समाचारको लिंक सेयर गर्दा जसको गयो सरकारी जागिर

असोज ८, २०७५

जनकपुरधाम– सामाजिक सञ्जालमा समाचारको लिंक सेयर गरेको आरोपमा जिल्ला अदालत धनुषामा कार्यरत एक कर्मचारीको जागिर खोसिएको छ । 

संविधानविरोधी भावना व्यक्त भएको समाचारको लिंक सेयर गरेको आरोपमा डिठ्ठा पदमा करारमा कार्यरत गुञ्जा रायले सरकारी जागिरबाट हात धुनु परेको खबर आजको राजधानी दैनिकमा छापिएको छ । 


ADVERTISEMENT

गत असोज ३ गते संविधान दिवसको दिन आफूले संविधानविरोधी भावना व्यक्त गर्ने, ब्ल्याक आउको समर्थन गर्नेलगायतका पोस्ट सेयर गरेको उनले स्वीकार गरेकी छिन् ।  उनले लिंक सेयर गरेको आरोपमा जागिरबाट निकालिनु निरंकुशता भएको टिप्पणी गरेकी छिन् ।  
 

असोज ८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस