पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
विराटनगर – विराटनगर महानगरपालिका– १८ बुधनगर जाने बाटोनजिकै हिमपाइपमा टाउको कुहिसकेको र शरीर कुहिँदैगरेको अवस्थामा एउटा शव फेला परेको छ । टाउकोको कंकालमात्रै भेटिएको छ भने शरीरमा किरा लागेको छ ।
जिल्ला प्रहरी कार्यलय मोरङ र इलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरी टोलीले आइतवार बिहान करीब १ घण्टाको प्रयासमा जेसीबीको प्रयोग गरी कंकाल हिमपाइपबाट निकालेको हो । शवको प्रकृति हेर्दा अन्दाजी २५ – ३० वर्ष उमेरको पुरुषको शव हुन सक्ने प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पतालको शवगृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रवक्ता डीएसपी निशान थापाले जानकारी दिए ।
यसअघि विराटनगर १४ जतुवामा एक युवतीको शव फेला परेको थियो । हत्या गरी फालिएको अवस्थामा फेला परेको शवको अझै पनि पहिचान भएको छैन ।
शव भेटिएका पुरुषको बारेमा पनि प्रहरीले केही बोलेको छैन । एकपछि अर्को शव फालिएको अवस्थामा भेटिँदै जानु र प्रहरीले शव भेटिएका व्यक्तिको पहिचान गर्न नसक्नुले घटना थप रहस्यमय बन्दै जान थालेको छ ।
यसअघि भेटिएकी युवतीको शव र यी पुरुषको शवको दूरी नजिकै छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...