निर्मला हत्याकाण्डमा गृहमन्त्रीको अपडेट : प्रहरीको गम्भीर कमजोरी, अनुसन्धान तीब्र

असोज ९, २०७५

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान तीब्र पारिएको बताएका छन् ।

मंगलवार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्षसँग समय लिएर घटना अनुसन्धानबारे अपडेट गराउँदै गृहमन्त्री थापाले उच्चस्तरीय छानबिन समितिले गृह मन्त्रालयलाई छानबिन प्रतिवेदन बुझाएको बताए ।


ADVERTISEMENT

समितिले बुझाएको प्रारम्भिक प्रतिवेदनका आधारमा अनुसन्धानमा गम्भीर कमजोरी गर्ने गैरजिम्मेवार प्रहरीलाई निलम्बन गरिएको बताउँदै गृहमन्त्री थापाले समितिको प्रतिवेदनका आधारमा अनुसन्धान तीब्र पारिएको बताए ।

‘घटनाको अनुसन्धानका लागि अहिले उच्चस्तरीय टीम पनि बनाइएको छ, अनुसन्धान तीब्र बनाइएको छ,’ उनले भने, ‘बलात्कारी–हत्यारालाई कानूनको कठघरामा उभ्याउन सफल हुने कुरा रिपोर्टमा छ ।’ हत्यारालाई कानूनी कठघरामा ल्याउन सरकारले आफ्नो जोड लगाएको मन्त्री थापाले बताए ।

असोज ९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस