×

NMB BANK
NIC ASIA

एक स्तब्ध बनाउने समाचार : बेबारिसे घरमा सिरियाली बालबालिकाको पढाइ

असोज ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

अलेप्पो-बिद्रोहीको कब्जामा रहेको उत्तरी सिरियामा विस्थापित बालबालिका एउटा बेबारिसे घरको भूइँमा बसेर कापीमा केही लेख्दै गरेका भेटिन्छन् । 

Muktinath Bank

द्वन्द्वका कारण स्कुल भत्किएपछि चारजना शिक्षकले एक सयजति बालबालिकालाई यही अस्थायी स्कुलमा पढाउन थालेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्कुलमा अहिले छदेखि १२ वर्ष उमेरका बालबालिका अध्ययनरत छन् । उत्तरी अलेप्पो प्रान्तको पश्चिमतर्फको यो सानो स्कुलमा केटाकेटी पढाउने प्रयास अहिले जारी छ । 


Advertisment
Nabil box
Kumari

आधा निर्माण सकिएपछि त्यसै अलपत्र परेको यो घरको भूइँमा केटाकेटी सुकुलमै बस्छन् । उनीहरुले कापी किताब राख्ने स–साना झोला साथमै राखेको देख्न सकिन्छ । के गर्नु, “भविष्यका कर्णधार”का रुपमा लिइने साना बालबालिका पढ्ने यो स्कुलमा डेस्क, पुस्तकालय वा शौचालय छैन । 

Vianet communication
Laxmi Bank

यहाँ घरको वरिपरिको पर्खालमा लथालिङ्ग झुण्डिएका झ्यालबाट बाहिरको तातो हावा भित्रसम्म पुग्छ । 

चम्किलो नीलो टी–सर्ट र जिन्समा सजिएकी एक बालिकाको कपाल राम्रोसँग बाटिएको छ । उनी किताबमा निमग्न मात्र होइन लेखाइमा पनि उत्तिकै होसियार छिन् । 

“यो स्कुल होइन,” ११ वर्षका अली अब्देल जवाद भन्छन् । “यहाँ कक्षाकोठा छैन, बस्ने सिट छैन, केही पनि छैन । हामी त यहाँ भूइँमा बसेर पढिरहेका छौं ।” 

एउटा कक्षाकोठामा घुँघट ओढेका ससाना बालिका हाँसो गरिरहेका छन् । शिक्षकले भने मुश्किलले व्यवस्था गरिएको बोर्डमा लेखेर पाठ पढाउँदैछन् । 

अर्को कोठामा स्कुलकी एकमात्र शिक्षिका प्लास्टिक कुर्चीमा बस्नुभएको छ । उहाँका वरिपरि भित्तामा अढेस लागेर एक हुल केटाकेटी केही सिक्दैछन् । 

केही बालबालिका प्लास्टिकबाट बनाइएको कार्पेटमा घुँडाले टेकेर बसेका छन् । कार्पेटको छेउमा उनीहरुका जुत्ता राम्रोसँग मिलाएर राखिएको छ । बालबालिका र शिक्षक सिरियाकै अर्को ठाउँबाट विस्थापित भएर यहाँ आइपुगेको एकजना शिक्षकले बताउनुभयो । 

केही राजधानी दमास्कसको बाहिरी क्षेत्र पूर्वी घोउटाबाट यहाँ आइपुगेका छन् । विगतमा विद्रोहीको कब्जामा रहेको घोउटा गत अप्रिलदेखि सरकारको नियन्त्रणमा छ । 

अरु हामा वा होम्स प्रान्तबाट आएका छन् । यो घरको बाहिर आँगनमा एउटा फोहरासमेत जडान गरिएको छ, तर यसमा पानी छैन । यो फोहरा केटाकेटीका लागि घुमीघुमी खेल्ने ठाउँ भएको छ । 

विपक्षीको अधिनमा रहेका क्षेत्रमा सञ्चालित स्कुलहरुका लागि सामान्यतया दातृ संस्थाहरुले सहयोग गरिरहेका छन्, तर विगतमा यस्ता धेरै स्कुलमा बमबारी भएका थिए । 

“हामी सधैं कहिले, कसले बमबारी गर्ला भनेर त्रसित हुन्थ्यौं,” मोहम्मद नाम गरेका एकजना शिक्षकले बताउनुभयो । 

स्कुल चलाइएको यो भवन विद्रोहीकै कब्जामा रहेको क्षेत्रमा छ । यहाँबाट नजिकै पूर्वीअलेप्पोमा सरकारी सेनाको नियन्त्रण छ । पश्चिमतर्फ इडलीब छ जहाँ विद्रोहीको बलियो पकड छ । 

इडलीब प्रान्त र यससँग जोडिएका अलेप्पो र लटाकीया प्रान्तमा करिब ३० लाख मानिस बसोबास गर्दछन् । सिरियाका अरु भागमा भड्किएको युद्धबाट आधाभन्दा बढी विस्थापित भएका छन् । 

यही महिनाको शुरुमा इडलीबमा सरकारी फौजले आक्रमण गर्ने त्रास बढेको थियो, तर गत साता दमास्कस र यसको सहयोगी मस्को तथा विद्रोहीलाई सघाइरहेको टर्कीबीच फौजी कारबाही तत्काल नगर्ने सम्झौता भएको छ । एएफपी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x