसले कम समयमा सहज रुपमा काम हुन थालेको बताइएको छ । 
– सञ्चिता घिमिरे/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x