थप ८५ हजार रोजगारी दिन सकिने प्रस्ताव

असोज ८, २०७५

काठमाडौँ–सूचना प्रविधिको क्षेत्रमा रोजगारीका अवसरको अध्ययनका लागि गठित कार्यदलले सूचना प्रविधि (आईटी) र बिजनेस प्रोसेस आउट सोर्सिङ (बीपीओे) क्षेत्रमा ८५ हजारलाई रोजगारी दिन सकिने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रकाश दाहालको संयोजकत्वमा गठित कार्यदलले उक्त सुझावसहितको प्रतिवेदन आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट समक्ष बुझाएको हो । गत साउन ९ गते मन्त्रालयका सहसचिव दाहालको संयोजकत्वमा एक कार्यदल गठन भएको थियो । 
उक्त कार्यदलले सूचना प्रविधि र बिजनेस प्रोसेस आउट सोर्सिङ (आईटी र बीपीओ) को क्षेत्रमा रोजगारीका अवसरको अध्ययन गरी मन्त्री विष्ट समक्ष प्रतिवेदन पेस गरेको हो । 
प्रतिवेदनमा सूचना प्रविधिका क्षेत्रमा रोजगारी सिर्जना गर्ने सम्बन्धमा हालका नीतिगत तथा संस्थागत व्यवस्थाको अध्ययन, रोजगारी सिर्जनामा रहेका मुख्य समस्या, रोजगारीको सम्भावित अवसर र रोजगारी सिर्जनाका लागि सुझाव समेटिएको छ ।  गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।


ADVERTISEMENT

असोज ८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस