×

NMB BANK
NIC ASIA

चीनमा मोटोपना र उच्च रक्तचापको अवस्थामा उच्च वृद्धि, सूर्ती सेवनकै कारण वर्षेनी १० लाखभन्दा बढीको मृत्यु

असोज ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पेरिस-विश्वका आधाभन्दा बढी मुलुकले सन् २०३० सम्ममा दिर्घरोगबाट हुने मृत्युलाई एक तिहाइले कमी ल्याउने राष्ट्रसङ्घीय लक्ष्य पूरा गर्ने सम्भावना नदेखिएको अनुसन्धाताहरुले बताएका छन् । 

अर्बुध रोग, मुटुरोग, मधुमेह र जटिल किसिमका श्वासप्रश्वास रोगहरुबाट सन् २०१६ मा मात्र ३० देखि ७० वर्ष उमेरका एक करोड २५ लाख जनाको मृत्यु भएको थियो । 

“धेरै प्रतिबद्धता व्यक्त गरिए, तर अधिकांश मुलुकले त्यो लक्ष्य पूरा गर्ने छाँट देखिँदैन,” पब्लिक हेल्थ स्कुल लन्डनका प्राध्यापक एवं अनुसन्धानका मुख्य लेखक माजिद इज्जाटीले बताउनुभयो । 

सन् २०१५ मा जारी राष्ट्रसङ्घीय दिगो विकासको लक्ष्य ३.४ पूरा गर्नेतर्फ सही मार्गमा रहेका मुलुकहरु केबल ३५ वटा छन् । 

“विदेशी दाता र सरकारहरुले नसर्ने रोगहरुबाट हुने मृत्युलाई न्यून गर्नेतर्फ ज्यादै कम मात्र ध्यान दिएका छन्,” इज्जाटीले भन्नुभयो । “तैपनि राम्रो समाचार के छ भने अधिकांश मुलुकहरु कमसेकम सही दिशातर्फ अग्रसर भइरहेका छन् ।” 

तर करिब २० वटा मुलुक ज्यादै पछि परेका छन् वा अरु खस्केको अवस्थामा छन् । 

धनी राष्ट्रले पनि राम्रो गर्न सकेका छैनन् । संयुक्तराज्य अमेरिकाको नसर्ने रोगको उपचारमा पर्याप्त प्रगति हुन सकेको छैन । 

गत वर्ष निकै चर्चामा रहेको अमेरिकन जर्नल अफ पब्लिक हेल्थले अल्पायूमै हुने मृत्यु खासगरी गोरा, ग्रामीण क्षेत्रका अमेरिकीमा बढी देखिएको उल्लेख गरेको थियो । “कमजोर जनस्वास्थ्य, कमजोर स्वास्थ्य स्याहार प्रणाली, उच्च असमानताले समस्यालाई अझ विकराल बनाउँछ,” इज्जाटीले भन्नुभयो । 

विश्वमा हरेक वर्ष नसर्ने किसिमका रोगबाट सबै उमेर समूहका चार करोडभन्दा बढी मानिसको मृत्यु हुने गर्दछ । मृत्यु हुने दश जनामध्ये सात जनाको मृत्युको कारण नै यिनै नसर्ने रोगहरु हुन् । 

यीमध्ये पनि करिब एक करोड ७० लाखको मृत्यु “अल्पायू”मा हुने गर्दछ, अर्थात् ७० वर्ष पुग्नुअगावै । “हामीहरु निद्रामै हिँडिरहेका छौं, र नसर्ने रोगका सम्बन्धमा खासै प्रगति हुन सकेको छैन,” एनसीडी एलायन्सकी क्याटी डेनले बताउनुभयो । 

न्यूयोर्कमा अर्को साता हुन लागेको राष्ट्रसङ्घीय उच्चस्तरीय बैठकको पूर्वसन्ध्यामा ल्यान्सेटमा प्रकाशित “एनसीडी काउन्टडाउन २०३०” प्रतिवेदनले सरकार र दातृ निकायहरुलाई जवाफदेही बनाउन मद्दत गर्ने क्याटीले जानकारी दिनुभयो । 

इज्जाटीले राष्ट्रसङ्घीय लक्ष्य नै ज्यादै बढी राखिएको भन्ने भनाइ अस्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “विश्वका ३० वटा मुलुक त सही मार्गमा छन्, र अर्को ४० वा ५० वटा मुलुक लक्ष्यको निकै नजिक छन् ।” 

न्यून रक्तचाप, राम्रो स्वास्थ्य उपचार सेवा, असमानताको स्तरमा न्यूनता, सूर्ती सेवनमा कमी जस्ता केही सूचकमा राष्ट्रसङ्घीय लक्ष्य अनुरुप मुलुकहरुले पर्याप्त काम गर्न नसकेको अवस्थामा नसर्ने रोगबाट हुने मृत्युमा कमी ल्याउन कठिन हुन्छ, उहाँले भन्नुभयो । 

चारवटा मुलुकहरु –– दक्षिण कोरिया जापान, स्वीट्जरल्यान्ड र अस्ट्रेलिया –– ले मात्र पुरुष र महिला दुबैमा एनसीडी (नसर्ने रोग) मृत्युदरमा सबैभन्दा कमी ल्याएका छन् । 

स्पेन, सिंगापुर, पोर्चुगल, इटाली, फिनल्यान्ड र फ्रान्सले महिलाको स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याएका छन् । पुरुषहरुका हकमा भने आइसल्यान्ड, स्वीडेन, नर्वे, बहराइन, क्यानडा र न्यूजील्यान्डले राम्रो प्रगति गरेका छन् । संयुक्तराज्य अमेरिका पुरुषतर्फ ५३औं र महिलातर्फ ४४औं स्थानमा छ । चीनमा महिला र पुरुष क्रमशः ८०औं र ७६औं स्थानमा छन् । 

चीनले लक्ष्य भेट्टाउने सम्भावना देखिन्न तर यसको एनसीडी दरमा कमी आइरहेको छ । तथापी, चीनमा मोटोपना र उच्च रक्तचापको अवस्थामा उच्च वृद्धि हुन थालेकोअध्ययनले देखाएको छ । 

चीनमा सूर्ती सेवनमा विगतको तुलनामा वृद्धि भएको छैन । चीनमा हरेक वर्ष सूर्ती सेवनकै कारण १० लाखभन्दा बढीको ज्यान गइरहेको छ । “चीनमा मदिरा र सूर्ती उद्योगहरु सरकारी नियन्त्रणमा रहेकाले यी दुबैको उत्पादन र वितरणमा नियन्त्रणात्मक उपाय अवलम्बन गरेमा चीनले जनस्वास्थ्यका क्षेत्रमा ठूलो फड्को मार्न सक्दछ,” इज्जाटीले भन्नुभयो । 

उप–सहारा अफ्रिकी मुलुकहरुमा नसर्ने रोगहरुबाट मृत्यु हुनेको संख्या कमै देखिएको छ । तर यहाँ एड्स र क्षयरोगजस्ता सङ्क्रामक रोगले धेरैको ज्यान लिने गरेको छ । 

इज्जाटीले भन्नुभयो, “हामीले दातृ निकायलाई भन्नुपर्ने एउटै कुरा छ ः एउटा एउटा रोगमा केन्द्रित हुने होइन समग्र स्वास्थ्य प्रणालीमा ध्यान दिनुहोस् ।” , रासस/एएफपी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x