×

NMB BANK
NIC ASIA

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन गर्न प्रदेश सरकारले समन्वय गर्ने

असोज ७, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

बागलुङ-  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बडिगाड खोला थुन्ने गरी गत भदौ २९ गते तुरतुरेमा गएको पहिरो निरीक्षण गर्नुभएको छ । उहाँले बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा गएको सो पहिरो नियन्त्रण, ताल व्यवस्थापन र अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग चालु गर्न प्रदेश सरकारले पहल र समन्वय गर्ने बताउनुभयो ।

Muktinath Bank

“प्राविधिक विषय भएकाले विज्ञको सुझावअनुसार अघि बढ्ने जानकारी दिँदै उहाँले नेपाली सेना र सडक विभागले पहिरोको स्थिति अध्ययन गरिरहेकाले छिट्टै समाधान निस्कने उहाँको भनाइ थियो । मध्यरातमा गएको पहिरोले बडिगाड खोला थुनिँदा करीब एक किमी क्षेत्रमा कृत्रिम ताल बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्काललाई जोखिम टरे पनि स्थानीयवासीमा भने त्रास कायमै छ । ताल भरिएर माथिबाट खोला बगेपछि ताल फुट्छ कि भन्ने चिन्ता छ । ताल पहिरो गएको ठाउँ तुरेतरेदेखि, सिमलचौर हुँदै ढोरपाटन नगरपालिकाको खल्टुबोटसम्म फैलिएको छ । 

नेपाली सेना र सडक विभागको विज्ञ समूहले पहिरो र तालको प्राविधिक अध्ययन गरिसकेको छ । शनिबार पुगेको नेपाली सेनाको प्राविधिक टोलीले तत्काल ताल फुटाउँदा तल्लो तटीय क्षेत्रका बस्तीमा क्षति पुग्न सक्ने निष्कर्ष निकालेको छ । प्राविधिक अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाइने र निर्देशनअनुसार अघि बढ्ने नेपाली सेनाले जनाएको छ । 

बडिडाड थुनिएपछि पश्चिम बागलुङ र गुल्मी जिल्लाका तटीय बस्तीमा त्रास छाएको थियो । बागलुङको सिमलचौरका केही घरगोठसमेत डुबानमा परेका थिए । सोही पहिरोका कारण अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अझै खुल्न सकेको छैन । लोकमार्ग निर्माणकर्ताले उक्त मार्ग चालु गर्न अझै केही समय लाग्ने जनाएको छ । 

पहिरोका कारण पश्चिम बागलुङका तीन स्थानीय तहमा राष्ट्रिय सडक सञ्जाल टुटेको छ । पहिरो गएको ठाउँमा मानिस जोखिम मोलेर पैदल हिँडन् बाध्य छन् । स्थानीय तहले लोकमार्ग नखुल्दासम्म वैकल्पिक सडक सञ्चालनको तयारी गरेका छन् । पहिरो गएको तुरतरे क्षेत्रमा हिँडडुल नगर्न स्थानीय प्रशासनले सर्वसाधारणलाई सचेत गराएको छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x