×

NMB BANK
NIC ASIA

कुम्भेश्वर मन्दिरको पुनःनिर्माणमा ढिलाइ

असोज ६, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

ललितपुर-भूकम्प गएको साढे तीन वर्ष बित्दासमेत पाटनको कुम्भेश्वर मन्दिरको पुनःनिर्माण सकिएको छैन । ठेकेदारले विभिन्न बहानामा ढिलाइ गर्दा काम नसकिएको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “कहिले के बहाना देखाउने त कहिले ठेकेदार सम्पर्कमा नआउने हुँदा काम अघि बढ्न सकेको थिएन ।” 

ठेकेदारसँग गत असारसम्ममा काम सक्ने गरेर सम्झौता भए पनि विभिन्न समस्या देखाएकाले एक वर्ष थप गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “सरासर काम गरे अब एक वर्षमा सकिन्छ ।” 

मन्दिरको कति भागसम्म पुनःनिर्माण गर्ने भन्ने विवाद र सुरक्षा प्रबन्धका कारणले गर्दा मन्दिर लामो समयसम्म पुनःनिर्माण हुन सकेको थिएन । कतिपयले त मन्दिरको माथिल्लो तलासम्म नै पुनःनिर्माण गर्नुपर्ने माग गरेका थिए । विज्ञले भने मन्दिरको सबै भाग भत्काउन नपर्ने सल्लाह दिएकाले आवश्यक ठाउँमा मात्रै काम भइरहेको प्रमुख प्याकुरेलले बताउनुभयो । मन्दिर निर्माण अवधिभर यहाँ रहेका महत्वपूर्ण सामानको सुरक्षाका बारेमा स्थानीयवासीले चासो देखाएका थिए । प्रहरीले नियमित गस्ती गरी सुरक्षा दिने सहमति भएपछि काम शुरु भएको थियो । 

Sagarmatha Cement
Muktinath Bank

उपत्यकामा रहेका दुईवटा मात्रै पाँच तले मन्दिरमा कुम्भेश्वर मन्दिर पनि एक हो । राजा जयस्थिति मल्लले मन्दिर बनाउन लगाएका थिए । मन्दिरमा सबै सोमबारका साथै विशेष गरेर साउनको सोमबार भक्तजनको भीड हुने गरेको छ । जनैपूर्णिमाका दिनमा टाढाटाढाबाट समेत यहाँको दर्शनका लागि भक्तजन आउने गरेका छन् । रसुवाको गोसाइँकुण्डबाट यहाँको पोखरीमा पानी आएकोे विश्वास गरिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x