कात्तिक २८, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
भद्रपुर-समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला । दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोल पुगेपछि पत्याउनैपर्ने हुन्छ, किनकि त्यहाँका ५० परिवार अझै पनि एउटै इनारको पानीमा निर्भर छन् । स्थानीय गोपालप्रसाद गनगाईले टोलवासीले ४७ वर्ष पुरानो इनारबाट पानीको आवश्यकता पूरा गरिरहेको बताउनुभयो ।
टोलमा बसोबास गर्ने अधिकांश स्थानीय आदिवासी समुदाय गनगाई रहेका छन् । उनीहरूले पिउने, लुगा धुने, नुहाउने र गाईबस्तुलाई खुवाउनका लागि त्यही एउटा इनारको पानी प्रयोग गरिरहेका छन् । त्यसो त टोलमा पानीको अन्य स्रोतका लागि ट्युबवेल गाड्न नखोजिएको होइन । सय फिट गहिरो खन्दासमेत पिउनयोग्य पानी ननिस्किएपछि इनारको विकल्प नभएको स्थानीयवासी श्यामनारायण गनगाई बताउनुहुन्छ ।
यहाँको ट्युबवेलबाट आउने पानीमा अत्यधिक आर्सेनिक पाइने भएकाले पिउनयोग्य मानिएको छैन । “सय फिट ट्युबवेल गाड्दा पनि राम्रो पानी नआएपछि इनारको विकल्प रहेन”, श्यामनारायण भन्नुहुन्छ, “पानीको समस्याका कारण बस्ती नै छाड्ने बाध्यता आइसक्यो ।”
स्थानीय हुलाक कार्यालयका कर्मचारीसमेत रहेका गोपालप्रसाद गनगाई सो इनारको निर्माण विसं २०२८ तिर भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रा हजुरबुबाले पनि सोही इनारको पानी खाएका थिए ।”
सो वडाका वडाध्यक्ष विजयसिंह गनगाईले टोलमा पानीको चर्को समस्याबारे यसअघिका जनप्रतिनिधि जानकार भए पनि अहिलेसम्म कुनै समाधान ननिकालेको तर अब आफूहरु शुद्ध पानीको स्रोत खोज्नमा लागिसकेको बताउनुहुन्छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...