×

NMB BANK
NIC ASIA

कर्णाली सरकारको परीक्षा : ७ महिनामा ६० अंक, विज्ञ समूहले गराउँछ क्रमभंग !

असोज ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

- गणेशकञ्चन भारती

Muktinath Bank

देशैभर विभिन्न सरकारको अवस्थालाई दाजेर हेर्ने हो भने कर्णाली प्रदेश सरकार सक्रियता, कार्यसम्पादन र निर्णय प्रक्रियामा अगाडि नै देखिन्छ । सरकारले कर्णालीमा गरेका काममा अहिले पनि एउटा नागरिकका हिसाबले सयमा कम्तिमा ६० नम्बर दिन सकिन्छ । प्रदेशको अहिलेको काम र निर्णयका आधारमा ६० अंकलाई राम्रै अंक मान्न सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्य प्रदेशमा नामाकरण र राजधानीको टुंगो नलागिरहेको अवस्थामा पहिलो पटक प्रदेशको नामाकरण कर्णाली र राजधानी सुर्खेत तोकियो । यो प्रदेश सरकारको महत्त्वपूर्ण र एउटा ऐतिहासिक उपलब्धि नै हो ।


Advertisment
Nabil box
Kumari

प्रदेशको विकासका लागि मूलतः नेतृत्वमा केही गरौ भन्ने निःस्वार्थ भावना छ । महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले गरेका यी सबै निर्णय र कामलाई अहिले प्रशंसा गर्न सकिन्छ । यसका बाबजुत पनि प्रदेश सरकारले सुधार गर्नुपर्ने र आफ्नो भूमिका फराकिलो बनाउनुपर्ने अझै धेरै छ ।

Vianet communication
Laxmi Bank

सरकारले पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई रारा ल्याएर कर्णाली क्षेत्रमा पर्यटनको सम्भावनाको उजागार मात्रै गरेन, सबैभन्दा ठूलो ताल रारालाई ‘ब्रान्डिङ’ गर्ने काम समेत गरेको छ । कर्णाली प्रदेशको अबको विकासको प्रमुख मेरूदण्ड पर्यटन हो भन्ने कुरालाई समेत कर्णाली प्रदेश सरकारको कार्यक्रमले थप पुष्टि गरेको छ ।

कर्णाली पर्यटन वर्षको उद्घाटन नाम दिइएको कार्यक्रमले संघीय सरकारका प्रधानमन्त्री लगायत देशैभरको पूरै ध्यान एक पटक रारामा खिच्यो । त्योसँगै रारा पुग्नेको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ । अब जरुरी छ – पर्यटक त्यहाँ पुग्दा उनीहरूले बास बस्न सक्ने राम्रा होटल वा स्थानीय सर्वसाधारणले ती पर्यटकबाट लाभ लिन सक्ने गरी बनाइने योजना । 

उत्तरी छिमेकी चीनबाट बौद्ध धर्ममा आस्था राख्ने पर्यटकलाई कर्णालीमा अर्को लुम्बिनीका रुपमा विकास हुँदै गरेको सुर्खेतको काक्रेबिहारसम्म ल्याउन सकिन्छ ।

त्यसपछि सरकारले प्रदेशलाई समृद्ध बनाउन एउटा लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । भलै यो कार्यान्वयन हुन बाँकी छ । तर, कर्णालीमा लगानी सम्मेलन भयो भने प्रदेशले गर्ने पहिलो लगानी सम्मेलन मात्रै हुने छैन, ठूलो लगानी भित्र्याउन सम्मेलन कोशेढुंगा सावित हुनेछ ।

भौतिक पूर्वाधारको विकासका हिसाबले देशभरमै पछाडि परेको कर्णाली प्रदेशको विकासका लागि त्यसैपनि ठूलो र मोटो लगानी छिटोभन्दा छिटो भित्र्याउनैपर्ने छ । त्यसका लागि कर्णाली सरकारले लगानी सम्मेलन गर्ने भनेर गरेको निर्णयले कर्णालीवासीमा एउटा उत्साह थपिएको छ । यसका लागि व्यवस्थित योजना र कुन–कुन क्षेत्रमा कति–कति लगानी जरुरी छ ? त्यसको वर्गीकरण गरेर काम गर्न बाँकी छ ।

प्रदेश सरकारले त्यस्ता लगानीकर्तालाई कर छुट गर्न संघीय सरकार समक्ष आग्रह गरी पठाएको छ । लगानीकर्ता आकर्षित गर्न प्रदेश सरकारले गरेको निर्णयले कर्णाली प्रदेश सरकार लगानीकर्ता मैत्री छ र मुख्यमन्त्री शाही प्रदेशको विकासका लागि चिन्तित र जिम्मेवार छन् भन्ने प्रमाणित गर्छ ।

तेस्रो एवं महत्त्वपूर्ण निर्णय भनेको कर्णालीको समग्र विकासका लागि विज्ञ समूहको निर्माण हो । विज्ञ समूहको निर्माणले कर्णाली प्रदेशको समग्र क्षेत्रको समानुपातिक हिसाबले विकास गर्न योजना निर्माण गर्नेछ । व्यवस्थित गुरूयोजना निर्माणले मात्रै समानुपातिक विकासमा महत्त्वपूर्ण सहयोग गर्न सक्छ । 

अब प्रदेश सरकारको प्राथामिकताको अनुक्रम तोकिने हो भने पहिलो प्राथमिकतामा पर्यटन पर्न सक्छ । त्यसका लागि पर्यटक भित्र्याउने योजना, पर्यटक भित्र्याइसकेपछि उनीहरूबाट लाभ लिन सकिने विशेष कार्यक्रम र त्यसले कर्णालीलाई हुने फाइदाका बारेमा गम्भीरतापूर्वक सोच्नुपर्छ । खासगरी उत्तरी छिमेकी चीनबाट बौद्ध धर्ममा आस्था राख्ने पर्यटकलाई कर्णालीमा अर्को लुम्बिनीका रुपमा विकास हुँदै गरेको सुर्खेतको काक्रेबिहारसम्म ल्याउन सकिन्छ । झण्डै ९० करोड हिन्दू जनसख्या रहेको दक्षिणी भारतबाट मानसरोबर जाने पर्यटकलाई राम्रो रुट बनाएर सुर्खेत हुँदै हुम्लाको मानसरोबरबाट गन्तव्यमा पुर्याउन सकियो भने यसले हाम्रो पर्यटन उद्योगमा ठूलो क्रान्ति ल्याउन सक्छ । यस्तो योजनामा समेत विज्ञ समूहले कार्ययोजना बनाउने नै छ । 

संघीय कानून नबन्दाका कतिपय अप्ठ्यारा छिचोल्दै आधा दर्जन प्रदेश कानून बन्ने तयारीमा छन् ।

कर्णालीमा जलस्रोतको अपार सम्भावना छ । अहिले पनि विभिन्न कम्पनीले लाइसेन्स लिएर निर्माणाधीन अवस्थामा रहेका र अब शुरू हुन सक्ने जलविद्युत् आयोजनामा भेरी, कर्णाली, तिला, नलसिगगाड उत्तरंगगा लगायतका नदीले ठूलो लगानी खोजिरहेका छन् । करीब २० हजार मेघावाट विद्युत् निस्कन सक्ने अनुमान गरिएका यी नदीबाट छिटोभन्दा छिटो विद्युत् उत्पादन र उत्पादनपछि बिक्री गर्ने बजार समेतलाई ध्यान दिएर योजना बनाउन जरुरी छ ।

तेस्रो प्राथामिकता भनेको यहाँको कृषि पर्यावरण र वन हो । यसका लागि पनि कृषिको छुट्टै योजना जरुरी छ । खासगरी पहाडी र हिमाली क्षेत्रमा रहेको जग्गाको भूउपयोग नीति, अहिलेको निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक बनाउने योजना र सामुदायिक वनलाई कसरी रोजगारीसँग जोड्न सकिन्छ भन्ने कुरामा केन्द्रीत रहेर योजना निर्माण गर्न जरुरी छ ।

जडिबुटी समेत कर्णालीको मुख्य प्राकृतिक स्रोत हो । डोल्पामा पाइने संसारकै राम्रो र मंहगो मानिएको यार्सागुम्बा लगायतका जडिबुटीलाई प्रशोधन गरेर हामीले ठूल्ठूला औषधी उद्योग निर्माण गर्नेसम्मको योजना बनाउन सक्यौ भने यसले दीर्घकालीन रुपमा कर्णालीको आर्थिक विकासमा योगदान दिनेछ । अन्य कुरा त दूरदर्शी क्षमता भएका नेता जनार्दन शर्माको नेतृत्वमा बनेको विज्ञ समूहले विस्तृतमा कर्णाली समृद्धिको योजना निर्माण गरेर कर्णाली प्रदेश सरकारलाई बुझाउने छ ।

कर्णाली प्रदेश सरकारले झण्डै दर्जन बढी कानून निर्माण गरिसकेको छ । संघीय कानून नबन्दाका कतिपय अप्ठ्यारा छिचोल्दै आधा दर्जन प्रदेश कानून बन्ने तयारीमा छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सबै कामलाई अहिले पनि सक्रियतापूर्वक गरिरहेको देखिन्छ । 

हामीमा राष्ट्रका लागि केही गरौं, समाजका लागि केही गरौं, सार्वजनिक महत्त्वको काम गरौ भन्ने भावना हराउँदै गइरहेका बेला प्रदेश सरकारले गरेको अर्को महत्त्वपूर्ण काम श्रम दिवस मनाउने निर्णय हो । जो अहिले पनि कुनै न कुनै हिसाबले कार्यान्वयन भइरहेको छ ।

हाम्रो जस्तो समाजमा यस्ता निर्णय कार्यान्वयन हुने क्रम बिस्तारै बानीका रुपमा विकास हुँदै जाला । तर, निर्णयले प्रदेश निर्माण गर्न र कुरा गरेर अर्काको आलोचना मात्रै गर्नेका लागि कति काम गर्छन् भन्ने परीक्षा पनि लिने छ  । अब यी सबै निर्णय कार्यान्वयन गराउन र कर्मचारीलाई परिचालन गर्ने कुरामा प्रदेश सरकार र त्यसमा पनि मन्त्रिपरिषद् लाग्यो भने प्रदेशले अहिलेसम्म गरेका उपलब्धिलाई अझ बढाएर लैजान सकिन्छ । त्यसका लागि सरकारले कर्णालीमा आउन नचाहने र यहाँ आएर काम गर्ने कर्मचारीलाई दण्ड र पुरष्कारको व्यवस्था गर्यो भने सरकारी कामकाज सम्पादनमा सहजता आउने विश्वास गर्न सकिन्छ । कर्णालीको विकासको गति बढ्न सक्छ ।

(लेखक नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष हुन् ।)

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x