×

NMB BANK
NIC ASIA

सिरिया : विद्रोहीले आफूसँग रहेका हातहतियार टर्कीलाई सुम्पने

असोज ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सिरिया-टर्कीले सिरियाको विद्रोहीको कब्जामा रहेको इड्लीब प्रान्तमा मङ्गलबार थप सैनिक पठाएको छ । अङ्कारा र मस्कोबीच इड्लीबमा तत्काल सैन्य कारबाही नगर्ने सहमति भएलगत्तै टर्कीले इड्लीबमा सैनिक तैनाथी बढाएको हो । 

Sagarmatha Cement
Muktinath Bank

इड्लीबको दक्षिणमा रहेको साराकिब सहरको मुख्य सडकमा करिब ३५ वटा सैनिक गाडीहरु प्रवेश गरेका थिए ।
 सैनिक सवारीलाई अङ्कारा निकटस्थ नेसनल लिबरेसन फ्रन्ट (एनएलएफ) समर्थक विद्रोहीले पनि सुरक्षा दिएका थिए । यी विद्रोहीले टर्कीसँगको सिमानाका केही सिरियाली क्षेत्रमा नियन्त्रण गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्षदेखि टर्कीले विद्रोही इलाकामा १२ वटा अनुगमन स्थलहरुमा सैनिक तैनाथ गरेको छ । टर्की, रसिया र इरानबीचको सहमतिमा टर्कीले यी पोष्टहरु राखेको छ । 


Advertisment
Nabil box
Kumari

गत साता, अङ्कारा र मस्कोले गैरसैनिक क्षेत्र निर्माण गर्नेसम्बन्धी सम्झौता गरेका थिए । सिरियाको पूर्व अलकायदासँग निकटस्थ जिहादी गठबन्धन हायात तहरिर अल–शामले विद्रोही क्षेत्रको आधाभन्दा बढी भूभाग कब्जामा राखेको छ भने एनएलएफका लडाकूले बाँकी क्षेत्रमा कब्जा गरेका छन् । 

Vianet communication
Laxmi Bank

पछिल्लो सम्झौतामा विद्रोहीले अक्टोबर १० भित्रमा आफूसँग रहेका सबै भारी हातहतियार टर्कीलाई सुम्पने तथा अक्टोबर १५ भित्रमा सबै अतिवादी क्रियाकलाप बन्द गर्ने उल्लेख छ । 

सम्झौतामा टर्की र रुसी सेनाले असैनिक क्षेत्रमा गस्ती गर्ने उल्लेख छ । 

सन् २०११ मा शुरु भएको सिरियाको गृहयुद्धमा ३ लाख ६० हजारभन्दा बढी मानिस मारिनुका साथै करोडौं मानिस विस्थापित भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x