संघीय संसद्ले पायो पूर्णता

असोज ८, २०७५

काठमाडौं – संसदीय समितिको नेतृत्व चयन भएसँगै संघीय संसद्ले सात महिनापछि पूर्णता पाएको छ । संसदीय सुनुवाइ समितिमा लक्ष्मणलाल कर्ण र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा नीरादेवी जैरु आइतबार निर्विरोध निर्वाचित भएकी छन् ।

यी दुवै संघीय संसदको संयुक्त समिति हुन् । महाअभियोग समितिबाहेक अब सबै समितिसमेत गठन भइसकेका छन् । यो समिति आवश्यक पर्दा मात्रै गठन हुन्छ । प्रतिनिधिसभाको १० वटा र राष्ट्रिय सभाका ४ वटा विषयगत समितिको नेतृत्व यसअघि नै चयन भइसकेको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 


ADVERTISEMENT

असोज ८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस