×

NMB BANK
NIC ASIA

सबै व्यवसायी करको दायरामा आउनुपर्छ : अर्थमन्त्री

असोज ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडाैं-अर्थमन्त्री डा युवराज खतिवडाले सानाठूला सबै व्यवसायी करको दायरामा आउनुपर्ने बताउनुभएको छ । 

Muktinath Bank

नेपाल खुद्रा व्यपार सङ्घको ३९औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सबै व्यवसायीले इमान्दारितापूर्वक व्यवसाय गर्नुपर्छ, सरकार त्यसका लागि कडारुपमा उभिएको छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबै नागरिक करको दायरामा आउनुपर्ने प्रष्ट पार्दै अर्थमन्त्री खतिवडाले जनताले तिरेको करबाटै सबै नागरिकलाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराइने बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा वितरण गर्न बजेट चाहिन्छ, कर उठाएर मुलुकको विकास गर्ने हो । केही रुकम सामाजिक सुरक्षामा खर्च गर्ने हो ।” 


Advertisment
Nabil box
Kumari

करको दायरालाई फराकिलो बनाएर व्यवस्थित गर्दै लैजाने उल्लेख गर्दै उहाँले दोहोरो कर लगाउने सरकारको नीति नभएको प्रष्ट्याउनुभयो । अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “कर विभिन्न चरणमा लाग्छ, कर उठाउने ठाउँ एउटा हुन्छ । त्यसरी उठेको मूल्य अभिवृद्धि कर वा अन्तःशुल्क सङ्घ, प्रदेश र स्थानीय तहमा वितरण हुन्छ । कहीँकतै दोहोरो कर लागेका भए फिर्ता हुन्छ ।” 

Vianet communication
Laxmi Bank

प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले खुद्रा पसल अत्यन्त अव्यवस्थित ढङ्गबाट सञ्चालन हुँदा बेथिति देखिएको उल्लेख गर्दै निश्चित मापदण्ड तोकी व्यवस्थितरुपमा पसल सञ्चालन गर्नुपर्ने बताउनुभयो । खुद्रा व्यापारीले परिवर्तनलाई आत्मसात गर्नुपर्नेमा जोड दिँदै उहाँले परिवर्तित कानूनअनुसार व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । 

वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडबाडको समयमा उपभोक्ता ठगिनसक्नेतर्फ ध्यान दिँदै विभागले बजार अनुगमनलाई तीव्रता दिएको बताउनुभयो । उहाँले वाणिज्य क्षेत्रको व्यवसायलाई पनि वर्गीकरण गर्ने तयारीमा विभाग लागेको जानकारी दिनुभयो । 

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले खुद्रा व्यापारीले गर्ने कारोबारको सीमा ‘थ्रेस होल्ड’ रु ५० लाखबाट एक करोड बनाए मात्र व्यापारीले निर्धक्कसँग व्यवसाय गर्न सक्ने बताउनुभयो । मुलुकको व्यापार घाटा निकै डरलाग्दो रहेको बताउँदै उहाँले सबै खुद्रा व्यापारी मिलेर उत्पादन शुरु गर्न सुझाव दिनुभयो । 

सङ्घका अध्यक्ष पवित्र बज्रचार्यले ठूला व्यापारीले न्यून दरको बिलविजक जारी गर्दा खुद्रा व्यापारीले वास्तविक मूल्यको विजक जारी गर्न नसकेको बताउनुभयो । उपभोक्ता हितसँग सम्बन्धित ऐन, कानून बनाउँदा आफूहरुसँग कुनै छलफल नगरिएकामा असन्तुष्टि व्यक्त गर्दै उहाँले मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ ले खुद्रा व्यापारीलाई सधैँ त्रासको वातावरण सिर्जना गरेको बताउनुभयो । 

कार्यक्रममा गतवर्षको एसइई परीक्षामा उत्कृष्ठ अङ्क प्राप्त गर्ने खुद्रा व्यापारीका तीन सन्ततिलाई सम्मान गरिएको थियो । सङ्घमा करीब एक हजार ६०० व्यापारी आबद्ध रहेका छन् । 

यसैबीच सङ्घको साधारणसभाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको अध्यक्षमा राजकुमार श्रेष्ठ, उपाध्यक्षमा रामकृष्ण मानन्धर, महासचिवमा अमुलकाजी तुलाधर, सचिवमा रज्जु मास्के (राजु), कोषाध्यक्षमा नरेश शाही र सहकोषध्यक्षमा वसन्त श्रेष्ठ चयन हुनुभएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x