×

NMB BANK
NIC ASIA

नेपाली चलचित्रका चार स्टार जो दमदार कमब्याकपछि पुनः गुमनाम बने

असोज ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चलचित्र क्षेत्र एउटा यस्तो क्षेत्र हो जहाँ चम्किन र गुमनाम हुन समय लाग्दैन । एक वर्ष राम्रोसँग चलेका नायक/नायिका अर्कोवर्ष गुमनाम बन्न पुग्छन् ।

Sagarmatha Cement
Muktinath Bank

केहीले काम पाउँदापाउँदै पनि गर्दैनन् भने केहीले काम नै पाउँदैनन् । नेपाली चलचित्रका केही चर्चित नायक केही वर्ष चलचित्र क्षेत्रबाट गुमनाम बने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोही नेपाली चलचित्र छाडेर भोजपुरीतिर लागे भने कोही अमेरिका पुगेर गुमनाम बने । बाँकीले काम नै पाएनन् ।


Advertisment
Nabil box
Kumari

हामी यहाँ केही चर्चित नायकको चर्चा गर्नेछौं, जो केही वर्षको अन्तरालपछि चलचित्रमा दमदार कमब्याक गरेर फेरि गुमनाम बने ।

Vianet communication
Laxmi Bank

उनीहरूको कमब्याकले चलचित्र नगरीमा राम्रै चर्चा पायो, तर त्यो चर्चा विस्तारै सेलायो । अन्नतः ती नायक फेरि गुमनाम बनेका छन् ।

राजेश हमालः

महानायक राजेश हमाल विवाहपछि चलचित्र क्षेत्रबाट टाढा रहे । त्यसबीचमा उनको हातमा छिटफूट चलचित्र त आए, तर चलेनन् । केही वर्षको ग्यापमा झण्डै ३ वर्षअघि राजेशको कमब्याक भन्दै उनी चलचित्र ‘वाग्मती’मार्फत् दर्शकमाझ आए । त्यतिबेला उनको चर्चा खुबै भयो ।

मुहुर्त, छायांकन र प्रदर्शनको दिनसम्म चलचित्रले राम्रै चर्चा पायो, साथमा महानायक हमालले पनि । तर चलचित्रलाई दर्शकले रुचाएनन् । त्यसपश्चात उनले अर्को एक चलचित्रमा अभिनय गरे ।

ʻशकुन्तलाʼ चलचित्रले पनि हावा खाएपछि राजेश त्यसपछि अन्य चलचित्रमा देखिएका छैनन् । ʻशकुन्तलाʼ निर्देशक दिनेश श्रेष्ठको नयाँ चलचित्रमा राजेशले काम गर्ने कुरा सञ्चार माध्यममा आएपनि चलचित्र छायाङ्कन अहिलेसम्म पनि शुरू हुन सकेका छैन । अहिले राजेशको हातमा कुनैपनि चलचित्र छैनन् ।

निखिल उप्रेतीः

नायक निखिल उप्रेती झण्डै पाँच वर्षको ग्यापपछि आफ्नै निर्माण र निर्देशनमा चलचित्र ʻभैरवʼमार्फत् कमब्याक गरे । निखिलको कमब्याकले पनि सिने नगरीमा राम्रै चर्चा पायो । चलचित्र रुचाइयो अनि चल्यो पनि ।

त्यसपश्चात उनी एकपछि अर्को चलचित्रमा व्यस्त बन्दै गए । चलचित्रमा जम्दाजम्दै मुम्बई हानिएका निखिलको कमब्याकपछिको अर्को चलचित्र ʻलुटेुराʼसम्म उनको क्रेज घटेन । त्यसपछि पनि उनका केही चलचित्र त आए, तर दुर्भाग्य ती चलचित्र आउने/जाने मात्र भए । दर्शकले रुचाइदिएनन् । उनको पछिल्लो चलचित्र ʻपिंजडा ब्याक अगेनʼ हो । जुन चलचित्र गत वर्ष प्रदर्शनमा आएको थियो ।

अहिले उनको हातमा कुनै चलचित्र छैन । आफैँले २ वर्षअघि आफैंले ‘कमिटमेन्ट ६० आवर्स’को काम शुरू गरे । सो चलचित्र पनि अहिले विवादका कारण बीचमै रोकिएको छ । अहिले नायक निखिल राम्रो चलचित्रको प्रतिक्षामा छन् ।

विराज भट्टः 

नायक विराज भट्टको कमब्याकले पनि राम्रै चर्चा पायो । नेपाली चलचित्रमा जम्दै गर्दा भोजपुरी चलचित्रमा प्रवेश गरेका विराजले झण्डै पाँच वर्षपछि ढाइ वर्षअघि ʻजय पर्शुरामʼमार्फत् नेपाली चलचित्रमा कमब्याक गरेका थिए । उनको कमब्याकले कुनै जादु छर्न सकेन् । चलचित्र असफल भइदियो । चलचित्र नचलेसँगै विराज अहिले नेपाली चलचित्रबाट टाढा छन् ।

रमेश उप्रेतीः

नायक रमेश उप्रेती ९ वर्षको अन्तरालपछि चलचित्र ‘ब्रासलेट’मार्फत् पर्दामा कमब्याक गरे । उनको कमब्याकले पनि चलचित्र क्षेत्रमा राम्रै तरंग ल्याइदियो ।

त्यो तरंग केही समयसम्म सेलाएन, कारण उनी आफैंले चलचित्र निर्माण गरे, ऐश्वर्य । चलचित्रले प्रदर्शनअघि जति चर्चा पायो, प्रदर्शनपछि दर्शकले पनि उत्तिकै मन पराए । चलचित्र सफल भएसँगै अड्कलबाजी भयो, अब रमेशको व्यस्तता बढ्छ भनेर । तर दुर्भाग्य नै भन्नुपर्छ, त्यस किसिमको अड्कलबाजीले फेल खायो ।

उनको हातमा अन्य चलचित्र आएनन्, जसका कारण ‘ऐश्वर्य’ प्रदर्शनमा आएको एकवर्ष भइसक्दा पनि रमेश अन्य चलचित्रमा देखिएका छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x