×

NMB BANK
NIC ASIA

नेकपाका सांसद भन्छन्- भेडा जस्तो होइन अरिङ्गाल जस्तो पार्टी बनाउँछौं, आइलाग्नेलाई जाइलाग्ने

असोज ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेकपाका सांसद रामनारायण बिडारीले संविधानलाई जलाउने, ढुंगाले हान्नेविरुद्ध जनता अरिङ्गाल भएर जाइलाग्ने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रियसभाको आइतवारको बैठकमा बोल्दै सांसद बिडारीले संविधानमाथिको हमला स्वीकार्य नहुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'संविधानलाई ढुंगाले हान्ने, आगो लगाउने, झुठा कुरा गर्ने र जनताको मनभित्र छिर्ने काम भयो भने अरिङ्गाल भएर आउँछन्,' सांसद बिडारीले भने– 'अरिङ्गाल त्यस्तो चिज हो उसलाई ढुंगाले हान्यो भने एकैचोटि हमला गर्छ ।'


Advertisment
Nabil box
Kumari

उनले भेडाको प्रसंग पनि ल्याए । 'अर्को एउटा पशु पनि छ, भेडो । भेडाको खुट्टा च्वाट्ट काट्दिनुस्, कराउँदैन । उफ्रिन्छ, छटपटिन्छ तर कराउँदैन । अगाडि एउटा लौरो तेर्स्यायो भने भेडो बुर्लुक्क उफ्रिएर लौरो नाघेर जान्छ । अनि लौरो थुतिदियो भने त्यो भन्दा पछाडिको भेडो पनि त्यसैगरी उफ्रिएर जान्छ, तर त्यहाँ लौरो हुँदैन,' बिडारीले भने – 'हामी त्यस्तो (भेडाजस्तो) पार्टी बनाउन चाहँदैनौं । हामी अरिङ्गाल जस्तो, मौरी जस्तो पार्टी बनाउन चाहन्छौं । आइलाग्नेलाई जाइलाग्ने नीति निर्माणका कुरा हामीले गर्ने हो ।'

Vianet communication
Laxmi Bank

साथै उनले न्यायपालिकालाई स्वतन्त्र र स्वच्छ पार्न सत्तापक्ष र प्रतिपक्ष दुवैको दायित्व भएको पनि बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x