मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
काठमाडौं —दुई कोरियाली देशका नेताले अघिल्लो हप्ता उक्त प्रायद्वीपको सबभन्दा अग्लो पहाडको चुचुरोमा पुगेर हात मिलाए अनि शान्तिका लागि एकताबद्ध हुने प्रतिज्ञा गरे । अब वाशिङटनसँग त्यो शान्ति सुनिश्चित गर्नका लागि प्रयास गर्नुपर्ने जिम्मेवारी छ ।
यो वर्ष उत्तर र दक्षिण कोरियाबीचको मैत्रीमा अनेकौं कूटनीतिक कोसेढुंगाहरू देखापरिसकेका छन् । तर गत साता भएको तीनदिने शिखर सम्मेलनले कोरियाली प्रायद्वीपमा शान्तिलाई थप अघि बढाउन बल पुर्याएको छ ।दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनलाई प्योङयाङमा शुभेच्छुकहरूको विशाल समूहले अभिवादन ग¥यो । उत्तर कोरियाली नेता किम जोङ–उनसँग आणविक हतियार नष्ट गर्ने अनि दुई विभाजित मुलुकको सम्बन्धलाई सामान्य बनाउने महत्त्वपूर्ण प्रतिबद्धताहरूमा हस्ताक्षर पनि भए ।
ऐतिहासिक भ्रमणको दोस्रो दिनमा राष्ट्रपति मूनले प्योङयाङस्थित मे डे रंगशालामा अनुमानित डेढ लाख मानिसको भीडलाई सम्बोधन गरे । उनले बारम्बार ‘मेरा कोरियाली दाजुभाइ दिदीबहिनी’ भनी भीडलाई सम्बोधन गरे । उनले शान्ति तथा ‘महान् कोरियाली’ हरूको एकीकरणको कुरा गर्दा तालीको गडगडाहट सुनियो ।
त्यसको भोलिपल्ट मून र किम आफ्ना पत्नी र प्रतिनिधिहरूका साथ पाएक्तु पर्वत चढे । यो पर्वतलाई उत्तर र दक्षिण कोरियाका मानिसले देशको आध्यात्मिक जन्मथलोका रूपमा सम्मान गर्छन् । पाँच हजार वर्षअघि त्यहाँबाट नै कोरिया जन्मेको विश्वास गरिन्छ । अघिल्लो रात रंगशालामा भाषणका क्रममा मूनले बताएजस्तै कोरियालीहरू सयौं वर्षदेखि शान्तिका साथ एकअर्कासँग मिलेर बसिरहेका छन् । विगत ७० वर्षमा मात्र उनीहरूलाई शीतयुद्ध र सशस्त्र युद्ध (१९५०–५३) ले विभाजित गरेको हो ।
त्यो विभाजनलाई अघिल्लो हप्ताको शिखर सम्मेलनले बिस्तारै पुर्न खोजेको देखिन्छ । सम्मेलनमा गफ मात्र भएनन् । दुवै पक्षले दुई देशलाई विभाजन गर्ने सीमालाई असैन्यीकृत गर्ने र द्वन्द्व अन्त्यका संयन्त्रहरूको निगरानी गर्ने एक संयुक्त सैन्य समिति गठन गर्ने प्रतिबद्धता जनाए । दुवै मुलुकलाई यातायात व्यवस्था र आर्थिक साझेदारीमार्फत एकीकृत गर्नका लागि पनि दुवै नेताले योजनाहरू बनाए ।
युद्धका कारण छुट्टिन बाध्य भएका परिवारलाई पुनर्मिलन गराउने संवेदनशील विषयमा सीमापारि सम्पर्क नियमित पार्ने योजना बनेका छन् ।
विस्तृत शान्तिको सम्भावनालाई बल दिँदै ट्रम्प प्रशासनले सकारात्मक प्रतिक्रिया दिएको छ । राष्ट्रपति ट्रम्पले अघिल्लो हप्ता भएको अन्तरकोरियाली शिखर सम्मेलनलाई ‘भव्य’ भनी प्रशंसा गरे र शान्तिका लागि अघि बढ्ने कुरामा समर्थन जनाए ।
अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले उत्तर कोरियासँग ‘यथाशीघ्र’ वार्ता सुचारु गर्नका लागि अधिकारीहरूलाई निर्देशन दिइएको बताए । ‘(उत्तर र दक्षिण कोरियाका) यी महत्त्वपूर्ण प्रतिबद्धताका आधारमा अमेरिका सम्झौतामा जानका लागि तयार छ,’ पम्पिओले भने ।
यसै सन्दर्भमा उत्तर कोरियाका किमले आणविक हतियार बनाउने कारखानालाई नष्ट गर्ने आफ्नो प्रतिबद्धतालाई फेरि दोहोर्याए । तर उनी अमेरिकाले पनि ‘यस्तै किसिमको’ प्रतिबद्धता देखाउनुपर्ने बताउँछन् ।
वाशिङटनले केही ठूलै कुरा नदिएमा उत्तरले खुरुखुरु आफ्नो आणविक हतियार त्याग्ने किसिमको एकपक्षीय प्रक्रिया हुने छैन यो । किमले अमेरिकाबाट के चाहिएको हो भन्ने चाहिँ खुलाएनन् । तर कोरियाली युद्धको औपचारिक अन्त्यका लागि शान्ति सम्झौताका रूपमा अमेरिकाबाट सुरक्षाको प्रत्याभूति यसअन्तर्गत पर्नुपर्ने विश्वास गरिएको छ ।
उत्तर कोरियाले वार्षिक रूपमा अमेरिकी सेनाले दक्षिण कोरियाली साझेदारसँग गर्ने सैन्य अभ्यासको स्थायी अन्त्य चाहेको छ । त्यो अभ्यासलाई प्योङयाङले जहिले पनि आफ्नो सुरक्षामाथिको प्रहारका रूपमा लिने गरेको छ । अनि दुई कोरियाले सम्बन्धलाई सामान्य बनाएपछि र पुनः एकीकरण प्रक्रिया शुरू गरेपछि अहिले २८ हजारको संख्यामा रहेका अमेरिकी सैनिकहरू दक्षिण कोरियाली भूमिबाट बाहिरिनुपर्ने हुन्छ ।
ट्रम्प र पम्पिओले यसअघि उत्तर कोरियाको शीघ्र ‘पूर्ण, विश्वसनीय र उल्ट्याउन नसकिने आणविक निःशस्त्रीकरण’ का दम्भी माग राखेकोमा अहिले त्यसबाट पछि हटेको देखिन्छ । आश्चर्यजनक रूपमा ट्रम्प प्रशासनले बुद्धिमत्तापूर्ण लचकता देखाएको छ अनि विश्वासको वातावरण क्रमशः बनाउँदै लैजाने इच्छा देखाएको छ ।
विगत केही महिनायता सम्बन्धहरू धेरै सुध्रिसकेका छन् । अघिल्लो वर्ष यही समयमा ट्रम्पले संयुक्त राष्ट्रसंघको साधारणसभामा युद्ध चर्काउने किसिमको भाषण दिँदै किमलाई ‘रकेट मानव’ भनी गिज्याएका थिए र अमेरिकालाई अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रले थर्काएमा उत्तरलाई ‘पूरै विनाश गरिदिने’ प्रतिज्ञा गरेका थिए । किम पनि उत्तिकै जोधाहा कुरा गर्दै ट्रम्पलाई ‘बूढो’ भनी गिल्ला गर्दै अमेरिकालाई ‘आगोको समुद्रमा’ डुबाइदिने बताउँथे ।
यसरी बाझाबाझ हुँदा संसारै अब आणविक युद्ध हुन लाग्यो भनी डराएको थियो । तर सन् २०१८ को शुरूआतमा किमले दक्षिण कोरियाली राष्ट्रपति मूनलाई मित्रताको हात बढाएर राष्ट्रिय एकताको कुरा गरेपछि सबै कुरा परिवर्तन भयो । दुई मुलुकबीच युद्ध अन्त्यका लागि काम गरेको लामो राजनीतिक अनुभव बटुलेका मूनले तत्कालै त्यसलाई स्वीकारे । सन् २०१७ को मे महिनामा उनलाई उत्तरसँग शान्ति बहाल गराउने प्रतिज्ञाकै कारण निर्वाचित गरिएको थियो ।
यसै वर्षको अप्रिल महिनामा दुई कोरियाली नेताले असैन्यीकृत क्षेत्रमा ऐतिहासिक सम्मेलन गरे र त्यतिखेर उनीहरूले सीमापारिका दुवै भूमिबाट ल्याइएका माटो र पानी प्रयोग गरेर बिरुवा रोपे ।
त्यसपछि मूनले ट्रम्प र किमबीच वार्ताको वातावरण बनाए र जुन महिनामा सिंगापुर सम्मेलन भयो जसमा बहालवाला अमेरिकी राष्ट्रपतिले पहिलोपटक एक उत्तर कोरियाली नेतासँग भेटवार्ता गरे ।
यही हप्ता दक्षिण कोरियाली राष्ट्रपतिले ट्रम्पलाई संयुक्त राष्ट्रसंघको साधारणसभामा भेट्दैछन् । त्यस भेटमा उनले आणविक निःशस्त्रीकरण प्रक्रियालाई अघि बढाउनका लागि उत्तर कोरिया अमेरिकाबाट कस्तो छुट चाहन्छ भन्ने विषयमा विस्तृत विवरण दिने अपेक्षा गरिएको छ ।
अबको जिम्मेवारी अमेरिकामा छ । ट्रम्पले कोरियाका सम्बन्धमा अमेरिकी नीतिमा वस्तुगत परिवर्तन ल्याउनुपर्ने हुन्छ । उत्तर कोरियाको सुरक्षा र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि कोरियाली युद्धको अन्त्यको घोषणा धेरै पहिले हुनुपर्ने थियो र यसमा अब विलम्ब गर्नुहुँदैन ।
तर ट्रम्प त्यसभन्दा पनि अघि बढ्नुपर्छ । प्योङयाङलाई धेरै कसिकसाउ गरेर काम छैन । उत्तर कोरियाले आफ्नो आणविक हतियार नष्ट गर्नका लागि चालेको ठोस कदमलाई पहिचान गर्दै उसमाथिको दण्डात्मक प्रतिबन्धलाई खुकुलो बनाउनुपर्छ ।
तर वाशिङटनका दुई खेमाले यो प्रक्रियामा अवरोध पु¥याउने जोखिम छ । पहिलो, कोरियाली प्रायद्वीपबाट अमेरिका फिर्ता हुने कुरालाई सैन्यवादी र साम्राज्यवादी योजनाकारहरूले विरोध गर्नेछन् । दशकौंदेखि अमेरिकी सेनाको उपस्थिति दक्षिण कोरियाको ‘संरक्षण’ भन्दा पनि एसिया प्रशान्त क्षेत्रमा चीन र रुसविरुद्ध अमेरिकी शक्ति देखाउनका लागि हो ।
शान्तिको सम्भावनालाई खल्बल्याउने दोस्रो खेमा भनेको डेमोक्रेट र तिनका समर्थक मिडियाको प्रभुत्व रहेको ट्रम्पविरोधी राजनीतिक संस्थापन पक्ष हो । यो खेमाले ट्रम्पको हरेक क्रियाकलापलाई घृणा गर्छ । उत्तर कोरियासँगको कूटनीति विकास जस्तो राम्रो काम ट्रम्पले गरेपनि त्यो खेमाले विरोध गर्छ । तर यसमा ट्रम्पलाई अवसर दिनु नै उचित ठहर्छ । उनले किम जोङ–उनसँग मिलेर शान्तिको अवसर जुटाएका छन् ।
तैपनि ट्रम्पविरोधी भीड यसमा खुशी देखिँदैन । द न्यु योर्क टाइम्सले शिखर सम्मेलनका विषयमा असन्तोकी हेडलाइन बनायो : ‘उत्तर कोरियाको नयाँ आणविक प्रतिज्ञा अमेरिकी माग अनुरूप छैन ।’
शान्तिवार्तालाई नकार्ने अर्को पत्रिका वाशिङटन पोस्ट हो जसले लेख्यो : आणविक निःशस्त्रीकरणका लागि ‘उत्तर कोरिया अहिले न्यूनतम दबाबमा छ’ । ट्रम्पले ‘अधिकतम दबाब’ दिने नीतिलाई यसरी पत्रिकाले मजाक उडाएको हो ।
रुससँग अमेरिकाको सम्बन्धलाई सामान्य बनाउनका लागि राष्ट्रपति ट्रम्पलाई घरकै शत्रुहरूले अप्ठ्यारोमा पारेजस्तै उत्तर कोरियासँग शान्तिलाई अघि बढाउने उनको प्रस्तावलाई पनि तिनीहरू निरुत्साहित पार्छन् । त्यसो हुँदा ऐतिहासिक द्वन्द्वको अन्त्य गर्ने अवसर पूरै खेर जान्छ ।
अमेरिकाको रणनीति जेसुकै होस्, उत्तर र दक्षिण कोरियाका जनतासँग आफ्नो भाग्य आफैं कोर्नका लागि पहिलेभन्दा बढी दृढनिश्चय र साहस छ । वाशिङटनले जेसुकै गरेपनि उनीहरूले युद्धको अन्त्य गर्ने प्रयास गर्नेछन् । अमेरिकाले थर्काएर शक्ति देखाउने दिनहरू अब सकिएका छन् ।
आरटीमा प्रकाशित फिनियन कनिङघमको विश्लेषणको भावानुवाद
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...