×

NMB BANK
NIC ASIA

'वलात्कारी' बाबुले छोरीलाई भने– ‘मैले गल्ती गरेँ, फाँसी देउ’

असोज ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर-सुन्दा पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी (ए) बहादुरले ११ वर्षकी छोरी चापागाउँ (ग) कुमारीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि घटना बाहिरिएको छ ।
अाजकाे नेपालसमाचार पत्र दैनिक लेख्छ-अनुसन्धानपछि यो घटना सत्य सावित भएसँगै जिल्ला अदालतले बलात्कारी बाबुलाई २६ वर्ष कैद सजाय सुनायो । न्यायाधीश अवनी मैनालीको एकल इजलासले अन्तिम आदेश जारी गर्दै गएको सोमबार यस्तो फैसाला सुनाएको हो ।
उनले आफ्नी छोरीलाई गएको चैत १५ गते बेलुकी साढे ९ बजेदेखि २०७५ साउन १० गतेसम्म पटकपटक गर्भ निरोधको कुनै साधन प्रयोग नगरी करणी गरेका थिए ।

Muktinath Bank

बलात्कृत छोरीले आफूलाई डरत्रास देखाई ज्यानै मार्नेसम्मको धम्की दिई जबरजस्ती करणी गरेको अदालतमा बयान दिएको जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकृत रमेश भट्टराईले बताए ।
आफूलाई जबरजस्ती करणी गरेको र केही दिनपछि पेट बढेको तथा महिनावारी नभएको कुरा बुबालाई सुनाएको बयानका क्रममा अदालतमा दिएको बयान सम्झँदै सूचना अधिकृत भट्टराईले भन्नुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुबाले गर्भवती छ÷छैन भनी पिसाब जचाउन लगेको, पिसाब जाँचपछि आफ्नो छोरी आफैँबाट गर्भवती भएको उनले थाहा पाए । उनी गर्भवती रहेको कुरा थाहा पाएपछि बच्नका लागि अनौठो योजना उनले बनाए । ‘उनले तिम्रो पेटमा पानी भरिएकाले पेट ठूलो भएको रहेछ तिमीलाई अस्पताल लगी जँचाउनुपर्दछ’ भने ।


Advertisment
Nabil box
Kumari

उनले छोरीको गर्भमा रहेको बच्चा फाल्न चावहिलको सम्राट पोलिक्लिनिक एन्ड मेडिकल सेण्टर प्रालिमा लगेको प्रहरीको अनुसन्धानपछि खुल्न आयो । घटनाको अनुसन्धानमा महानगरीय प्रहरी वृत्त चापागाउँ जुटेको थियो । त्यस मेडिकलमा लगी आफूलाई बायाँ पाखुरामा एउटा सुई दिएको थाहा पाएकी र त्यसपछि के भयो थाहा नभएको उनले बयान दिइन् । उनले प्रहरी, सरकारी वकिलको कार्यालय र अदालतसम्म पनि एक शब्द पनि तलमाथि नगरी बयान दिइन् ।

Vianet communication
Laxmi Bank

उनले बयान दिँदै भनेकी थिइन्– ‘भोलिपल्ट म होसमा आउँदा मेरो योनीमा प्याड लगाएको र रगत बगिरहेको थियो, अहिलेसम्म मेरो पेट दुखिरहन्छ, राम्रोसँग हिँडडुल गर्नसमेत मिल्दैन ।’

उनकी आमा ३ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएकी थिइन् । आमा मलेसिया गएपछि उनी र बहिनी बुबासँगै डेरामा बस्न थाले । उनले आफ्ना बाबुले आफूमाथि यस्तो हर्कत गर्छन् भन्ने जीवनमा कहिल्यै पनि सोचेकी थिइनन् । जब छोरी आफैँबाट गर्भवती भएको थाहा पाए, त्यसपछि उनले विदेशमा रहेकी श्रीमतीसँग छोरीको अप्रेसन गर्नुपर्छ भन्दै ५० हजार पठाउन आग्रह गरे ।

विदेशबाट पठाएको त्यही पैसाले उनले छोरीको गर्भपतनसम्म गर्न सफल भए । आफ्नो छोरीको अप्रेसन गर्ने भन्ने कुरा सुनेर अत्तालिएकी आमा मलेसियाबाट श्रीमान्लाई थाहै नदिई नेपाल फर्किइन् । श्रीमतीलाई उनले छोरीलाई के रोग लागेको केही प्रस्ट पारेका थिएनन् । श्रीमती नेपाल फर्केको थाहा पाउनेबित्तिकै छोरीसहित बेपत्ता भए उनी ।

श्रीमती नेपाल फर्केपछि श्रीमान् र छोरी हराएको भन्दै प्रहरीमा जाहेरी दिँदै खोजिदिन आग्रह गरिन् । केही दिनमा प्रहरीले श्रीमान्सहित छोरी फेला पा¥यो । आमाले छोरीलाई भएको बिरामको विषयमा सोधपुछ गर्दा बुबाले आफूलाई गरेको हर्कत जस्ताको त्यस्तै नढाँटी सुनाइन् । त्यसपछि यो घटना सतहमा आयो । बाबुले पनि छोरीलाई बलात्कार गरेको स्वीकारे । उनले बयान दिँदा भनेका थिए– ‘मैले गल्ती गरेँ, मलाई जस्तो सजाय दिँदा पनि कमी हुन्छ, बरु फाँसी दिनुस् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x