×

NMB BANK
NIC ASIA

बस्ती बाक्लो हुँदै जाँदा पानीको अभाव, स्रोतका लागि सम्भाव्यता अध्ययन शुरु

असोज ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर- सबै नगरवासीलाई खानेपानी पुर्‍याउने उद्देश्यले गोदावरी नगरपालिकाले पानीका स्रोतमा सम्भाव्यता अध्ययन शुरु गरेको छ । पानीका स्रोतको प्रयोग बढाएर नगरवासीले भोग्दै आएको पानीको अभाव कम गर्ने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । यहाँ हिउँदमा पानीको समस्या बढ्ने गरेको छ ।

Muktinath Bank

चापागाउँ, डुकुछापमा डिप बोरिङ गर्ने योजना रहेको उहाँले बताउनुभयो । कोनाखोला र गोदावरीखोलामा अध्ययन भइरहेको छ । उहाँले भन्नुभयो, “विस्तृत योजना प्रतिवेदन तयार भइरहेको छ, त्यसको नतिजाका आधारमा काम हुनेछ ।” 

नगरपालिकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सँगको सहकार्यमा पानीको व्यवस्थापन शुरु गरेको हो । त्यसका लागि बजेटसमेत विनियोजन भएको छ । कोनाखोलामा ड्याम निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि नगरपालिकाले यस वर्ष बजेट छुट्याएको छ । नगरपालिकाले नगरवासीको पहिलो नारा ‘घरघरमा पानी सहितको धारा’ नारालाई व्यवहारमा उतार्न लागेको प्रमुख महर्जनले बताउनुभयो । नगरपालिकाभित्र पानीका साना र ठूला गरेर स्रोतहरु रहेका छन् । उहाँले भन्नुभयो, “तिनैको प्रयोगबाट सबै नगरवासीलाई पानी पु¥याउन सकिन्छ ।” 

नगरपालिकाको ठेचो, बाँडेगाउँ, चापागाउँ लगायतका स्थानमा पानीको समस्या बढिरहेको छ । केही वर्षपहिले सम्म यहाँ पानीको समस्या थिएन । बस्ती बाक्लो हुँदै जाँदा नगरवासीले पानीको अभाव भोग्न बाध्य भएका हुन् । स्थानीय निकाय, प्रदेश र सङ्घको निर्वाचनमा सबै उम्मेदवारले पानी सबैलाई उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x