×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेश समन्वय परिषद्को बैठकको तयारी तीव्र

असोज १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेश सरकारले यही असोज १९ र २० गते आयोजना गर्न लागेको प्रदेश समन्वय परिषद्को बैठकको तयारी कार्य तीव्र बनाएको छ । 

Muktinath Bank

प्रदेश र स्थानीय सरकारका साझा संवैधानिक अधिकारको प्रयोग, प्राकृतिक स्रोत साधनको उपयोग, विकास निर्माणका कार्यमा सहकार्यलगायतका विषयमा साझा अवधारणा तयार गर्न कर्णाली प्रदेश समन्वय परिषद्को बैठक आयोजना गरिएको मुख्यमन्त्री एवं परिषद्का संयोजक महेन्द्रबहादुर शाहीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिषद् बैठकमा सरकार सञ्चालनका क्रममा देखिएका कानूनी, आर्थिक, प्रशासनिक जटिलताको सम्बोधनका लागि पनि विचारविमर्श हुने मुख्यमन्त्री शाहीले बताए ।


Advertisment
Nabil box
Kumari

“दुई दिनसम्म सञ्चालन हुने बैठकबाट सङ्घीयताको कार्यान्वयन, योजना कानून निर्माण तथा कार्यान्वयन, करसम्बन्धी विषयका सम्बन्धमा दुबै तहका नेतृत्वको बुझाइमा एकरुपता हुने वातावरण बनाउँछौं,” मुख्यमन्त्री शाहीले भने, “प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्यको भावना प्रवद्र्धन भई सेवा प्रवाह एवं विकास कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता आउने अपेक्षा गरिएको छ ।” 

Vianet communication
Laxmi Bank

मन्त्रिपरिषद् बैठकको मङ्गलबार बसेको बैठकको निर्णयसँगै प्रमुख सचिव रामप्रसाद थपलियाको अध्यक्षतामा विषयगत मन्त्रालयका सचिवको बैठकले परिषद् बैठकको तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो ।

परिषद् बैठकका लागि सहभागीको विवरण निश्चित गर्ने, बैठकका लागि लाग्ने खर्चको विवरण तयार गर्ने, बैठक सञ्चालन प्रक्रिया तथा व्यवस्थापनलगायतका विषयमा गृहकार्य शुरु गरिएको प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।

प्रमुख सचिव थपलियाका अनुसार परिषद् बैठकमा प्रदेश र स्थानीय तहका योजना, कर प्रणाली, कानून र प्रदेश र स्थानीय तहको प्रशासनिक संरचनाबीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

पहिलोपटक आयोजना गरिएको समन्वय परिषद् बैठकमा कर्णाली प्रदेश सरकारका मन्त्री र सचिव, विज्ञ, १० वटै जिल्लाका प्रमुख तथा उपप्रमुख, ७९ स्थानीय तहका प्रमुख उपप्रमुखसहित ३०० सहभागी रहने जनाइएको छ ।

गत भदौ ३० गते सम्पन्न कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले असोज १९ र २० गते समन्वय परिषद्को बैठक आयोजना गर्ने निर्णय गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x