यी हुन् ५ स्टार छोरी, जसले पाए बलिउडमा सफलता

असोज ७, २०७५

नयाँ दिल्ली–बलिउड अभिनेत्री आलिया महेश भट्टकी छोरी हुन् । यस्तै शत्रुघ्न सिन्हाकी छोरी हुन् सोनाक्षी । उनीहरुले आफ्नो अभिनयले दर्शकको मन जित्दै स्टार छोरी बन्न सफल भएका छन् । 
आज हामी बलिउडका  ५ छोरीहरुका बारेमा चर्चा गर्दै छौं जो अभिभावकको कलाकारिताको फेरो समाउँदै बलिउडमा स्टार बन्न सफल भएका छन् । 
आलिया भट्ट
बलिउड निर्देशक महेश भट्टकी छोरी आलियाको पहिलो फिल्म ‘स्टुडेन्ट आफ द इयर’ थियो । पहिलो फिल्ममै आफ्नो सानदार अभिनयले उनले बलिउडमा आफ्नो पहिचान दिलाउन सफल भइन् । 
आलियाले आफ्नो आलियाले आफ्नो छोरी करियरमै यस्तो दर्शकको मन छुने काम गरिन् कि उनले फ्यान फलोइङ ह्वात्तै बढ्यो । उनी अहिले बलिउडकी एक चर्चित नायिका बन्न सफल भइसकेकी छिन् ।  उनले राजी बद्रनाथकी दुल्हिनयाँ, २ स्टेट्स, डियर जीन्दगी, उडता पन्जाव, हाइवेलगायतका फिल्ममा काम गरिसकेकी छिन् । 
सोनाक्षी सिन्हा
अभिनेता शत्रुघ्न सिन्हाकी छोरी सोनाक्षीले सलमान खानको फिल्म दबंगबाट आफ्नो फिल्मी करियर  सुरु गरेकी थिइन् । 
उनले राउडी राठौर, सन अफ सरकार, दबंग २, वन्स उपन अ टाइम इन मुम्बई दोबारा, बोसलगायतका फिल्ममा काम गरिसकेका छिन् । उनले आफ्नो दमदार अभिनयले बलिउडमा पहिचान दिलाई सकेकी छिन् । 

करीना कपूर 
केही दिनअघिमात्रै ३८ वर्ष पूरा भएकी  करीना अभिनेता रणधीर कपूरकी छोरी हुन् । फिल्म रेफ्यूजीबाट आफ्नो बलिउड करीयर सुरु गरेकी उनले बिबाहपछि पनि फिल्मलाई निरन्तरता दिइरहेकी छिन् । उनले अहिले छोरा तैमूरलाई जन्म दिएकी छिन् ।  फिल्म दुनियाका चर्चित कपूर खानदानमा परम्परा यो थियो कि उनीअघि कोही महिलाले फिल्ममा काम गरेका थिएनन् । 
तर करीनाकी आमा बबिताले यसका बाबजुत पनि करीनासहित अर्की छोरी करिस्मालाई फिल्ममा लाग्न प्रोत्साहित गरिन् । यसका लागि उनले पतिलाई पनि मनाइछाडिन् । 
श्रद्धा कपूर
श्रद्धा बलिउड अभिनेता शक्ति कपूरकी छोरी हुन् । उनले सन् २०१० मा फिल्म तीन पत्तीबाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । 
सो फिल्ममा सह–नायिका रहेकी थिइन् भने अभिताभ बच्चन, बेन सिंगसले, आर माधवनजस्ता फिल्मका हस्तीले सो फिल्ममा काम गरेका थिए । यसपछि उनले लव का द एन्ड फिल्ममा काम  गरिन् । सो फिल्म बक्स अफिसमा सफल हुन नसकेपनि २०१३ मा आएको आशिकी २ बाट श्रद्दा एकाएक हिट हिरोइन बन्न सफल भइन् । 
सोनम कपूर
बलिउड अभिनेता अनिल कपूरकी छोरी सोनम बलिउडकी एक स्टाइलिस अभिनेत्रीको रुपमा परिचित छिन् । उनले आफ्नो अभिनयबाट बलिउडमा एक अलग पहिचान समेत दिलाउन सफल भएकी छिन् । सोनमले नीरजा नामक फिल्मको लागि राष्ट्रिय फिल्म पुरस्कार समेत प्राप्त गरेकी छिन् । 


ADVERTISEMENT

असोज ७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस