×

NMB BANK
NIC ASIA

महँगीको मारमा भूकम्पपीडित, सरकारले दिएको पैसाले घर बनाउनै मुस्किल

असोज १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बेंसीशहर– निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले भूकम्पपीडित मारमा परेका छन् । निर्माण सामग्री महँगो, ढुवानीमा समस्या र भौगोलिक विकटताका कारण लमजुङका धेरै भूकम्प पीडितले घर बनाउन सकेका छैनन् ।

Muktinath Bank

जिल्लाका १३ हजार ९ सय ५९ पहिचान भएका लाभग्राहीमध्ये १३ हजार ३ सय ४ घरपरिवारले  अनुदान सम्झौता गरि प्रथम किस्ताको ५० हजार प्राप्त गरिसकेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङको तथ्यांकअनुसार भाद्रमसान्त सम्म ४ सय ४ जनाले मात्र आवास पुनर्निर्माण सम्पन्न गरेका छन । उनीहरुले सरकारले प्रदान गर्ने अन्तिम किस्ता बराबरको १ लाख रकम समेत लगिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेसीशहर नगरपालिकामा १ सय ५१ घर, मस्र्याङ्दी गाउँपालिकामा १ सय १८ घर, दुधपोखरी गाउपालिकामा ५९ घर, मध्यनेपाल नगरपालिकामा ४५ घर, क्व्होलासोंथर गाउँपालिकामा २२ घर, दोर्दी गाउँपालिकामा ८ घर, राइनास नगरपालिकामा १ घर निमार्ण सम्पन्न पश्चातको तेस्रो किस्ता वितरण गरिएको छ भने सुन्दरबजार नगरपालिकामा तेस्रो किस्ता वितरणको कार्य सुरुवात नभएको जिल्ला आयोजना कार्यान्वयन इकाईका फोकल पर्सन शिव रेग्मीले बताए । 


Advertisment
Nabil box
Kumari

‘वर्षा छिटो सुरुवात भयो, इन्जिनियरबाट त्यति मात्रै घर पुनर्निर्माण सम्पन्न भएको रेकर्ड आयो’ रेग्मीले भने, ‘त्यही आधारमा तेस्रो किस्ताको रकम सम्बन्धित लाभग्राहीको बैंक खातामा पठाइसकेका छौं ।’ किस्ता प्राप्तिको कागजी प्रक्रियामा ढिलाइ, निर्माण सामग्री महँगी र अधिकांश पीडितहरू खेती किसानीमा व्यस्त किसान भएकाले पनि घर पुनर्निर्माण ढिला भएको पाइएको छ । मुख्य कारण निर्माण सामग्रीको महँगाई र दक्ष कामदारको अभाव भएकाले घर निर्माणमा ढिलाइ  भएको भूकम्पपीडितको गुनासो छ ।

Vianet communication
Laxmi Bank

भौगोलिक अवस्थाको कठिनाई र प्राविधिक परिचालनमा ढिलाई भएकोले निर्माण हुँदै गरेका घरको चेकजाच र सिफारिसमा केही सुस्सता आएको गुनासो पछि प्राधिकरणले प्राविधिक थप गरेको बताउदै जिसस प्रमुख लोकराज पाण्डेले बताए । 

प्राविधिक परिचालन अगावै निमार्ण सम्पन्न घरहरुको किस्ता छिटो सिफारिस हुनुपर्नेमा आफुले जोड दिएको बताउँदै पाण्डेले भने – ‘जनता यसै त पीडित छन् , त्यसमाथि झन ऋणको बोझ नथपियोस् ।’
नेपाल सरकारले दिने भनेको ३ लाखवाट घर निर्माण सम्पन्न नहुने राइनास नगरपालिका २ का भूकम्पपीडित श्रीकृष्ण घिमिरेले बताए । 

पहिलो किस्ताको रकम आएपछि घर बनाउन सुरु गरे पनि निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले ढिलाइ भएको उनको भनाइ छ । ‘दोस्रो किस्ताको पैसा आउन ढिलाई भयो’ उनले भने, ‘२ कोठे घर निर्माण सम्पन्न गर्न ७ लाख लाग्यो, ३ लाखमा सक्ने योजनामा योजनामा निर्माण थालेको घर महंगीले ७ लाखमा सम्पन्न गर्न पनि गाह्रो भयो’ उनले भने ।

लमजुङमा ४ हजार ६ सय २७ जना भूकम्पपीडितले भने आवास निर्माणको दोस्रो किस्ताको रकम पाइसकेका छन् । जोखिमयुक्त बस्तीमा रहेका तथा भूमिहिन लाभग्राहीहरुले अझै आवास निमार्णको प्राक्रिया थालनी गरेका छैनन भने प्रबलीकरण लाभग्राही सुचीमा परेका ५३९ मध्ये २९५ जनाले पहिलो किस्ता बापतको ५० हजार रकम बुझेका छन् ।

जिल्लामा भूकम्पबाट क्षति भएर पनि लाभग्राही सूचीमा नपरेको र अनुदान नपाएको भन्दै जिल्लामा गुनासो दर्ता गर्नेको संख्या ६ हजार ८ सय ५५ रहेको छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x