×

NMB BANK
NIC ASIA

लागूऔषध प्रयोग र कारोबारमा युवाको संलग्नता बढ्दाे

असोज ९, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

साँखु-  पछिल्लो समय लागूऔषध प्रयोग र कारोबारमा युवाको संलग्नता बढ्दै गएको पाइएको छ । सरकार र विभिन्न सङ्घसंस्थाले लागूऔषध प्रयोगकर्ता घटाउने तथा यसको प्रयोगले हुने असरबारे सचेत गराउने विषयमा विभिन्न कार्यक्रम गर्दै आएका भए पनि यसको प्रयोगक र कारोबारमा कमी आउन सकेको छैन ।

Muktinath Bank

महानगरीय प्रहरी वृत्त बौद्धले १४ महिनामा ६० लागूऔषध प्रयोगकर्ता पक्राउ गरी मुद्दा चलाएको छ । दर्ता भएका ३५ मुद्दामा १९ देखि ३० वर्ष उमेर समूहका व्यक्ति बढी रहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७४÷७५ मा ३० युवा र सात किशोर लागूऔषध प्रयोगको आरोपमा पक्राउ परेका थिए । चालु आवको असोज पहिलो सातासम्म १८ वर्ष भन्दा बढी उमेरका २३ जना पक्राउ परेका छन् । गत आव र चालु आवको तुलनात्मक अध्ययनले लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको देखाएको छ । यसको नियन्त्रण र रोकथामका लागि हुने गरेका विभिन्न कार्यक्रम व्यवहारमा लागू भएका देखिँदैनन् । 

परिवारको संरक्षण नपाएका, सडक बालबालिका, कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालकालिका तथा युवा लागूऔषधको प्रयोगकर्ता बढी भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खानाल बताउनुहुन्छ । लागूऔषध प्रयोगकर्ताको अवस्था दिनदिनै दयनीय बन्दै गएको उहाँको भनाइ छ । “साथीसङ्गतका कारण थुप्रै बालबालिका कुलतमा फसेका छन्,” उहाँले भन्नुभयो । 

लागूऔषध सेवनकर्ता र कारोबारीको सङ्ख्या न्यूनीकरण गर्न तथा युवापुस्तामाझ यसको दीर्घकालीन असरबारे सचेतना अभियान सञ्चालनमा जोड दिनु पर्छ । प्रहरी निरीक्षक गिरी लागूऔषध प्रयोगकर्ता लागूऔषध ओसारपसारमा समेत संलग्न रहेको पाइएको बताउनुहुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत भदौ ३१ गते मात्रै प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र नक्कली पेस्तोलसहित प्रहरीले चुच्चेपाटीबाट इलामको माई नगरपालिका–४ का २३ वर्षीय सञ्जय समाल (मगर), मोरङ पथरी नगरपालिका–५ का २४ वर्षीय सन्तोष लिम्बू र झापा शिवसताक्षी नगरपालिका–३ का २४ वर्षीय युगेश राईलाई पक्राउ गरेको थियो । उनीहरू प्रयोगकर्ता मात्रै नभएर कारोबारी समेत हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ । 

अहिले युवा हतियारसहित लागूऔषधको प्रयोग र कारोबारीमा लागेको भन्दै प्रहरीले पछिल्लो समय अनुसन्धानलाई तीव्र पारेको छ । अन्तर्राष्ट्रिय मुद्दासमेत बनेकोे लागूऔषधको नेपालमा अझै रोकथाम हुनसकेको छैन । यसको ओसारपसार र प्रयोग गर्नेमा बालबालिका तथा युवायुवतीको सङ्ख्या बढ्दै गएको छ । सबैभन्दा बढी गाँजा, नारोजैसिक, डाइजेपाम, एभिल, कोरेक्स, नाइट्रोसन, स्मास्मो प्रोक्सिन र खैरो हिरोइनलगायतका लागूऔषध प्रयोग हुने गरेको प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x