नेपाल प्रहरीका तीन डीआईजी एआईजी बढुवा

असोज ५, २०७५

काठमाडौं– नेपाल प्रहरीका ३ डीआईजी एआईजीमा बढुवा भएका छन् ।  

मन्त्रिपरिषद्को शुक्रबार अबेर सम्पन्न बैठकले डीआईजीहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । 


ADVERTISEMENT

 गत भदौ २६ गते गृहमन्त्रालयले  कार्कीलाई १ नम्बर, राईलाई २ र बस्नेतलाई ३ नम्बरमा गर्दै बढुवा सिफारिस गरेको थियो । 

उनीहरुको बढुवासँगै लामो समयदेखि रिक्त एआईजीको दरबन्दी पूर्ति भएको छ । 

असोज ५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस