×

NMB BANK
NIC ASIA

प्रजातान्त्रिक योद्धा सरोज कोइराला हत्याकाण्ड : ३५ वर्षसम्म खुलेन रहस्य !

असोज ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – निरंकुश राणा शासन र पञ्चायती व्यवस्थाविरुद्ध क्रान्ति गरेका धनुषाका नेता तथा प्रजातान्त्रिक योद्धा सरोजप्रसाद कोइरालाको हत्या भएको ३५ वर्ष बितिसक्दा पनि हालसम्म हत्याकाण्डको सत्यतथ्य राज जनतासामु आउन सकेको छैन ।

Sagarmatha Cement
Muktinath Bank

नेपालमा प्रजातन्त्र स्थापनाका लागि कोइरालाले लामो संघर्षमा जीवन उत्सर्ग गरेपनि हत्याबारे सरकारमार्फत् औपचारिक जानकारी बाहिर आएन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रजातन्त्रका लागि पटक–पटक जेल परेका, निर्वासनमा रही विभिन्न कष्टका बाबजुद तत्कालीन राजा महेन्द्रबाट सत्ताका लागि दिइएको विभिन्न प्रलोभनलाई त्यागेका राजनीतिज्ञ, राष्ट्र बनाउने कर्मयोगी, सिद्धान्त, विचार र प्रतिवद्धतामा अडिग निष्ठावान् राजनीतिज्ञको प्रेरणाबाट कांग्रेसमा धेरै नेता प्रोत्साहित भए ।


Advertisment
Nabil box
Kumari

प्रेरित नेतामध्ये कतिपय प्रधानमन्त्रीदेखि मन्त्रीसम्म बने । उनी आस्था र विचारमा सधैं अडिग रहे, राजासामु कहिल्यै पनि झुकेनन् । जमिन्दार परिवारमा जन्मिएका भएपनि जनताका लागि जिउने, सामान्य नागरिकसँगै रहने असाधारण मानिस थिए उनी । 

Vianet communication
Laxmi Bank

नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना भन्छन्, ‘नेपालमा राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा सरोज बाबुको महत्त्वपूर्ण स्थान मात्र छैन, नेपालको इतिहासमा उहाँको नाम स्वर्ण अक्षरमा अंकित छ ।’ सरोज बाबुको प्रेरणाले कांग्रेसमा धेरै नेताले राजनीतिमा लागेर ठूल्ठूलो उचाई बनाएका छन् ।

‘उहाँ एक कुशल संगठनकर्ता, प्रजातन्त्रका लागि प्रेरणाको स्रोत र एक समाजवादी नेता हुनुहुन्थ्यो,’ नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य स्मृति नारायण चौधरी भन्छन्, ‘जमिन्दार परिवारका बाहुनको छोरा भएपनि दलितलाई पनि आफूसँगै राखेर खाना खानुहुन्थ्यो, बस्नुहुन्थ्यो । त्यसैले दलित होस् वा जुनसुकै समुदाय, सबैका लागि आदरणीय नेता बन्नुभएको थियो ।’

पहाडी समुदायको भएर पनि कोइराला मधेशमा नेता बन्न सफल भएका उनले बताए । ‘उहाँसँगै राजनीति गर्ने रुद्र गिरी, तुलसी गिरी सबै पञ्चायतमा रमाएका थिए । तर, जनताका लागि उहाँ पञ्चायतसामु कहिल्यै झुक्नुभएन,’ उनले भने ।

सरोज कोइरालाको योगदान

विक्रम सम्वत् १९८५ सालमा बुवा भैरवप्रसाद कोइराला र आमा मनोरमा देवीको कोखबाट जन्मिएका सरोजप्रसाद कोइराला बाल्यकालदेखि नै अन्याय, अत्याचारविरुद्ध लड्ने प्रवृत्तिका व्यक्ति थिए । भारतको बनारसमा म्याट्रिकुलेसनको शिक्षा हासिल गर्दै गर्दा नेपालमा विश्वेश्वरप्रसाद कोइरालाले २००४ सालमा विराटनगरको जोगबनीस्थित जुट मिलमा मजदुर आन्दोलन थालेका थिए । नेपाली कांग्रेसले आह्वान गरेको मजदूर आन्दोलनमा सहभागी भई विराटनगरमा गिरफ्तार भएका सरोज बाबु १ वर्षपछि रिहा भए ।

केही दिनपछि भारतको मधवापुरमा वीपीले आयोजना गरेको बैठकमा सहभागी भएर जनकपुर फर्कंदै गर्दा मटिहानी नाकामा दिगम्वर झा, भिष्मजंग केसीसहित सरोज कोइराला पनि पक्राउ परे । उनीहरूलाई महोत्तरीको जलेश्वर कारागारमा राखिएको थियो । ३ वर्षपछि २००७ सालमा नेपाली कांग्रेसले वीरगञ्ज र विराटनगरमा क्रान्ति शुरू गर्यो ।

त्यहीबेला तीनै जना छठ पर्वको सन्ध्या अर्घका दिन जलेश्वर जेल तोडेर भिठ्ठामोड नाका हुँदै विरगञ्ज पुगे । जेलमा हुँदा धोती कुर्ता लगाउने सरोजबाबु तरकारी पकाउने छोलनी लिएर इँटा भत्काई भाग्न सफल भएका थिए ।

वीरगन्जमा क्रान्तिका कमाण्ड सुवर्णशम्शेर राणाले र विराटनगरमा वीपीले सम्हालेका थिए । राणा, राजा त्रिभुवन र नेपाली कांग्रेसको संयुक्त क्रान्तिका कारण देशमा १ सय ४ वर्षको जहानियाँ राणा शासन अन्त्य भयो ।

मुलुकमा प्रजातन्त्र आयो । क्रान्तिका योद्धा सरोजबाबु जनकपुर फर्केर संगठन निर्माण तथा विस्तार गर्ने कार्यमा सक्रिय भए । त्यसैक्रममा सरोज कोइराला कांग्रेसको तत्कालीन महोत्तरी धनुषाको जिल्ला सभापति बनेर संगठनको काममा सक्रिय भए ।

विक्रम सम्वत् २००८ सालमा लिला कोइरालासँग भारतकै बनारसमा उनको आदर्श विवाह भयो । कृष्णप्रसाद भट्टराई, गोपालप्रसाद भट्टराईको उपस्थितिमा परस्परागत सिन्दूर पोते, तिलहरी नलगाई फूलको माला लगाएर आदर्श विवाह सम्पन्न भएको भएको थियो । परम्परागत विवाह प्रथालाई त्यागेर आदर्श विवाह गरेको भन्दै भारतको दार्जिलिङबाट प्रकाशन हुने युगवाणी साप्ताहिक पत्रिकामा दुवै जनाको फोटो सहितको आदर्श विवाहको समाचार प्रकाशित भएको थियो । 

२०१६ सालमा चुनाव हुँदा सरोजबाबु निर्वाचन क्षेत्र नम्बर ४१, खेस्राहाबाट चुनाव लडे । खेस्राहामा टिकट कसलाई दिने भन्ने कुरा चल्दा कोइरालाले आफूलाई टिकट नदिएर त्यहाँ कुनै यादव समुदायबाट उठ्दा राम्रो हुने प्रस्ताव वीपी कोइराला समक्ष पुर्याएका थिए । उक्त क्षेत्रमा यादव समुदायको बाहुल्यता रहेकाले यादव समुदायलाई नै टिकट दिनुपर्ने उनको विचार थियो  । उनले निर्गुण यादवलाई नै टिकट दिनुपर्छ भन्ने नाम सहितको प्रस्ताव वीपी समक्ष पुर्याएका थिए ।

नेपाली कांग्रेसको गठन जातीय आधारमा भएको हो कि सैद्धान्तिक आधारमा भनेर निर्गुन यादवले विपीलाई नै प्रतिप्रश्न गरेपछि सरोज बाबुलाई खेस्राहाको टिकट दिइयो । उक्त कुरा वीपीले आफ्नो पुस्तक आत्मवृतान्तमा पनि उल्लेख गरेका छन् ।

त्यहाँ चुनाव भयो । उक्त चुनावमा सरोजबाबु सबैभन्दा बढी मत ल्याएर विजयी भए । सांसदमा निर्वाचित भइसकेपछि उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिइयो । कांग्रेसको केन्द्रीय समिति र पार्टीको अनुशासन समितिमा समेत चयन भए । 

विक्रम सम्वत् २०१८ सालमा भारतको पटनामा भएको कांग्रेसको अधिवेशनबाट सुवर्ण शम्शेर राणालाई कार्यवाहक सभापति बनाई २ वटा प्रस्ताव राखियो । एउटा शान्तिपूर्ण आन्दोलनबाट प्रजातन्त्रका लागि लडाइ लड्ने, दोस्रो सशस्त्र क्रान्ति गर्ने । दुवै प्रस्तावमा छलफलपछि सशस्त्र क्रान्ति गर्ने कुरा तय भयो ।

२००७ कात्तिक २६ गते क्रान्ति थालिएको कारण कात्तिक २६ गते क्रान्ति दिवसकै अवसर पारेर महेन्द्रनारायण निधिको नेतृत्वमा निर्वाचनमा रहेका कांग्रेसका नेता तत्कालीन राजा महेन्द्रले गरेको ‘कु’विरुद्ध आन्दोलन गर्दा पुस १ गते भोजप्रसाद उपाध्याय, ठाकुरप्रसाद ढुंगाना, चन्देश्वर राय पक्राउ परे । उनीहरूलाई जलेश्वर जेल लगियो ।

अर्कोतर्फ निर्वासनमा रहेका नेता तथा कार्यकर्ताले विक्रम सम्वत् २०१८ सालको सशस्त्र क्रान्तिको शुरूवात गरे । त्यसैक्रममा भारत र चीनबीच युद्ध शुरू भयो । भारतमा बसेर सशस्त्र क्रान्ति गरिरहेका नेपाली कांग्रेसका नेतालाई सशस्त्र क्रान्ति बन्द गर्न दबाब परेपछि सशस्त्र क्रान्ति स्थगन भई रोकियो ।

कांग्रेसका नेता कार्यकर्ताले भित्रबाटै विभिन्न चरणमा विभिन्न नाकाबाट प्रजातन्त्रका लागि प्रजातान्त्रिक वातावरणलाई खुकुलो गर्ने हो भने राष्ट्रियताको लागि सहमतिको बाटोमा आउन सक्ने भनेर सुवर्णशम्शेरले अडान लिएपछि वीपी र गणेशमान सिंहलाई सुन्दरीजल जेलबाट रिहा गरियो ।

सुवर्ण शम्शेरले दिएका सूचीका आधारमा विभिन्न चरणमा पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गरियो । निर्वासनमा रहेका नेतालाई देशमा आउने वातावरण तयार भएपछि विक्रम सम्वत् २०२४ सालमा भारतको जयनगर नाका हुँदै सरोजबाबु पनि जनकपुर फर्किए ।

नेपाल फर्किएपछि प्रजातान्त्रिक आन्दोलनमा विभिन्न किसिमले सक्रिय हुँदै युवा, विद्यार्थीलाई साथ लिएर सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनको काममा संलग्न हुन थाले । कोइरालाले सडक सुधार अभियानका लागि जनकपुरको ब्रम्हपुरीस्थित आफ्नो जग्गाबाट १० धुर जति जग्गा दिएर समाज सुधारको कार्यमा लागे । त्यसपछि युवा विद्यार्थीलाई संलग्न गर्दै ब्रह्मपुरीको अधिकारी निवासमा तरुण क्लबको स्थापना गरे । क्लबकै माध्यमबाट उनले तरुण विद्यार्थीलाई राजनीतिक परिवर्तनका लागि निर्देश र सल्लाह दिने काम गर्ने गर्थे । 

विक्रम सम्वत् २०२६ सालमा उनले विभिन्न चरणमा काम गर्दै जाँदा सुहद पुस्तकालयमा नाटकको मञ्चन भयो । सरोज बाबुकै निर्देशनमा गरिएको नाटकमा तानाशाहले जनतामा कसरी शासन गर्छन् र ती तानाशाही शासकको अन्त्य कसरी हुन्छ भन्ने अन्तिम दृश्य देखाइएको थियो । नाटकको मञ्चन सकिएलगत्तै जानकी मन्दिरको प्राङ्गणमा रहेको राजा महेन्द्रको शालिकमा कालोमोसो पनि पोतियो । त्यसैलाई निहुँ पारेर जनकपुरमा कांग्रेसका नेता सरोजबाबु, महेन्द्रनारायण निधि सहितका विभिन्न नेतालाई गिरफ्तार गरियो । 

गिरफ्तारमा परेका नेतालाई काठमाडौं चलान गरियो । ४ वर्षपछि जेलबाट रिहा भई जनकपुरमा आएर एउटा ठूलो कार्यक्रम गरेर उनलाई फेरि  भारत निर्वासनमा जानुपर्यो ।

खरेबटैया आन्दोलन

‘वैठ वेगारी बन्द करो खरे वटैया (अधियाँ) कायम करो’ भन्ने नाराका साथ सरोजबाबुकै निर्देशनमा धनुषा महोत्तरीमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले मजदुरको पक्षमा आन्दोलनको शुरूवात गरे । विक्रम सम्वत् २००७ सालको क्रान्ति सफल गरी जग्गाधनीको खेत–खलिहानमै पुगेर नारा लगाएर आर्थिक क्रान्तिको शुरूवात गरेका थिए ।

त्यसैक्रममा माधव शम्शेरको वीरता ११ लाख ११ हजार ११ सय विघा ११ कठा ११ धुर जग्गा, धवौलीमा नुतनदेव पन्त, कुशमाहामा रामस्वरुप रामसागर सहितको खेत–खलिहानमा गएर आन्दोलन गर्दै वैठ बेगारी बन्द गरी खरे वटैया कायम गरिएको थियो ।

त्यसअघि वटैया गर्ने मजदुरले उत्पादनको १० हिस्सामध्ये ३ हिस्सा मात्र पाउने गर्थे भने जग्गाधनीले ७ हिस्सा पाउने गर्थे । त्यो आन्दोलनकै परिणाम हालसम्म पनि वटैया (अधियाँ) गर्ने किसान मजदूर र जग्गाधनी दुवैले आधा–आधा हिस्सा पाउने गरेका छन् । कोइरालाले आफ्नो जग्गा आफैले मोही पनि गर्ने गरेका थिए ।

२००७ सालको क्रान्तिको दौरान समानान्तर सरकार गठन गरिएको थियो । जसमा महेन्द्रनारायण निधिलाई प्रधानमन्त्री, सरोजप्रसाद कोइरालालाई यातायात रेलमन्त्री र रुद्रप्रसाद गिरीलाई गभर्नर बनाइएको थियो । कांग्रेसको मुक्ति सेनाले महिनाथपुर क्याम्पबाट जनकपुर–जयनगर रेल्वे कब्जा गरी रेलमा चढेर जनकपुर आएका मुक्ति सेनाका सिपाहीले राणा सेनासँग युद्ध नै गरेका थिए । युद्धमा राणाका सेना पराजित भएर जयनगरमा केन्द्रीकृत भएका थिए ।

भारतको मधुवनीमा हत्या

भारतको बिहारको मधुवनीमा भूमिगत भई कांग्रेसको संगठन निर्माण गरिरहेका कोइरालाको विक्रम सम्वत् २०३० कात्तिक २ गते दिपावलीका दिन गोली हानी हत्या गरियो । भारतको मधुबनीबाट बस चढेर भारतकै सीतामढी सम्मेलनमा जानै लाग्दा उनको हत्या गरिएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना भन्छन्, ‘पञ्चायत शासकले षड्यन्त्रपूर्वक झिझाका डाँकाद्वारा कोइरालाको हत्या गराएको हो । झिझाका डाँकाहरू अयोधी पासवान, रामस्वार्थ पासवानद्वारा हत्या गराएको हो ।’
तत्कालीन अञ्चलाधीश लीलाराज विष्ट र एसपी शम्शेरबहादुर विष्टकै योजना अनुसार ती दुवै डाँकाले जलेश्वर जेल तोडेर भागी मधुवनीमा रहेका सरोज कोइरालाको हत्या गरेको भनिएपनि सत्यतथ्यबारे नेपाल सरकारद्वारा हालसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

गोली लागेपछि सरोजबाबुले ‘मलाई पटाका लाग्यो’ भनेर प्रतिक्रिया दिएका थिए । सरोजबाबुलाई ‘तपाईको हत्या गर्न झिझाका डाँकाहरू गएका छन्’ भनेर कांग्रेसका केही नेताले सन्देश पठाएपनि उनलाई खेस्राहाका कुनै पनि मानिसले ‘मेरो हत्या गर्न सक्दैन’ भनेर जवाफ पठाएका थिए । गोली लागेर घाइते भएका कोइरालालाई मधुवनीकै अस्पतालमा उपचारको लागि लगियो । त्यहीँ उपचारकै क्रममा उनको मृत्यु भएको थियो । 

मृत्युको खबर सुन्ने बित्तिकै बनारसमा रहेका वीपी, गणेशमान, गिरिजाबाबु सबै मधुवनी पुगेका थिए । गाउँगाउँबाट हजारौं कार्यकर्ता रेल चढेर मधुवनी पुगेका थिए । कार्यकर्तालाई मधुवनी जान समेत प्रशासनले रोक लगाएको थियो ।

कोइरालाको शवलाई नेपाल ल्याउन सकिएन । भारतको जयनगरस्थित कमला नदीमा दाहसंस्कार गरियो । उनको पार्थिव शरीरलाई गिरिजाबाबुले दागबत्ति दिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x