×

NMB BANK
NIC ASIA

ख्याल गराैं, धेरै केरा खाँदा पनि जान सक्छ ज्यान

असोज ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी — एकैचोटि धेरै केरा खाँदा स्वास्थ्यलाई हानि पुग्न सक्छ । एकचोटिमा ६ भन्दा बढी केरा खाँदा ज्यानलाई खतरा पर्छ भनिन्छ तर यो कत्तिको वास्तविक कुरा हो ? केरा वास्तवमा भिटामिन र मिनरलहरू भएको गुणकारी फल हो । स्वास्थ्यका लागि यो वरदान नै हो । 

Muktinath Bank

केरामा पोटेसियमको मात्रा अत्यधिक हुन्छ । आवश्यकताभन्दा बढी पोटेसियमले स्वास्थ्यलाई हानि गर्छ । लन्डनमा बस्ने पोषणविद् क्याथरिन कोलिन्सका अनुसार, पोटेसियम शरीरको हरेक कोशिकामा उपलब्ध हुन्छ किनकि यो जीवनका लागि आवश्यक तत्त्व हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार, केराले मुटुको ढुकढुकीलाई सन्तुलित राख्न सहायता गर्छ । शरीरमा इन्सुलिनको मात्रालाई सही राखेर रगतमा चिनीलाई नियन्त्रण गर्ने काम पनि यसले गर्छ । केरा खाँदा रक्तचाप पनि नियन्त्रणमा रहन्छ । 


Advertisment
Nabil box
Kumari

तर शरीरमा पोटेसियमको मात्रा धेर वा कम भएमा मुटुको ढुकढुकी बिग्रन सक्छ । यसले पेटमा पीडा गराइदिन्छ । अमेरिकामा पोटेसियम क्लोराइड नामक रसायन इन्जेक्सनमार्फत पनि मानिसलाई दिइन्छ । शरीरमा यसको अधिक मात्रा भएमा हृदयघात हुने सम्भावना रहन्छ । 

Vianet communication
Laxmi Bank

क्याथरिन कोलिन्सका अनुसार, केरा खाँदा कहिले पनि शरीरमा पोटेसियमको स्तर बढ्दैन । दिनभरि ४०० केरा खाएमा मात्र पोटेसियमको अधिक मात्रा भएर मुटु बन्द हुन्छ । तर दिनमा ४०० केरा कसैले खाँदैन । 

अमेरिकाको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार, व्यक्तिलाई दिनभरिमा ३५ सय मिलिग्राम पोटेसियम आवश्यक हुन्छ । एउटा केरामा लगभग ४५० मिलिग्राम पोटेसियम हुन्छ । अर्थात् एक व्यक्तिले दिनभरिमा सातवटासम्म केरा खाँदा
हुन्छ ।स्वास्थ्यविज्ञहरूले मिर्गौलाका रोगीले पोटेसियम अधिक भएका खानेकुराबाट टाढा रहने सल्लाह दिने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x