चैत २७, २०८०
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काठमाडौं – चालू आर्थिक वर्षको शुरूवातमा राजस्व संकलन ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७५/०७६ को पहिलो २ महिनामा राजस्व संकलनमा २३ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको २ महिना ६ दिनको अवधिमा १ खर्ब २८ अर्ब २३ करोड ४२ लाख राजस्व संकलन भएको छ । जसमध्ये संघीय सरकारको राजस्व संकलन ७६ अर्ब ५९ करोड ६० लाख पुगेको छ भने प्रादेशिक सरकारले ५१ अर्ब ६३ करोड ४२ लाख राजस्व संकलन गरेको छ ।
साउन र भदौको अवधिमा मात्रै १ खर्ब १९ अर्ब २५ करोड ६२ लाख ९५ हजार राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।
गत आर्थिक वर्षको साउन र भदौमा ९१ अर्ब ९९ करोड २६ लाख ६५ हजार राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षको पहिलो २ महिनामा १ खर्ब १९ अर्ब २५ करोड ६२ लाख ९५ हजार राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
पहिलो २ महिनाको मात्रै तुलना गर्दा गत आर्थिक वर्ष २ महिनाको तुलनामा २७ अर्ब २६ करोड ३६ लाख २९ हजार बढी राजस्व संकलन भएको देखिन्छ ।
मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले चालू आर्थिको वर्षको पहिलो २ महिनामा भएको राजस्व संकलन उत्साहजनक रहेको बताइन् ।
उनले भनिन्, ‘चालू आर्थिक वर्ष करको दरमा वृद्धि भएको छ । अन्तशुल्कको दरमा वृद्धि भएको छ । मूल्य अभिवृद्धिमा दिएको कर छुटलाई आर्थिक ऐनले संशोधन गरिदिएको छ । संघीय आर्थिक प्रणालीले कार्यालय बढेका छन् । यी सबै कारणले राजस्व संकलनमा उत्साजनक वृद्धि भएको छ । यो क्रम अझै बढ्ने देखिन्छ ।’
पौडेलले दशैं तिहारमा खर्च हुने भएकाले आगामी महिनाहरूमा राजस्व संकलन अझै बढ्ने बताइन् ।
गत आर्थिक वर्षभरीमा सरकारले राजस्वको लक्ष्य समेत पूरा गरेको थियो । सो आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब रुपैयाँ कमाउने लक्ष्य राखेकोमा ७ खर्ब ३१ अर्ब राजस्व उठाउन सफल भएको थियो । चालू आर्थिक वर्षमा सरकारले ९ खर्ब बढीको राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
यसैबीच राजस्वमा उच्च वृद्धि हुँदा १५ अर्बभन्दा बढी बचत संकलन भएको छ । आर्थिक वर्षको तेस्रो महिना असोजको ६ गतेसम्मको तथ्याङ्क हेर्दा चालू आवमा १५ अर्ब ८० करोड रुपैयाँ जगेडा संकलन भएको देखिन्छ ।
तथ्यांकअनुसार असोज ६ गतेसम्म १ खर्ब १२ अर्ब ४३ करोड १७ लाख खर्च भएको छ । यसमध्ये १ खर्ब ४ अर्ब ३९ करोड ८० लाख रुपैयाँ चालूतर्फ खर्च भएको छ ।
६ अर्ब ८५ करोड रुपैयाँ विकास खर्च भएको छ । आर्थिक वर्षको शुरूवातमै रहेकाले विकास खर्च कम देखिए पनि सकारात्मक दिशामा रहेको अर्थमन्त्रालयले जनाएको छ ।
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...