×

NMB BANK
NIC ASIA

दशैंका लागि अग्रिम टिकट बुकिङ आजबाट, एन्फामा आर्थिक चलखेलको आरोप

असोज ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– दशैँ मनाउन घर जाने यात्रुहरूलाई लक्षित गरी मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुला हुँदैछ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठकले सरकारले सवारी साधनको भाडा १० प्रतिशत बढाउने निर्णय गरेको भन्दै टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

Muktinath Bank

महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडा दर समायोजन भएपछि मंगलबारबाट टिकट बुकिङ खुलाउने निर्णय गरेको जानकारी दिए । भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकले असोज ५ गतेदेखि खुल्ला गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खुल्ला गर्न मानेका थिएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस निरन्तर विधानको छलफलमा
महासमिति बैठकअघि विधान संशोधनको तयारीमा रहेको कांग्रेसले छलफललाई निरन्तरता दिएको छ । यसक्रममा केन्द्रीय विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामाथि दोस्रो चरणको सुझाव संकलन शुरु गरेको छ । त्यसका लागि कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा सोमबार भेला आयोजना गरेको हो ।


Advertisment
Nabil box
Kumari

जिल्ला सभापतिसहितका जिल्लामातहतका नेता–कार्यकर्ताले विधानको प्रारम्भिक मस्यौदामाथि मंगलबारसम्म सुझाब दिनेछन् । भेलामा काठमाडौं, ललितपुर, नुवाकोट, रसुवा, धादिङ, चितवन र मकवानपुर जिल्लाका कांग्रेस जिल्ला सभापति, महासमिति सदस्य, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य र भ्रातृ, शुभेच्छुक संस्थाका प्रमुख सहभागी छन् ।

Vianet communication
Laxmi Bank

सातवटै प्रदेशका विभिन्न १२ ठाउँमा यस्तै छलफल हुँदै छ । प्रदेश ३ को अर्को कार्यक्रम ११ र १२ असोजमा काभ्रेको धुलिखेलमा हुनेछ । सो कार्यक्रममा काभ्रे, भक्तपुर, दोलखा, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधि सहभागी हुनेछन् । सोमबार यस्तै कार्यक्रम प्रदेश १ को इलाम र कर्णाली प्रदेशको वीरेन्द्रनगरमा पनि भएको छ ।, नयाँ पत्रिकामा खबर छ।

सिक्टा सिँचाइ आयोजनामा बदमासी गर्नेलाई कारबाही 
सरकारले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बदमासी गर्ने जो कोहीलाई पनि कानूनी कारवाहीको दायरामा ल्याउने भएको छ । आयोजनाको नहर परीक्षणको क्रममा नै भत्किएपछि सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा दोषी देखिएका जो कोहीलाई पनि कारवाही गर्ने तयारी गरिएको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिले स्थलगत अध्ययन गरी आयोजनामा भएको बदमासी तथा खराबीको बारेमा अध्ययन गरेको थियो । 

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन 
राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा गई सोमबार श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गर्नुभएको छ । राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गर्नुभयो । 

विभिन्न देवदेवताको गण, पुलुकिसी(ऐरावत हात्ती), सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा, ख्याक आदिले पनि तिनै देवदेवताको रथसँगै शहर परिक्रमा गरेका छन् । विसं २०७२, २०७३ र २०७४ सालको इन्द्रजात्राको कार्यक्रम विशिष्ट व्यक्तित्वले वसन्तपुर डबलीबाटै अवलोकन गर्नुभएको थियो । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ । 

नागरिकता ऐनको संशोधन विधेयक
१० मंसिर २०६३ मा राष्ट्राध्यक्षको भूमिकामा समेत रहेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रमाणीकरण गरी जारी भएको नेपाल नागरिकता ऐन, २०६३ को संशोधन विधेयक अहिले संसदमा विचाराधीन अवस्थामा छ । गृहमन्त्री रामबहादुर थापा (बादल)को तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले साउन २२ गतेको संसद बैठकमा प्रस्तुत गरेको विधेयकप्रति अहिले विभिन्न प्रकारका टिप्पणी भइरहेका छन् । 

नागरिकताको सवालमा पहिले नै ‘उदार’ मानिएको ऐनलाई संशोधन गरेर थप उदार बनाउने बहानामा विधेयकमार्फत राष्ट्रिय स्वाधीनता र सार्वभौकितामा ‘धावा बोल्ने’ काम भएको कतिपयको विश्लेषण छ । खासगरी मधेसकेन्द्रित दलहरूको मागअनुसार नागरिकता ऐन संशोधन गर्न लागिएको हो । तर, ऐनको दफा ३ लाई संशोधन गर्न बनेको व्यवस्थाप्रति मधेसी बुद्धिजीविले नै आपत्ति जनाएका छन् । नागरिकता ऐन, २०६३ को दफा (३) मा उपदफा थप गरेर वंशजको नाताले नागरिकता प्राप्तिको प्रक्रियालाई थप विस्तार गर्न लागिएको छ ।

विषाक्त मदिरा सेवनबाट थप दुईको मृत्यु
मलेशियामा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही, शङ्करपुर–५ का शेरबहादुर ठकुरी र ठेगाना नखुलेका सुकुवल घिसिङ रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार घिसिङको स्थानीय सुनगाई बुलोच अस्पताल र ठकुरीको टोन्काउ जफार शेरेम्बान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या नौ पुगेको छ । यसअघि विषाक्त मदिरा सेवनबाट धादिङका मीमबहादुर घले, रुपन्देहीका रामकुमार यादव, डडेल्धुराका विशाल बुढाथोकी, सुनसरीका सञ्जय उराव, इलामका बलबहादुर कुलुङ्ग, सर्लाहीका आइतसिंह गोले र नवलपरासीका दुर्गासिंह रानाको मृत्यु भएको दूतावासले जनाएको छ ।


 ट्याङ्कर सञ्चालन गर्ने सम्भावना अध्ययन गर्न समिति गठन
नेपाल आयल निगमले आफैँले पेट्रोलियम पदार्थ ढुवानीको सम्भावनाबारे अध्ययन गर्न समिति गठन गरेको छ । निगम सञ्चालक समितिले वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । 

समितिले निगम आफैँले ट्याङ्कर सञ्चालन गर्न आवश्यकपर्ने प्राविधिक विषयवस्तुका सम्बन्धमा विस्तृत अध्ययन गर्ने निगमका प्रवक्ता गोइतले जानकारी दिए । समितिले इन्धन ढुवानीमा निजी क्षेत्रका एकाधिकार अन्त्य गर्न आफैँले ट्याङ्कर सञ्चालन गर्न उपयुक्त हुने÷नहुने बारेमा पनि अध्ययन गर्नेछ । निगमले ट्याङ्कर चालकको माग पूरा गरे पनि केही दिनअघि पुनःविभिन्न माग राख्दै इन्धन ढुवानीमा अवरोध गर्दा पेट्रोलियम पदार्थको वितरणमा असहज अवस्था सिर्जना भएको थियो । 

दोस्रो अधिवेशनमा १३ विधेयक पारित
गण्डकी प्रदेशसभाको दोस्रो अधिवेशनले विभिन्न १३ वटा विधेयक पारित गरेको छ । प्रदेशसभाका बैठकले प्रदेश दुग्ध विकास बोर्ड स्थापना एवं व्यवस्थापन गर्न बनेको विधेयक, खोप सेवा सम्बन्धमा व्यवस्था गर्न बनेकोलगायतका विधेयक पारित भएका छन् ।

अधिवेशनका सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले यस बैठकबाट प्रदेशको राजधानी एवं नामकरणलगायतका महत्वपूर्ण विषयमा निर्णय भएको बताए । 

नुरप्रसादलाई सात दिन हिरासतमा राख्न अनुमति
गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई ललितपुर जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उच्च अदालत पाटनमा आइतबार तोडफोड गरेपछि अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो । 

आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण गर्दै नुरप्रसालदले अदालतमा तोडफोड गरेका थिए । उनको आक्रममणबाट इजलास अधिकृत बस्नेतको हातमा चोट लागेको थियो ।

एन्फा निर्वाचनमा अनियमितताको आरोप 
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को गत वैशाखमा भएको निर्वाचनमा लाखौँ रकम अनियमितता भएको आरोप लगाइएको छ । एन्फा निर्वाचन भएको करिब पाँच महिनापछि सोमबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका पूर्वउपाध्यक्ष मणि कुवँरले वर्तमान नेतृत्वले मतदातालाई प्रत्यक्षरुपमा पैसा बाँड्ने काम गरेको, चुनावलगत्तै मतदातालई युरोप भ्रमणमा लगेको, न्यायालयलाई समेत प्रभावित पार्ने काम गरेको आरोप लगाए ।

एन्फा निर्वाचन गत वैशाख २२ गते सम्पन्न भएको थियो । कुवँरले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र उपाध्यक्ष पङ्कज नेम्बाङलगायतले निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाए । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) का उपाध्यक्ष समेत रहेका कुँवरले आफुले यी सबै आरोपका बारेमा प्रमाणसहित फुटबलको सर्वोच्च निकाय (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी)मा पठाइसकेको र त्यसको जवाफ कुरेको जानकारी गराए ।

यता, एन्फा प्रवक्ता किरण राईले लगाएको आरोपको खण्डन गर्दै आरोप प्रमाणित गर्न कुँवरलाई चुनौती दिएका छन् । प्रवक्ता राईले भने, “तत्कालीन अवस्थामा उहाँहरूकै नेतृत्वले निर्वाचन कमिटी गठन गरेको हो, त्यही कमिटीले गरेको निर्वाचनलाई गलत व्यख्या गर्नु ठीक होइन ।” अदालतको विषयमा बोल्नु अदालतको मानहनी हो भन्दै उनले निर्वाचन भएको पाँच महिनापछि निर्वाचित कमिटीमाथि विभिन्न आरोप लगाउनु हार मानसिकताको उपज वाहेक अरु केहि नभएको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x