×

NMB BANK
NIC ASIA

न्युयोर्कमा नेपाललाई ‘मौका’

असोज ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडाैं- प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन जाने तयारीबीच संविधान दिवस समारोहमा टुँडिखेलबाट भनेका थिए, ‘नेपाल अब अधिकारका नाममा गिनी पिग बन्ने दिन गयो ।’
विदेशीहरूले अधिकारको नाममा प्रयोगशाला बनाउन खोजेको भन्दै आएका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायमा असन्तोषको सञ्चार गर्नुको साटो नेपालका उपलब्धिको प्रतिनिधित्व गर्नुपर्ने राष्ट्रसंघीय जानिफकारले बताएका छन् । 

Muktinath Bank

‘मानव अधिकारका क्षेत्रमा नेपालको छवि अन्तर्राष्ट्रिय तहमा नराम्रो छैन, द्वन्द्वको समाधान आफैं खोजेको अनि नयाँ संविधानका साथ शान्तिपूर्ण चुनाव गराएर देशमा स्थिरता ल्याएका कारण नेपालको मूल्यांकन राष्ट्रसंघले पनि राम्रो गरेको छ,’ बिदामा काठमाडौं आइपुगेका जिम्बावेका लागि संयुक्त राष्ट्रसंघीय विकास कोष (यूएनडीपी) का आवासीय प्रतिनिधि विश्व पराजुलीले शनिबार भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘त्यसमाथि यसै साता नेपालले मौलिक हक कार्यान्वयन गर्ने १६ वटा कानुन पारित गरेको छ । यो उपलब्धि सानो होइन । प्रधानमन्त्रीले नेपालले शान्ति र मानव अधिकारका क्षेत्रमा गरेको प्रगतिलाई अन्तर्राष्ट्रिय रूपमा थाहा दिन न्युयोर्क सम्मेलन ठूलो उपलब्धि हो,’ उनी भन्छन् । नेपाल राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्यसमेत भएकाले विश्वमा शान्ति र मानव अधिकार प्रवद्र्धनमा आफ्नो अनुभवका साथ बलियो भएर उभिन सक्ने अवस्था तयार भएकाले नेपालले यो मौका सदुपयोग गर्नुपर्ने उनी बताउँछन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएकाे छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x