×

NMB BANK
NIC ASIA

'मिस मुस्ताङ' बनिन् १६ वर्षीया अपेक्षा

असोज ८, २०७५

NTC
Sarbottam
तस्वीर: रासस
Premier Steels
Marvel

मुस्ताङ-थासाङ गाउँपालिका–१ टुकुचेकी अपेक्षा थकालीले मिस मुस्ताङ २०७५ को ताज पहिरीएकी छिन् । थाक खेलकूद तथा सांस्कृतिक विकास सङ्घले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगितामा सहभागी अन्य आठ जना प्रतियोगीलाई पछि पार्दै योगेन्द्र माविको कक्षा १२ मा अध्ययनरत १६ वर्षीया अपेक्षाले आइतबार ताज पहिरिएकी हुन् । 

भविष्यमा अभिनय र भलिबल खेलाडी बन्ने योजना बनाएकी अपेक्षाले मिस मुस्ताङको ताजसहित प्रमाणपत्र र ट्रफीसहित नगद रु दश हजार पुरस्कार प्राप्त गरेकी छिन् । नृत्य र निबन्ध लेखनमा रुचि भएकी अपेक्षाले मुस्ताङको पर्यटकीय र कृषि क्षेत्रको सम्भावनाको प्रचारप्रसारमा सक्रिय हुने प्रतिक्रिया दिइन् । 

लेतेकी सोनिया गर्बुजा फस्ट रनरअप र जोमसोमकी श्वेता बानिया सेकेण्ड रनरअप भएका थिए भने ट्यालेन्ट गल्र्सको उपाधि मार्फाकी सञ्जु जुहारचनले जितिन् । चार दिनसम्म मार्फामा सञ्चालन भएको ४८आँै थाक खेलकूद तथा सांस्कृतिक प्रतियोगिता आइतबार सकिएको छ । 

प्रतियोगिताको अधिकांश उपाधिमा निर्मल स्पोटिङ स्पोर्टस क्लब लेतेले वर्चश्व जमाएको छ । पुरुष भलिबल र आर्चरीमा प्रथम भएको लेतेले महिला भलिबलमा दोस्रो भयो । पुरुष भलिबलमा सिस्स सोल्टी युवा क्लब घाँसा द्वितीय, महिला भलिबलमा धवलागिरि युवा क्लब कोवाङ प्रथम र आर्चरीमा नीलगिरि युवा क्लब टुकुचे उपविजेता भएका छन् । 

पुरुष, महिला र आर्चरी प्रतियोगिताको विजेता र उपविजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रसहित क्रमशः नगद ४० हजार, २५/२५ हजार, १५/१५ हजार र रु १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । 

सङ्घका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद चन्द्रमोहन गौचन, प्रजिअ शिशिर पौडेल, स्थानीय तहका जनप्रतिनिधिले पुरस्कार वितरण गर्नुभएको कोषाध्यक्ष शर्मिला गुरुङले जानकारी दिनुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x