मिनीबस र हाइस ठोक्किदा दुई जनाको मृत्यु, ९ जना घाइते

असोज ९, २०७५

दमौली– पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर २ मनहरीमा मंगलबार बिहान मिनीबस र हाइस आपसमा ठोक्किदा दुईजनाको मृत्य भएको छ भने नौंजना घाइते भएका छन् । 

लु १ ख ४१९४ नम्बरको मिनीबस र ग ३ ख ४४४२ नम्बरको हाइस बिहान करिब सवा ५ बजे ठोक्किएका हुन् । दमौलीबाट पोखरा तर्फ जाँदै गरेको हाइस र पोखराबाट सुनौली तर्फ जाँदै गरेको मिनीबस ठोक्किदा दुई जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


ADVERTISEMENT

मृतक मध्ये व्यास नगरपालिकाकी सरस्वती कुँवरको सनाखत भएको छ भने अर्की एक महिलाको सनाखत हुन सकेको छैन । घाइते नौ जनाको पोखरामा उपचार भइरहेको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ । 

गम्भीर घाइतेमा हाइसका चालक म्याग्दे गापा गोडादीका तुलबहादुर बिक र  व्यास नपा २ की विष्णुमाया रहेका छन् । 

तस्बिरः लक्ष्मण श्रेष्ठ 

असोज ९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस