×

NMB BANK
NIC ASIA

बाइस दिनमा भत्कियो सडक ढलान

असोज ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ-  असारेझरी पर्दै गरेका बेला ढलान गरिएको सडक २२ दिनमै भत्किएर डण्डी निस्कँदा सवारीसाधन र यात्रु दुर्घटनाको जोखिममा परेका छन् । 

गत असार २ गते झमझमी पानी पर्दै थियो । यस्तै बेलामा गोकर्णेश्वर नगरपालिका––८ स्थित आरुबारी ओरालोबाट नेपाल मेडिकल कलेज हुँदै माकालबारी निस्कने सडक ढलान गरियो । केही स्थानीयवासीले पानी परेको समयमा सडक ढलान नगरौँ भनेका थिए । नगरपालिकाले गठन गरेको उपभोक्ता समितिले कसैको कुरा नसुनी ओरालाको सो सडक ढलान ग¥यो । 

असार २ गते ढलान गरिएको उक्त सडक असार २४ गते नै भत्किएर डण्डी देखिएको मेडिकल कलेजको अत्तरखेलचोकमा २५ वर्षदेखि फलफूल पसल चलाउँदै आउनुभएका माया तामाङले बताउनुभयो । “निस्किएको डण्डी ठाडो भई धेरैपटक दुर्घटना भइसकेको छ, यस सम्बन्धमा उपभोक्ता समिति र वडा कार्यालयलाई पटक÷पटकभन्दा पनि नसुनेपछि हामी आफैँले डण्डी काट्यौँ, यो सडकको तीन ठाउँमा डण्डी ठाडो भएर दुर्घटनाको जोखिम बढेको छ”–उहाँले भन्नुभयो । 

नगरपालिका र मेडिकल कलेजको सक्रियतामा सो सडक ढलान गरिएको हो । सडक ढलानका लागि नगरपालिकाबाट रु १६ लाख विनियोजन गरिएको प्रवक्ता एवं ८ नं वडाध्यक्ष मनोजकुमार ढङ्ुगानाले बताउनुभयो । बीच सडकमा डण्डी ठडिएर दुर्घटनाको जोखिम बढेपछि एकपटक मेडिकल कलेजकै कर्मचारीले आएर काटे । गुणस्तरीय निर्माण सामग्री नहाली ढलान गरिएको, पानी पर्दै गर्दा ढलान गरिएको र ढलान गरेको एक हप्तामै बाटो खोलिएकाले २२ दिनमै सडक जीर्ण बनेको हो । मेडिकल कलेजले सामान लैजान एक हप्तामै बाटो खोलेको हो । 

मेडिकल कलेजका अस्पताल निर्देशक राजेशकिशोर श्रेष्ठ सम्पर्कमा आउन चाहनुभएन । सो क्षेत्रमा बस्ती बढेसँगै वर्षाद्मा परेको पानीको भेल आरुबारीबाट वाग्मतीतिर जाने खहरेलाई सडकका रुपमा विकास गरिएको थियो । पानी परेका बेला सो सडकमा ठूलो भेल आउँछ । सडकको एकातिर नाली बनाइए पनि अर्कोतिर छैन । एकातिरको नाली मेडिकल कलेजले नै पुरेको स्थानीयवासी बताउँछन् । 

कलेजले चोकमा राखेको बत्ती पनि नबल्ने भएकाले राति आकस्मिक सेवामा अस्पतालमा आएका सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । पानी परेपछि सेफ्टी ट्याङ्की पनि सडकमै बग्ने गरेको छ । यसरी बगेको सेफ्टी ट्याङ्कीसहितको ढल सिधँै वाग्मती नदीमै मिसिन्छ । सडक ढलानका लागि दुई उपभोक्ता समिति गठन गरिएको थियो । अत्तरखेल–सुन्दरीजल मूल सडक माथितिर र तलतिर गरी दुई समिति गठन गरिएको वडाध्यक्ष ढुङ्गानाले बताउनुभयो । 

माथिल्लो भागको उपभोक्ता समिति अध्यक्ष सुजीतसिंह ठकुरी मेडिकल कलेज र वडाध्यक्षको दबाबमा पानी परेका बेला ढलान गर्दा सडक भत्किएको दाबी गर्नुहुन्छ । माथिल्लो भागको ढलानका लागि नगरपालिकाबाट रु तीन लाख मात्र छुट्याइएको उहाँले दाबी गर्नुभयो । वडा कार्यालयले भने दुई पटक गरी उपभोक्ता समितिलाई रु छ लाख उपलब्ध गराएको जनाएको छ । ढलानका लागि मेडिकल कलेजले दुई हजार किलोग्राम डण्डी र सिमेन्ट उपलब्ध गराएको बताइएको छ । 

अत्तरखेलबाट माकालबारी निस्कने सडक उपभोक्ता समिति अध्यक्ष टेकबहादुर बस्नेत सम्पर्कमा आउन चाहनुभएन । उक्त सडकका लागि वडा कार्यालयले रु १० लाख बजेट विनियोजन गरेको थियो । सो सडकको पनि ठाउँ ठाउँमा डण्डी देखिएर जीर्ण बनेको छ । गाउँघरकै सिंहदरबारले जनताको विकास निर्माणको सपना पूरा गर्ने आशा गरिए पनि खासै फरक नदेखिएको समता मानवअधिकार तथा नागरिक समाजका अध्यक्ष नोर्साङ शेर्पाले बताउनुभयो । 

“पहिले र अहिलेको काम गराइमा खास फरक छैन, विकास निर्माणका कामप्रति जनताको चासो अझै बढ्न सकेको छैन, पदमा बस्नेलाई जे गरे पनि हुन्छ, भन्ने भान परेको छ”– उहाँले भन्नुभयो । ढलान गरिएको सडक २२ दिनमा भत्किएपछि पानी पर्दा हिलो र घाम लाग्दा धुलोको समस्याबाट यहाँका बासिन्दा मुक्त हुन सकेका छैनन् । नगरपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति नेपाल गत वर्षको योजनामा समस्या आएपछि यसवर्ष असोज मसान्तमा सबै योजनाको लागत तयार गरी कात्तिकदेखि कार्यान्वनमा लैजाने निर्णय गरिएको बताउनुहुन्छ । 

“विकास निर्माणका काम पानी परेका बेला हतार हतारमा गर्ने गरिएकाले कात्तिकदेखि नै काम गर्ने गरी निर्णय गरिएको हो, चालु आर्थिक वर्षको असारमा विकास निर्माणका काम हुँदैनन्”–उहाँले भन्नुभयो । आर्थिक वर्षको ११ महिनासम्म चुपचाप बस्ने अनि अन्तिम महिनामा सबै काम सक्ने गलत संस्कृतिको अन्त्य नभएसम्म विकास निर्माणमा विनियोजन गरिएको बजेटको सदुपयोग हुन नसक्ने देखिन्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x