×

NMB BANK
NIC ASIA

भूकम्पपीडितको सबै काम स्थानीय तहबाटै हुने

असोज ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बनेपा– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प लाभग्राहीको लागि आवश्यक पर्ने काम सबै स्थानीय तहबाट गर्ने व्यवस्थाको सुनिश्चित गरेको बताएका छन् । साेमवार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ स्थित सञ्जिवनी नमुना माविको नवनिर्मित भूकम्प आपत्कालीन सहायता आयोजनाअन्तर्गत निर्माणाधीन अवस्थामा रहेको भवनको अनुगमनका क्रममा उनले पुनःनिर्माणको सबै कामलाई अगाडि बढाउन स्थानीय तहलाई जिम्मेवारी दिइएको बताए । 

लाभग्राही र त्यसमा नपरेकाहरुको गुनासो धेरै आइरहेको कुरालाई छिटोभन्दा छिटो सम्बोधन गर्ने र वास्तविक हो–होइन भन्ने कुरामा समेत जनप्रतिनिधिलाई पूर्ण जानकारी हुने भएकाले सबै प्रकारको समस्याको समाधान गर्ने जिम्मा गाउँपालिका र नगरपालिकाबाट नै सम्बोधन हुने गरी कार्यविधि बनाएर अगाडि बढिसकेको बताए । 

विद्यालय भवन पनि स्थानीय तहअन्तर्गतकै काम भएकाले सबै हेर्ने, गर्ने र संरक्षणको जिम्मा पनि स्थानीय तहको नै हुने भएकाले सबै जिम्मा दिएको उनको भनाइ थियो । ‘‘छिटो ढङ्गले काम गर्न र गुनासोलगायतको कामको सुनुवाइ तत्काल सम्बोधन गर्ने गरी यसअघि जिल्ला तहमा हुने गरेको काम स्थानीय तहमा नै गर्ने गरी वरिष्ठ इञ्जीनियरहरु खटाएर काम गर्ने गरी निर्णय गरेको कार्यविधि मन्त्रिपरिषद्मा गइसकेकाले पारित हुनेबित्तिकै कार्यान्वयन हुन्छ,’’ उनले भने । 

Sagarmatha Cement
Muktinath Bank

गुनासोको छिटो सम्बोधन गर्नका लागि पुनःसर्वेक्षण गर्ने प्रक्रिया अगाडि बढाएको र निश्चित समयभित्र टुङ्गो लगाउनु पर्ने भएकाले त्यसअनुसार छिटो गतिमा काम भइरहेको उनले जानकारी दिए । 
 
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माणको कामले गति लिएको भएपनि चाहेजति काम नभएको भन्दै त्यसको लागि लक्षित ढङ्गले कार्यक्रम बनाइरहेको बताए । उनले त्यसको लागि सहज बनाउन प्रत्येक गाउँ तथा नगरपालिका तहको पुनःनिर्माण समितिलाई कार्ययोजना बनाउन आग्रह गरेकाे पनि बताए । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x