असोज ६, २०७५
असोज ६, २०७५ मा प्रकाशित
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिनुभएको छ ।
प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोक्नुभएको हो । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ ।
ADVERTISEMENT
राष्ट्रपतिले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
थप समाचार
- काजी कालु पाण्डेको समाधी स्थल नेपालीको तिर्थस्थलः प्रम ओली
- नेकपाका शीर्ष नेताहरु किन पुगे धनगढी ?
- नेकपा पार्टी एकता : केन्द्रमा निर्णय गर्न सकस, महासचिवको गृहजिल्लामा ‘चमत्कार’
- काज मिलाएर काठमाडौंमै रमाउने सचिवबाट मन्त्री दिक्क, सेवाग्राही मारमा
- पशुपति शर्माको गीतबारे प्रधानमन्त्रीले मुख खोले- गरी खाएर काम लाग्दैन, लुटेर खा भाइ, लुट !
- संविधान संशोधनको माग दोहोर्याउँदै राजपाले भन्यो- हामीलाई उच्छृङ्खल बन्न बाध्य नपारियोस्
प्रतिक्रिया दिनुहोस