×

NMB BANK
NIC ASIA

दशैंको टिकट खुलाउन १० प्रतिशत भाडा वृद्धि, दूतावासबाटै मानव तस्करी

असोज ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाउने निर्णय गरेको छ । यातायात व्यवसायीको माग पूरा गर्न भन्दै सरकारले दशैंको मुखमा १० प्रतिशत भाडा बढाउने निर्णय गरेको हो । 

Muktinath Bank

शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा यातायात व्यवसायीसँग भएको वार्तामा इन्धनमा भएको मूल्यवृद्धिलाई आधार मानेर १० प्रतिशत भाडा बढाउने सहमति भएको भएको मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए । मन्त्रालयमा  यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ता प्रतिनिधि, र सुरक्षा निकायका प्रतिनिधिसहितको बैठक बसेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि भाडा बढाउनुपर्ने लगायतका माग राख्दै यातायात व्यवसायीले शुक्रबारदेखि दशैंको लागि अग्रिम टिकट बुकिङ गर्न अस्वीकार गरेका थिए । यो सहमतिसँगै अग्रिम टिकट बुकिङ गर्न व्यवसायी सहमत भएका छन् । बढेको भाडादर आइतबारदेखि नै लागू हुनेगरी यातायात व्यवस्था विभागले सिफारिस गर्ने दुई पक्षबीच सहमति भएको हो ।


Advertisment
Nabil box
Kumari

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार बेलुका अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाइ गरे । 

Vianet communication
Laxmi Bank

संयुक्त राष्ट्र सङ्घको महासभालाई प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार सम्बोधन गर्नुहुनेछ । ७३औँ महासभा आगामी मङ्गलबारदेखि आरम्भ हुँदैछ । महासभाले यस वर्षका लागि ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित, शान्ति र न्यायपूर्ण एवं दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी (संस्था) बनाउने’ नारा तय गरेको छ । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुनेछ ।

दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुने ‘नेल्सन मन्डेला शान्ति शिखर बैठक’लाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री ओली तथा श्रीमती राधिका शाक्य सहभागी हुनुहुनेछ ।

न्यूयोर्कस्थित एसिया सोसाइटीमा ‘शान्ति, प्रजातन्त्र तथा विकास’सम्बन्धी विषयमा प्रवचन दिनुहुनेछ । अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।     न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले स्विट्जरल्याण्डका राष्ट्रपति एलेन बर्सेट र क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग भेटवार्ता गर्नुहुनेछ ।  प्रधानमन्त्री ओली असोज १३ गते न्यूयोर्कबाट कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा सानहोजेतर्फ प्रस्थान गर्नुहुनेछ । कोस्टारिकाको भ्रमण पूरा गरी प्रधानमन्त्री ओली यही असोज १८ गते स्वदेश फर्कनुहुनेछ ।

नेपाली दूतावासबाटै मानव तस्करी
ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा यूएई लैजाने धन्दामा नेपाली दूतावाससमेत सामेल भएको पाइएको छ । अनुसन्धानमा सयौं यस्ता डकुमेन्ट भेटिएका छन्, जसमा प्रविधिको प्रयोग गरी भिजिट भिसालाई रोजगार भिसा बनाइएको छ । र, त्यसमा दूतावासले साथ दिएको छ ।

दुबईस्थित फाल्कोन फोर्स प्रोपर्टी गार्ड एन्ड सर्भिलिएन्स एलएलसीले यूएई ल्याएका केही व्यक्तिलाई हेरौं । उसले सेप्टेम्बर २०१७ देखि फेब्रुअरी २०१८ सम्म २ सय ७१ नेपाली यही विधिबाट ल्यायो । उसले ल्याउन चाहेका नेपालीको ३० दिने भिजिट भिसा निकाल्यो । त्यसलाई नक्कली रोजगार भिसा बनाई नेपाली दूतावासबाट प्रमाणित गरायो । 

दूतावासले चाहेको भए निःशुल्क डाउनलोड गर्न सकिने ‘जीडीआरएफए दुबई’ नामक एप्सबाटै यसको परीक्षण गर्न सक्थ्यो । अनलाइन परीक्षण गर्ने यस्ता धेरै विधि छन्, जसले भिसा कस्तो हो भन्ने प्रस्ट देखाउँछन् । जीडीआरएफए दुबई र अन्य सफ्टवेयर प्रयोग गरी हेर्दा सयौं संख्यामा टुरिस्ट भिसा निकालेर नक्कली रोजगार भिसा बनाएको पाइएको छ ।

यसरी फसाइने नेपालीबाट पैसा भने प्रतिव्यक्ति ३ लाख रूपैयाँँभन्दा बढी लिइने गरिएको छ । त्यसको भागबन्डा वैदेशिक रोजगार र अध्यागमन विभाग हुँदै नेपाली दूतावाससम्म आइपुग्ने गरेको कागज उपलब्ध गराउने स्रोतले जनायो । सेटिङमा हुने मानव तस्करीको यो उपल्लो तरिका हो ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

लोकतन्त्रको पक्षपोषणमा प्रेसको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी 
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको ४९औँ वार्षिकोत्सव समारोहलाई शनिबार राष्ट्रपति कार्यालयमा नै सम्बोधन गर्दै उहाँले लोकतन्त्रको सम्वद्र्धन र रक्षाका लागि प्रेस जगतले उल्लेखनीय योगदान गरेको बताउनुभयो । 

उहाँले शीघ्र सूचना सम्पेषण गर्ने चाहनामा गलत समाचार तथा सूचना सम्प्रेषण हुन सक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । 

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रम पोखरेललाई 
राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिनुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोक्नुभएको हो । 

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपतिले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । 

कांग्रेसको विधान मस्यौदा सातै प्रदेशमा लगिने
नेपाली कांग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ । सोमबारदेखि असोज १२ गतेसम्म सात प्रदेशका १२ स्थानमा पुगी समितिका सदस्यले सुझाव सङ्कलन गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

इलाम, विराटनगर, जनकपुर, वीरगञ्ज, ललितपुर, धुलिखेल, पोखरा, बाग्लुङ, भैरहवा, घोराही, वीरेन्द्रनगर र धनगढीमा सुझाव सङ्कलनको कार्यक्रम राखिएको समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले बताए । सुझाव सङ्कलनमा जिल्ला सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्य, भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुख सहभागी हुनेछन् । आएका सुझाव सङ्कलन गरी तिहारअघि नै मस्यौदालाई अन्तिम रूप दिइनेछ । 

सिमेन्ट बिक्री गर्नेमाथि कारवाही गर्न निर्देशन
खानेपानी मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजना निर्माणका लागि ल्याइएको सिमेन्ट बिक्री गरिएको घटनामा संलग्नलाई कारवाही गर्न निर्देशन दिएकी छन् ।     मन्त्री मगरले विज्ञप्ति जारी गरी अब उप्रान्त यस्तो घटना दोहोरिन नदिन तथा आयोजना निर्माणको कार्य समयम नै सम्पन्न गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् । 

मेलम्ची खानेपानी आयोजनाको अम्बाथान–हेलम्बु सुरुङको बाँध निर्माणका लागि ल्याइएको ३४० बोरा सिमेन्ट आयोजनाको कर्मचारीको मिलेमतोमा निजी पसलमा बिक्री गरिएको पाइएको थियो । 

कर्मीमौरी जस्तो बन्न कार्यकर्तालाई आग्रह
प्रतिक्रियावादीविरुद्ध अरिंगालजस्तो गरी हमला गर्न निर्देशन दिएर आलोचना खेपेका प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कर्मीमौरीजस्तो एकजुट भएर देशको हितमा काम गर्न नेता–कार्यकर्तालाई आग्रह गर्नु भएको छ । वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा शनिबार नेकपाको केन्द्र्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्ना स्वार्थ त्यागेर देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनको चरण पूरा भएकाले अब साना कुरामा अल्मलिएर नभई कर्मी मौरीझैँ लागेर समृद्धिको दायित्व पूरा गर्न सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट एकताले समृद्धि र समाजवादको यात्रालाई सहज बनाएको बताउनु भयो । यस्तै नेकपाका बरिष्ठ नेता झलनाथ खनालले राणा शासन हुँदै पञ्चायतविरोधी आन्दोलनमा नेत्री प्रधानको स्थान महत्वपूर्ण रहेको जनाउँदै प्रधानले संविधानसभाको निर्वाचन, लोकतान्त्रिक संविधान निर्माणमा समेत प्रेरणादायी भूमिका निर्वाह गर्नुभएको बताउनुभयो । 

शहीद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा एनआरटी र त्रिभुवन आर्मी भिड्ने

यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा खेलाडी दर्ता गरेका छन् । एन्फाले दिएको शुक्रबारसम्मको समयसीमाभित्र ‘ए’ डिभिजनका १४ क्लबले न्यूनतम १८ देखि अधिकतम ३५ खेलाडी एन्फामा दर्ता गराएका छन् । 

एन्फाले यसै वर्षदेखि खेलाडी दर्ताको प्रावधान ल्याएको हो । सहभागी १४ मध्ये १२ क्लबले अनलाइनसहित हाडकपीसमेत एन्फामा बुझाएका छन् भने फ्रेण्ड्स क्लब र मनाङ मस्र्याङ्दीले अनलाइनबाट मात्र नाम दर्ता गराएका छन् । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्यूरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मर्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जाउलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् । राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x