×

NMB BANK
NIC ASIA

धनगढी – मुलुकमा दिनप्रति दिन बढ्दै गएका बलात्कार तथा महिला हिंसाको घटनालाई मध्यनजर गरी महिला तथा बालबालिकाको लागि धनगढीमा आत्मरक्षा सम्बन्धी शिविर सञ्चालन हुने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको आयोजना तथा धनगढी उपमहानगरपालिका, ओरेक नेपाल, कमैया प्रथा उन्मुलन समाज, युवा शान्ति परिषद् र क्रियाशील पत्रकार महिलाको समन्वयमा महिलाको लागि ७ दिने आत्मरक्षा शिविर सञ्चालन हुने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तालिम असोज २० देखि २६ गतेसम्म धनगढीस्थित क्षेत्रीय रंगशालामा निःशुल्क शिविर हुने जनाइएको छ । शनिवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका केन्द्रीय महासचिव प्रकाशकुमार चन्दले भने, ‘७ दिनको अवधिमा १ किक हानेर मान्छे ढाल्न सिकाउन सक्दैनौ । तर, आफ्नो प्रतिरक्षा आफै कसरी गर्न सकिन्छ भन्ने मार्सल आर्टस्का कला चाहिँ हामी अवश्य सिकाउन सक्छौं । चाहे जतिसुकै बलवान दुराचारी पुरुष होस् उससँग मुकाबिला गर्न सिकाउने छौं ।’


Advertisment
Nabil box
Kumari

झण्डै १ हजार महिला तथा बालबालिकालाई तालिम दिने उद्देश्य रहेको बताउँदै उनले शिविरको अवधिमा किक हान्नेदेखि लिएर उत्पे्ररक प्रशिक्षण समेत दिने जानकारी दिए । ‘१ हजार जना महिलालाई तालिम दिएर केही हुँदैन । तर, अभियानको थालनी गर्दैछौ । तलिमबाट महिला दिदीबहिनीमा रहेको त्रास न्यूनीकरण गरी आत्मबल बढाउनेमा हामी आशावादी छौ,’ संघका महासचिव चन्दले अगाडि थपे, ‘हामी के कुरामा विश्वास गर्छौ भने कुनै पनि महिला पीडित भइसकेपछि उनको लागि न्यायको पहल गर्नुभन्दा त्यस्ता घटना घट्न नदिनु नै राम्रो हो ।’

Vianet communication
Laxmi Bank

संघले आत्मरक्षा शिविर ७ नम्बर प्रदेशमा मात्रै सीमित नराखी ७ वटै प्रदेशमा गर्ने भएको छ । धनगढीबाट शुरू भएको शिविर झापामा गएर समापन गरिने जनाइएको छ । यति मात्रै नभई सबै स्थानीय तहसँग समन्वय गरी ग्रामीण भेगमा समेत शिविर सञ्चालन गर्ने महासचिव चन्दले बताए ।

तथ्यांक अनुसार मुलुकमा १ वर्षको अवधिमा १ हजार १४ वटा बलात्कार तथा महिला हिंसाको घटना भएका छन् । पत्रकार सम्मेलनमा अत्मारक्षा सम्बन्धी डेमो समेत प्रदर्शन गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x