×

NMB BANK
NIC ASIA

मोहर्रममा हिन्दू समुदायको पनि उत्साह

असोज ६, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

नेपालगञ्ज-  मुस्लिम समुदायको पर्व मोहर्रममा नेपालगञ्जमा हिन्दू समुदायको पनि उत्साह देखिन थालेको छ । घरघरमा राखेको ताजियालाई विसर्जन गर्न नेपालगञ्जमा निकालिएको बाजागाजासहितको मुस्लिम समुदायको जुलुसमा हिन्दूसमेत रमाएका थिए । केही वर्षयता उक्त पर्वप्रति हिन्दू धर्मावलम्बीको समेत श्रद्धा र साथ बढ्दै गएकोे हो ।

Muktinath Bank

ताजिया विसर्जनका अवसरमा हुने विभिन्न कला, खेललगायत गतिविधिले हिन्दू समुदाय पनि रमाउँदै सहभागी हुने गरेको नरैनापुर गाउँपालिकाका प्रल्हाद विश्वकर्माले बताउनुभयो । हिन्दू–मुस्लिम समुदायमा भाइचारा र सद्भावको प्रतीकका रुपमा यो पर्वलाई मनाइने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “धार्मिक आस्था जे भए पनि भगवान् सबैका एउटै हुन् भन्ने मान्यता पनि हो । भाकल पूरा हुने भएपछि केही हिन्दू परिवारले पनि ताजिया राख्ने गरेका छन् ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्ना हरेक पूरा हुने धार्मिक विश्वासका साथ मुस्लिम समुदायले मोहर्रम पर्व मनाउँदै आएकामा हिन्दू समुदायले पनि यसलाई निरन्तरता दिन थालेकोे हुनसक्ने स्थानीय अग्रज सञ्चारकर्मी नरेन्द्र थापाको भनाइ थियो । मोहर्रमका लागि घरमा ताजिया राख्ने गरिन्छ सामान्यतया रु ३० देखि १० हजारसम्मको ताजिया किनबेच ‘हदिया’ हुने मुस्लिम अगुवा शकील अहमद कादरीले बताउनुभयो । घरघरमा राखिएका ताजिया विसर्जनका क्रममा ढोलकसहित नेपालगञ्जका चोकचोकमा प्रदर्शन गरिएको थियो । प्रदर्शन हेर्न अन्य समुदायका सर्वसाधारणसमेत उत्साहका साथ सहभागी भएका थिए । 


Advertisment
Nabil box
Kumari

इस्लामिक पहिलो महीनाको चन्द्रमासको ९ तारिकको साँझ ताजिया स्थापना गर्ने र भोलिपल्ट दिउँसो बाजागाजाका साथ स्थानीय कर्वलामा लगेर विसर्जन गर्ने चलन रहेको उहाँको भनाइ छ । ताजिया सेलाउँदा उनीहरूले आफ्नो शरीरमा ब्लेडले चिर्ने जन्जिरले हान्ने समेत गरिन्छ । मौलाना अब्दुल जब्बार मन्जरीका अनुसार इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मदका नाति इमाम हुसैनको सम्झनामा ताजिया राख्ने गरिन्छ । इस्लामी संवत् १४४० हिजरीको पहिलो महीना मोहरमको ९ तारिख अर्थात् बिहीबार मुस्लिम समुदायले आ–आफ्नो घरमा स्थापना गरेको ताजिया शुक्रबार नेपालगञ्जको फुल्टेक्रमा रहेको कर्वलमा पु¥याएर विसर्जन गरेका थिए । 

Vianet communication
Laxmi Bank

हिजरीको पहिलो महीना मोहर्रमको १० तारिखका दिन धर्मगुरु हुसैनले इस्लाम धर्म बचाउने क्रममा इराकको बगदादस्थित कर्बलामा सहादत प्राप्त गरेको सम्झनामा हरेक इस्लाम धर्मावलम्बीले आआफ्नो घरमा ताजिया राखेर सम्झिने गरिएको उहाँको भनाइ थियो । आजभन्दा १४ सय वर्ष पहिले हुसैनसँगै परिवारका ७२ जना सदस्य शहीद भएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x