×

NMB BANK
NIC ASIA

इजलास तोडफोड गर्ने नुरप्रसादलाई के हुन्छ कारबाही ? यस्तो छ घटनाक्रम

असोज ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर–आफू वारेस बसेको पक्षले मुद्दा हारेपछि गोरखा फुजेलका नुरप्रसाद अधिकारीले उच्च अदालत पाटनको इजलास तोडफोड गरेका छन् । इजलासमा रहेको कम्प्युटर, टेलिफोन तथा झ्यालको सिसा अधिकारीले फुटाएका छन् । इजलास अधिकृत रोशन बस्नेतमाथि पनि आक्रमण भयो । 
आइतबार साँझ अधिकारीले इजलास तोडफोड गरेका हुन् । उनलाई अदालत परिसरबाट ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ । अधिकारीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । ‘इजलास तोडफोड र आक्रमण गरेको अभियोगमा हामीले नियन्त्रणमा लिएका छौँ’ एसएसपी रवीन्द्र धानुकले भने, ‘हामीले कानुन बमोजिमको प्रक्रिया अगाडि बढाएका छौँ ।’

Sagarmatha Cement
Muktinath Bank

उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले मुद्दा फैसलापछि आफ्नो पक्षले हारेपछि नुरप्रसादले इजलास तोडफोड गरेको बताए । दाहालले प्रहरीसँग समन्वय गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो छ घटनाक्रम
उच्च अदालत पाटनको इजलास नम्बर २ मा न्यायाधीशद्वय रमेश पोखरेल र शेखरप्रसाद पौडेलको संयुक्त इजलास थियो । इजलासको दोस्रो नम्बरमा जग्गा खिचलो मेटाई घर भच्काई पाउँ भन्ने मुद्दा पेसीमा थियो । पाँच थान मुद्दामध्ये तीनवटा मुद्दाको पक्षमा विन्दु घतानी मगर थिइन् । विपक्षीमा जानुका सुनुवार समेत थिइन् । यस्तै दुई मुद्दामा भने जानुका सुनुवार पक्ष र विपक्षमा महानगरीय प्रहरी परिसर थियो । विन्दुको मुद्दाको वारेसमा नुरप्रसाद थिए । 
आइतबार नियमित पेसी सूचीबाट मुद्दाको सुनुवाइ भई साँझ फैसला सुनाइयो । उच्च अदालतको संयुक्त इजलासले पनि सुरु अदालतलको फैसला सदर गरेको थियो । अर्थात् ललितपुर जिल्ला अदालतको आदेश सदर हुँदै विन्दुले मुद्दा हारिन्। विन्दुले मुद्दा हारेको जानकारी इजलास अधिकृतले दिएपछि वारेस बसेका अधिकारीले एक्कासि इजलास प्रवेश गरी तोडफोड गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

उच्च अदालतका रजिस्ट्रार दाहालका अनुसार इजलासमा रहेको कम्प्युटर फुटाएपछि अधिकारीले नजिकै रहेको मुद्दाको मिसिल लगायतका फाइल राखिएको दराज तोडफोड गरेका थिए । दराज तोडफोडपछि अधिकारीले इजलास अधिकृत रोशन बस्नेतमाथि कुर्सीले आक्रमण गरे । आक्रमणमा परेका बस्नेतले मुस्किलले कुर्सी छलेपछि कुर्सी झ्यालको सीसामा लागेको थियो । सीसा फुटाएर कुर्सी तल्लो तलामा खसेको थियो । 
तोडफोड बढेपछि सुरक्षामा खटिएका प्रहरीले थप सुरक्षाकर्मीको सहायता माग गर्दै अधिकारीलाई नियन्त्रणमा लिएको दाहालले जानकारी दिए । अदालतले अधिकारीलाई प्रहरीको जिम्मा लगाएको छ । नुरप्रसाद द्वन्द्वकालमा नेकपा माओवादीबाट मारिएका छोराको न्यायका लागि अनशनरत गंगामाया अधिकारीका छोरा हुन् । याे खबर  हामीले गाेरखापत्र दैनिकबाट लिएका हाैं।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x