×

NMB BANK
NIC ASIA

'यातायात सिन्डिकेट खारेज भएपछि किन ब्युँताइयो ?'

असोज १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं । खारेज भइसकेको सिन्डिकेटलाई पुनः ब्युँताएर लज्जास्पद काम गरेको भन्दै सांसदहरूले त्यसप्रति गम्भीर चासो व्यक्त गरेका छन् । कागजमा यातायात एकाधिकार तोडिए पनि व्यवहारमा एकाधिकारको पक्षमा थप मलजल पुग्ने काम गरेको भन्दै संघीय संसद्को विकास तथा प्रविधि समितिका सदस्यहरूले सरकारको चर्काे आलोचना गरेका हुन् ।

Muktinath Bank

सांसद गौरीशंकर चौधरीले पाँच महिनाअघि नै अन्त्य भयो भनिएको यातायात एकाधिकारको वास्तविक रूप दसैंको अग्रिम टिकट बुकिङका बेला छर्लंग भएको टिप्पणी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्का सांसद यज्ञराज सुनुवारले यातायात व्यवसायीले दसैंको अग्रिम टिकट खुला गर्ने विषयलाई एकाधिकारको लेनदेनका रूपमा प्रयोग गरेको आरोप लगाए ।
 यसले आमजनतालाई दुःख दिएकाले यो व्यवस्था तत्काल हट्नुपर्ने उनको भनाइ छ ।
समितिका सभापतिसमेत रहेकी सांसद कल्याणी खड्काले कागजमा हटेको यातायात एकाधिकारले व्यवहारमा झनै दुःख दिएको बताइन् । यस्तो गम्भीर विषयमा सरकारले आफैं पछि पर्नेगरी निर्णय लिएकाले सम्बद्ध पक्षलाई बोलाएर छलफल गर्ने निर्णय उनले सुनाइन् । राजधानी दैनिकमा खबर छापिएकाे छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x