आगामी २१ गतेदेखि दशैंका लागि नयाँ नोट

असोज ७, २०७५

काठमाडौं ।
नेपाल राष्ट्र बैंकले यो वर्षको दशैंका लागि आगामी २१ गतेबाट नयाँ नोट वितरण गर्ने भएको छ । प्रतिव्यक्ति २७ हजारका दरले यो वर्ष १३ अर्ब बराबर नयाँ नोट बितरण गरिनेछ । सर्वसाधारणले राष्ट्र बैंकका कार्यालयबाट नयाँ नोट साटिने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । 


नोट व्यवस्थापनका आगामी १२ गतेदेखि बैंकहरुलाई नयाँ नोट वितरण गरिन लागेको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी १२ गतेदेखि नै बैंकहरुलाई वितरण गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

असोज ७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार