×

NMB BANK
NIC ASIA

चोरबाटोबाट प्रशासन कानून ल्याउने तयारी, सरकार र चालकबीच आठबुँदे सहमति

असोज ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–सरकारले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशनको सहयोगमा अगाडि बढाउन लागिएको आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा मान्यता दिएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले सो निर्णय गरेको हो । ऊर्जा तथा यातायात क्षेत्रको आयोजना कार्यान्वयनका लागि अमेरिका सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशनमार्फत नेपाल सरकारलाई रु ५० अर्ब सहयोग उपलब्ध गराएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बैठकले काठमाडौँको लप्सेफेदीदेखि धादिङको गल्छी–रातमाटे प्रसारण लाइन आयोजना र दमौली–बुटवल आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने निर्णय गरेको हो । यस्तै माथिल्लो अरुण जलविद्युत् आयोजनालाई नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रुपमा स्थापना गरिने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाका अनुसार सरकारले मुक्त कमैया तथा हलियाको पुनःस्थापना समस्या समाधान आयोग गठनसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । मन्त्रिपरिषद्ले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कायविधि, २०७५ स्वीकृत गरेको छ ।


Advertisment
Nabil box
Kumari

बैठकले दरबन्दीभित्र नपरेका विभिन्न सेवा समूहको पदमा कार्यरत निजामती कर्मचारीलाई कर्मचारी समायोजन ऐन, २०७४ र सोही ऐनको नियमावली २०७४ अनुसार कर्मचारी समायोजन नभएसम्म प्रदेश तथा स्थानीय तहको स्वीकृत सङ्गठन संरचना वा दरबन्दीको समान श्रेणीभित्र तथा मिल्दो पद वा तहमा काम गर्ने गरी काम काजमा खटाउनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । 

Vianet communication
Laxmi Bank

यसैगरी मन्त्रिपरिषद्ले स्थानीय तहको पदाधिकारी तथा कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका, २०७५ स्वीकृत गरेको छ भने जिल्ला विकास समिति महासङ्घको दोस्रो संशोधित विधान स्वीकृत गरेको छ । समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिको अध्यक्षमा कामपा–२९ का युवराज सुवेदीलाई नियुक्त गरिएको छ ।

यस्तै आपराधिक समूहबाट मारिएका सुनसरीका खुर्दिश आलमलाई सरकारले शहीद घोषणा गरी उनको परिवारलाई रु १० लाख राहत रकम उपलब्ध गराएको छ ।  यसैगरी बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकमा पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई बढुवा गरेको छ । 

सरकारले नीति अनुसन्धान प्रतिष्ठान स्थापना गरी त्यसलाई मुलुकको ‘थिंक ट्याङ्क’ का रुपमा अगाडि बढाउने भएको छ । सो प्रतिष्ठानको सदस्यमा प्रा डा चैतन्य मिश्र, डा मीना आचार्य, प्रा डा राजेन्द्रध्वज जोशी, प्रा डा सुरेन्द्र लाभ र गणेशमान गुरुङलाई तोकिएको छ । 

सरकार र यातायात व्यवसायीबीच आठबुँदे सहमति 
मुलुकी संहिताको विरोध गर्दै आन्दोलनमा रहेका यातायात मजदूर र सरकारबीच आठबुँदे सहमति भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार भएको वार्तामा नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिले दिएको ज्ञापनपत्रलाई कार्यान्वयनमा लैजान गृह, भौतिक पूर्वाधार तथा यातायात र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने सहमति भएको छ ।

त्यसैगरी ट्राफिक सङ्केत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने र राष्ट्रिय राजमार्गमा निश्चित दूरीमा ठूला सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था गर्ने, सडक दुर्घटना हुँदा निष्पक्ष छानबिन गरी घटनामा दोषी देखिएका जोसुकैलाई कारवाही गर्ने, सवारी चालकलाई समय समयमा सडक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । 

ट्राफिक प्रहरीको व्यवहार परिवर्तनका लागि गृह मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने, आन्दोलनका क्रममा पक्राउ परेको सवारी चालकलाई आजै रिहा गर्ने सहमति भएको छ । दुर्घटनामा मानवीय क्षति भए चालकलाई कडा कारवाही हुने लगायतका व्यवस्था मुलुकी संहितामा भएको भन्दै त्यो व्यवस्था संशोधनको माग राखी चालकहरू आन्दोलनमा उत्रिएका थिए ।

प्रदेश नेतृत्व चयनले नेकपामा जिल्लास्तरको एकता सहज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र प्रदेश सङ्गठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएपछि आधारभूत तहसम्मको एकता प्रक्रिया सहज हुने देखिएको छ । शीर्ष नेताहरूको व्यस्तता, विदेश भ्रमण र तलबाट आएका नामावलीमा सहमति जुटाउन समय लाग्दा मातहतको एकतामा ढिलाइ भएकामा पार्टीको सचिवालय बैठकले प्रदेशको नेतृत्व चयन गरेपछि बाटो खुलेको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावबमोजिम ती जिम्मेवारी तोकिएको थियो । पार्टी सचिवालय सदस्य ईश्वर पोखरेलले प्रदेश इञ्चार्ज तथा पार्टी कमिटी अध्यक्षले मातहतका जिल्ला कमिटीको एकता कार्यलाई चाडो टुङ्गोमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

नेकपाले साङ्गठिनक एकीकरणका लागि सहज बनाउन सङ्घीय र प्रदेश सरकारका मन्त्री, प्रादेशिक संसद्का दल नेता र उपनेता, सङ्घीय संसद् र प्रदेशसभामा प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापतिहरू, जिल्ला समन्वय समितिका संयोजक÷संयोजक तथा स्थानीय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षलाई पार्टीको कुनै पनि स्तरको कार्यकारी पद (अध्यक्ष र सचिव) पदको जिम्मेवारी नदिने निर्णय गरेको हो ।

चोरबाटोबाट प्रशासन कानुन ल्याउने तयारी
सरकारले संघीय नेपालको प्रशासन हाँक्ने मुख्य कानून अध्यादेशमार्फत ल्याउने रणनीति बनाएको छ । केही प्रशासकको स्वार्थपूर्तिका लागि संसद् छलेर अध्यादेशमार्फत संघीय निजामती सेवा कानुन ल्याउन लागिएको हो ।

लामो समयदेखि तयारी अवस्थामा रहेको संघीय निजामती सेवासम्बन्धी कानून संसद् सकिएलगत्तै अध्यादेशमार्फत ल्याउन लागिएको हो । त्यसका लागि सरकारले बृहत् छलफल र संवादबिनै अध्यादेशबाट कानुन ल्याउने गृहकार्यलाई तीव्र पारेको छ ।

निजामती सेवामा हाल रहेको ५८ वर्षलाई बढाएर ६० वर्ष बनाउने, सचिवहरूको क्लस्टरिङ हटाएर जुनसुकै मन्त्रालयमा पनि सरुवा हुन पाउने बनाउने, आफूअनुकूल सेवा समूह भत्काउने र बनाउन पाउने, कर्मचारी प्रशासनसम्बन्धी प्रदेश र स्थानीय तहका केही अधिकारसमेत खिच्ने गरी अध्यादेशको गृहकार्य थालिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

सचिवहरूको कार्यकाल दुई वर्ष थप्ने प्रावधानसमेत राखेर अध्यादेश तयार पार्न खोजिएको छ । निजामती सेवा ऐनमा सचिवको कार्यकाल पाँच वर्ष छ । तर नयाँ कानुनमा सरकारले आवश्यक ठानेमा सचिवको कार्यकाल दुई वर्ष थप्न सक्ने व्यवस्था गरिँदै छ। यसो भएमा सरकारनिकट सचिवको कार्यकाल दुई वर्ष थपिनेछ ।

हतारमा कानुन ल्याएर निजामती प्रशासनलाई क्षतविक्षत पार्ने प्रयास गरिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दाबी गरे ।, अन्नपूर्ण पोस्टमा खबर छ ।
 
दशैंको टीकाको उत्तम साइत बिहान ९ः५१ मिनेटमा
कात्तिक २ गते परेको यो बर्षको वडादशैंको टीकाको उत्तम साइत बिहान ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान ९ बजेर ३९ मिनेटमा देवी विर्सजन गरेर टीका लगाउन सकिने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

यस्तै घटस्थापनाको शुभ साइत असोज २४ गते बिहान ७ बजेर १५ मिनेटमा रहेको छ । फुलपाती भित्र्याउने साइत बिहान ९ बजेर २१ मिनेटमा उत्तम रहेको समितिले जनाएको छ । कार्तिक ७ गते कोजाग्रत पुर्णिमाको दिन जुनसुकै बेला जमरा सेलाउन सकिने समितिले जनाएको छ । 

इपिएसमार्फत कामदार लैजाने सम्झौता नवीकरण
नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले दक्षिण कोरियाली समकक्षी ली जेइ क्यापले पठाएको सम्झौता नवीकरण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेपछि सम्झौताको नवीकरण भएको हो ।

दुई वर्षअघि नेपाल–कोरियाबीच भएको उक्त समझदारीको अवधि यही असोज ४ गतेसम्म थियो । प्रत्येक दुई÷दुई वर्षमा समझदारी नवीकरण हुँदै आएको छ ।

खुर्शिद हत्या छानविन गर्न समिति गठन 
गृह मन्त्रालयले सुनसरीका शिक्षक खुर्शिद अन्सारीको हत्याको घटनाबारे छानविन गर्न प्रदेश १ का प्रहरी वरिष्ठ उपरीक्षक किशोर दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । मन्त्रालयले समितिलाई १५ दिनभित्र घटनाको विस्तृत छानविन गरी सत्यतथ्य विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।     मन्त्रालयले घटनाको अध्ययन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई छुट्टै अनुसन्धान टोली बनाएर अध्ययन गर्न निर्देशन दिएको छ । 

अश्लील सामग्रीको प्रकाशन/प्रसारणमा रोक
सरकारले यौनजन्य अश्लिल सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेकाले यौनजन्य अश्लिल सामग्रीको आदान प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाइएको जनाएको छ । 

मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र ढकालले इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य अश्लिल सामग्रीको नेपालभित्र पहुँचमा रोक लगाउन तथा त्यस किसिमका वेभसाइट बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको बताए । 

थ्रीस्टारद्वारा २५ सदस्यीय टोली घोषणा
थ्रीस्टार क्लबले यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि आज २५ खेलाडी सम्मिलित टोली घोषणा गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बनाएको नियमानुसार ए डिभिजन लिग खेल्ने क्लबले आजसम्म कम्तीमा १८ खेलाडी दर्ता गर्नुपर्ने थियो । त्यसैअनुसार थ्रीस्टारले दर्ता गरेको खेलाडीको नाम सार्वजनिक गरिएको क्लबका महासचिव सञ्जीव शिल्पकारले जानकारी दिनुभयो ।

थ्रीस्टारले बिहीबार मात्र राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङलाई क्लबमा अनुबन्ध गरेको थियो । सार्वजनिक गरिएको टोलीमा अनिलसँगै रञ्जन विष्ट, अनन्त तामाङ, सुनील बल, विक्रम लामा, निराजन खड्का, एलान न्यौपानेजस्ता राष्ट्रिय खेलाडीलाई समावेश गरिएको छ ।

थ्रीस्टारको टोलीमा गोलकिपर एलन न्यौपाने, पूर्ण चाम्लिङ र अभिषेक बराल, डिफेन्डरमा अनन्त तामाङ, रञ्जीत धिमाल, विजय धिमाल, विष्णु सुनार, अशोक खवास, जीवन गुरुङ र पिटर सेगुन छन् । मिडफिल्डमा विक्रम लामा, निराजन खड्का, सुनील बल, रुपेश केसी, मिसान लामा, दीपेश घले र दीपसन राउत तथा फरवार्डमा अनिल गुरुङ, रञ्जन विष्ट, बुद्ध लिम्बू, समुन श्रेष्ठ, अजायी मार्टिनिज र जेनिश प्रजापति छन् । झण्डै चार वर्षपछि एन्फाले ए डिभिजन लिग आयोजना गर्न लागेको हो । थ्रीस्टारले ए डिभिजन लिग पाँच पटक जितेको छ ।

नेपाल म्यान्मासँग भारी गोल अन्तरले पराजित
म्यान्मासँग भारी गोलअन्तरले पराजित भएसँगै नेपाल एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटबाट बाहिरिएको छ । समूह चरणको दोस्रो खेलअन्तर्गत शुक्रबार म्यान्मासँग भएको खेलमा नेपाल ११–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा नेपालले पहिलो हाफमा १० गोल खाएको थियो । दोस्रो हाफमा भने केही सम्हालिएर खेलेको नेपालले एक मात्र गोल खायो । खेलको शुरुआती छ मिनेटमा तीन गोल गर्दै म्यान्माले नेपाललाई पहिलो हाफमा निकै दबाबमा राख्यो । ७४औँ मिनेटमा नेपालका लागि निकिता थोकरले एक गोल गर्न सफल भइन् । 

म्यान्माका लागि सुई और माङले एक्लैले पाँच गोल गरिन् । यस्तै म्यात नाउ हिनले ह्याट्रिक पूरा गर्न सफल भइन् । हिन मार तोई, ह्वाई पो इयान र पोन्ट पोन्टले एक÷एक गोल गरे । समूह ‘इ’बाट फिलिपिन्स र म्यान्माले समान ६ अङ्क जोड्दै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएका छन् । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार मलेशियासँग प्रतिस्पर्धा गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x