×

NMB BANK
NIC ASIA

रूपन्देहीका जीवनदाता कृष्ण चौहान : ‘रगत नपाए बुटवल जानू’

असोज ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – २०६१ सालमा बुटवलको पुष्पलाल पार्कका एक जना अपरिचित व्यक्तिले कृष्ण चौहान क्षेत्रीलाई रोकेर भने – हजुर मेरी छोरी बिरामी छ, उसको लागि रगत चाहियो । उनले ती अपरिचित व्यक्तिलाई बुटवल अमरपथस्थित ब्लड बैंकमा लगे ।

Sagarmatha Cement
Muktinath Bank

उनी बिरामीलाई रगत दिन तयार भए । तर, उनको प्रेसर नमिलेर बिरामीलाई रगत दिन पाएनन् । त्यसपछि निराश हुनै चौहान घरतर्फ लागे । बिरामीलाई बचाउन पहिलो पटक रगत दिन नमिलेपछि उनी रक्तदान गर्दा के–के कुराहरू मिल्नुपर्ने रहेछ भनेर सोधखोज गरे । पाल्पाका सरोज सिलवालले नियमित रक्तदान गर्दै आएका छन् भन्ने चौहानले थाहा पाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिलवाल नेपाल नियमित रक्तदाता संघ गठन गरी रक्तदान गर्दै आएका थिए । संघले पहिलो पटक २०६१ पुस २३ गते बुटवलमा आकस्मिक रक्तदान कार्यक्रम राख्यो । चौहान पनि रक्तदान कार्यक्रममा पुगेर पहिलो पटक रक्तदान गरे ।


Advertisment
Nabil box
Kumari

त्यसपछि उनले ३/३ महिनामा हालसम्म ५८ पटक रक्तदान गरिसकेका छन् । त्यसपछि चौहान संघमा आबद्ध भएर नियमित रक्तदान गर्दै आए । संघमा रहेर उनले २५ पटक रक्तदान गरी रजत पदकबाट सम्मानित भए । त्यसपछि नेपाल स्वयंसेवी रक्तदान समाजको साधारणसभा सम्बन्धी समाचार उनले पत्रिकामा पढे ।

Vianet communication
Laxmi Bank

समाचारको आधारमा उनले समाजको अध्यक्षको नम्बर खोजी गरी अध्यक्षसँग अनुमतिसँगै बुटवलमा २०६९ चैत १७ गते नेपाल स्वयंसेवी रक्तदाता समाज चौहानकै पहलमा गठन गरियो । २५ जना सदस्यसहित गठन गरिएको समाजमा अहिले आजीवन ३ सय ५० सदस्यहरू आबद्ध छन् ।

समाज गठन गरेपछि चौहानकै सक्रियतामा हरेक महिनाको अन्तिम शनिवार बुटवलमा नियमित रक्तदान हुँदै आएको छ । अहिलेसम्म समाजले ६६ औं पटक नियमित रक्तदान कार्यक्रम गरेको छ । चौहान र उनी नेतृत्वको स्वयंसेवी रक्तदान समाजले अहिलेसम्म बुटवलमा रगत अभाव हुन दिएको छैन । उनी भन्छन् ‘यहाँ दुर्लभ (नेगेटिभ) रगत पाउन अलि समस्या होला । तर, हामीले नेगेटिभ रगत थुतेर राख्दैनौं । हामीसँग २ सय ५० जना नेगेटिभ रक्तदाता सम्पर्कमा हुनुहुन्छ । उहाँहरू जुन बिरामीलाई रगत चाहियो नेगेटिभ रक्तदाताहरूलाई अस्पतालमा बोलाएर रगत दिन्छौ ।’

२०७२ बैशाखमा नेपालमा महाभूकम्प गयो । काठमाडौंमा रगत अभाव हुन सक्ने भन्दै ब्लड बैकबाट खबर आयो । त्यसपछि चौहानले एक दिनको तयारीमा बुटवलको रूपन्देही व्यापार संघमा एकै दिनमा ३ सय १५ युनिट रगत संकलन गरी निजी खर्चमा बुद्धएयरबाट काठमाडौं समेत पठाए ।

त्यसपछि उनले नारा नै बनाए ‘रगत नपाए बुटवल जानु’ । उनले यो नारा बनाएपछि बुटवलमा अहिलेसम्म कुनै पनि ग्रुपको रगत अभाव भएको छैन । उनले स्वयंसेवी रक्तदान समाजका सम्पूर्ण पदाधिकारीको नाम र मोबाइल नम्बर भएको व्यानर प्रत्येक अस्पतालमा टाँगेका छन् । रगत अभाव भए ‘हामीलाई फोन गर्नुहोस्’ भनिएको छ । 

फेरि गत वर्ष बुटवलमा डेंगु रोगको महामारीको रूपमा देखियो । डेंगुका बिरामीलाई सेतो रगत (पीआरबी) को आवश्यकता पर्छ भने ६० किलोग्रामभन्दा बढी तौल भएका मानिसबाट मात्र निकाल्न मिल्छ । त्यस्तो अवस्थामा २०/२० प्वाइन्टसम्म रगत आवश्यकता पर्छ । त्यस्तो अवस्थामा पनि बुटवलमा चौहान र उनको समूहले दैनिक रूपमा रक्तदान गराई रगतको अभाव हुन दिएनन् ।

चौहानकै पहलमा रगत खोज्न बिरामीलाई सहयोग होस् भनेर मोबाइल एप्स पनि सञ्चालन ल्याएका छन् । बुटवलको एभरेस्ट माविमा प्लस टू संयोजक समेत रहेका क्षेत्री भन्छन्, ‘कक्षामा पढाउँदै गर्दा पनि रगत चाहियो भनेर फोन आउँछन् । राति १२ बजे पनि फोन आउँछन् ।’ तर, उनले कुनै झर्को नमानी फोनबाटै मिल्ने भए त्यहाँ जानुस् पाइन्छ भन्छन्, नत्र आफै उपस्थित भएर बिरामीलाई रगत पुर्याउन जुट्छन् । उनी भन्छन्, ‘रगत अभावमा छट्पटिएका बिरामीलाई रगत दिलाएर बचाउँदा जस्तो खुशी अरू मसँग छैन ।’ 

धेरै मानिस रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रममा छन् । उनीहरूलाई त्यो भ्रमबाट मुक्त गराइन रक्तदान गर्नु जीवनदान हो र आफू पनि स्वस्थ हुनु हो भन्ने धारणका विकास गराउन १८ वर्ष पुगेका युवायुवतीका लागि ‘स्टार १८ स्टारर्स टीम’ गठन पनि गरिएको छ । जसले युवालाई रक्तदान गराउन प्रोत्साहन गराउँदै हिँड्छन् । यो टीममा १६ देखि २५ वर्षसम्म युवाहरू आबद्ध छन् ।

चौहनले रक्तदान गरेर समाजसेवा गरेको भन्दै एसियन थाइ फूड प्रोडक्स प्रालिले समाजसेवा भोक नाम सेवाबाट १ लाख रूपैयाँले गत वर्ष सम्मान गर्यो । सम्मानबाट प्राप्त उक्त रकम चौहानले आफू आबद्ध स्वयंसेवी रक्तदाता समाजलाई प्रदान नै गरे ।

चौहानले फेरि अर्को अभियान थालेका छन् । ‘अब जुनसुकै बिरामीले निःशुल्क रगत पाउनुपर्छ । ब्लड बैंकले बिभिन्न टेस्टका लागि बिरामीबाट एक प्वाइन्ट रगतको लागि ८ सय रूपैयाँ लिँदै आएको छ । टेस्टको रकम सरकारले उपलब्ध गराएर रक्तदाताले निःशुल्क दिएको रगत बिरामीले पनि निःशुल्क नै पाउनुपर्छ भन्ने हाम्रो माग हो,’ क्षेत्रीले भने । रूपन्देही प्रत्येक वर्ष झण्डै २५ हजार प्वाइन्ट रगतको आवश्यकता छ । अहिले चौहानको पहलमा झण्डै २० हजार प्वाइन्ट रगत संकलन हुन थालेको छ ।

रूपन्देहीमा मधेशी समुदायको पनि बस्ती छ । त्यहाँका मानिस अझै पनि रक्तदान गर्न डराउँछन्, मान्दैनन् । उनीहरूमाझ पनि रक्तदान गर्ने बानीको विकास गर्न जुटाउँदै छन् युवा रक्तदाता क्षेत्री ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x