×

NMB BANK
NIC ASIA

संसदीय समितिमा महिलाको नेतृत्व सुखद्

असोज ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिमा ६० प्रतिशत महिलाले नेतृत्व गर्ने अवसर पाउनु सुखद् भएको बताउनुभएको छ । 

Muktinath Bank

महिला कानून व्यवसायीको २७ औँ सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले राज्यका हरेक निकाय अब महिला समावेशीकरणतर्फ उन्मुख भएको बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘‘लैङ्गिक प्रतिनधित्व समानताका आधारमा हुनुपर्छ भन्ने महिला आन्दोलनको उद्देश्य थियो’’ उहाँले भन्नुभयो, ‘‘विस्तारै व्यवहारमा लागू हुँदै जानु खुशीको कुरा हो ।’’ 


Advertisment
Nabil box
Kumari

उपसभामुख डा तुम्बाहाम्फेले संविधान कार्यान्वयनका लागि मौलिकहकसँग सम्बन्धित १६ वटा कानून निर्माण भइसकेको जानकारी दिदैं कानून निर्माण प्रक्रियामा सहभागिता जनाउन कानून व्यवसायी महिलालाई अग्रसर हुन आग्रह गर्नुभयो । 

Vianet communication
Laxmi Bank

स्थानीय निकायको न्यायिक समितिको नेतृत्व उपप्रमु्खले पाउनुलाई सुखद् अवसरका रुपमा लिनुपर्ने बताउँदै त्यसको नेतृत्वमा कानुन व्यवसायी पृष्ठभूमिका महिलाको प्रतिनिधित्व भएको खण्डमा अझै सहज हुने धारणा व्यक्त गर्नुभयो । 

यसैबीच आजै यहाँ तेह्रथुम सरोकार समाजले आयोजना गरेको कार्यक्रममा उपसभामुख डा तुम्बाहाम्फेले संविधान कार्यान्वयनमा सहयोगी हुन आग्रह गर्नुभयो । 

‘‘सामाजिक सङ्घसंस्थाले संविधान कार्यान्वयनमा सहयोग गर्न सक्छन्,’’ उहाँले भन्नुभयो, ‘‘तपाईंहरुले पनि आफ्नो ठाउँबाट सहयोग गर्नुहोस् ।’’ 

कार्यक्रममा उपसभामुख डा तुम्बाहाम्फेसहित कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, प्रतिनिधिसभाका सदस्यद्वय डा विजय सुब्बा र भवानी खापुङ तथा प्रदेशसभाका सदस्यद्वय लक्ष्मण तिवारी र तेजमान कन्दङ्वालाई सम्मान गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x